"फ्लोरेन्स नाइटिङ्गेल" का संशोधनहरू बिचको अन्तर

सा bot: removed {{link FA}}, now given by wikidata.
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति २२:
फ्लोरेन्स नाइटिङ्गेलको जन्म एक समृद्ध र उच्चवर्गीय बेलायती परिवारमा भएको थियो। तर उच्च घरानामा जन्मेकी फ्लोरेन्स नाइटिङ्गेलले सेवाको मार्ग चुनिन्। परिवार भित्र विरोध हुँदाहुँदै पनि १८४५मा उनले अभावग्रस्त मानिसहरूको सेवा गर्ने व्रत लिइन्। डिसेम्बर १८४४मा उनले चिकित्सा सुविधाको सुधार्ने कार्यक्रम ल्याइन्। पछाडी [[रोम]] का प्रख्खर राजनेता सिडनी हर्बर्ट सँग उनको मित्रता भयो।
 
नर्सिङको अतिरिक्त लेखन र एप्लाइडएप्लाईड स्ट्याटिस्टिक्सको क्षेत्रमा पनि उनको दख्खल थियो। फ्लोरेन्सको सबैभन्दा महत्वपूर्ण योगदान क्रिमिया युद्धमा रह्यो। अक्टोबर १८५४मा उनले ३८ महिलाहरूको एउटा दल तयार गरी घाइतेको सेवामा टर्की पठाइन्। उनको यसै समयको सेवाका कारण उनलाई बत्ती लिएकी केटी अर्थात् लेडी विथ द ल्याम्प उपाधिले सम्मानित गरियो।
 
पहिलेको समयमा घाइते, दुःखी, रोगी आदिलाई सहयोग गर्ने र तिनको सेवा सुश्रुसा गर्ने कार्य उतिसारो हुँदैनथ्यो। त्यसमा पनि उच्च घरानियाँ मानिसले नर्सिङको काम गर्न त बर्जित अथवा जात जाने किसिमको काम ठानिन्थ्यो फ्लोरेन्सले त्यसबेलाको पुरातनबादी सोचलाई चिर्दै नयाँ युगको सुरूवात गरेकी थिइन्।