"भानुभक्तीय र तुलसीकृत रामायण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति १०८:
:राग् द्वेष्का भेल चल्छन् भँवरि सरि यि युग् घुम्दछन् बीचमाहाँ ।
:पुत्रादि मत्स्यझैं छन् रिस पनि वडवानल् सरीको छ ताहाँ ।।
:कामैको जाल् छ ठूलो तर पनि बलियो तेहि जाल्लाइजाल्लाई फारी ।
:संसार्–सागर् सहज्मा तरिकन हरिथ्यैं बस्न जानेछु पारी <ref>तुलसीदास,....पूर्ववत् (२०४६ : युद्धकाण्ड २४४),......पूर्ववत्</ref>।।
उपर्युधृत कवितांशको पहिलो र दोस्रो हरफका श्यामाङ्कित पदहरूले अर्थालङ्कार अन्तर्गत उपमा अलङ्कार प्रकट गरेका छन् भने चौथो हरफका श्यामाङ्कित पदमा रूपक अलङ्कार मुखरित भएको छ । रूपक अलङ्कारको अर्को सुन्दर उदाहरण हेरौं—
:यस्ता बात् गरि राम् गया भनि सबै विस्तार् सुनाया जसै ।
:कौसल्या दशरथ्जिलाइदशरथ्जिलाई रिसले वाक्–वाण् बजारिन् तसै <ref>तुलसीदास,....पूर्ववत् (२०४६ : अरण्यकाण्ड १६),......पूर्ववत्</ref>।।
=====रामचरितमानसमा अलङ्कार=====
तुलसीदास यस्ता व्यक्ति हुन्, जसले राम–नाम, राम–प्रताप, राम–महिमा, राम–कीर्ति, राम–चरित्र जस्ता कुराको वर्णन गर्नु नै आºनो काव्यलक्ष्य मानेका छन्; तर यसो हुँदाहुँदै पनि रामचरितमानसमा काव्य–कलाका सम्पूर्ण तत्त्वको सहज सन्निवेश रहेको देख्न सकिनछ । शब्दचयन, वाक्यसंघटन, उक्ति तथा मुहावराको सुन्दर प्रयोग, भावानुकूल भाषाको प्रयोग, संवाद–योजना, अलङ्कार–योजना आदि सवै दृष्टिबाट प्रस्तुत काव्य बेजोड देखिन्छ । अलङ्कार प्रयोगमा चाहे उपमा होस् या रूपक, उत्पे्रक्षा होस् या निदर्शना, सहोक्ति होस् या विनोक्ति, उदाहरण होस् या दृष्टान्त, मानस महाकाव्य सबैमा अनुपम रहेको थाहा पाइन्छ । मानसमा प्रयुक्त अलङ्कारमध्ये रूपक अलङ्कारको एउटा सुन्दर दृष्टान्त हेरौँ :