"द्रौपदी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति २८:
 
==द्रौपदी र पाण्डवको वनवास==
द्रौपदीले आफ्ना पति सहित सबै धन सम्पती फिर्ता ल्याएर इन्द्रप्रस्थ आएपछि दुर्योधन र सकुनीले फेरी धृतराष्ट्रलाई रिसाउन थाले । कस्तो बुद्धी लगाएर बसमा गरेका पाण्डवहरूलाई तपाईंले फिर्ता गर्नु भयो भनेर धृतराष्ट्रलाई गाली गर्न थाले । यती मात्र होइन पाण्डवहरू अब हामीसँग लड्ने तयारी गर्दै छन् भनेर राजालाई भड्काए । यो सुनेर धृतराष्ट्रले फेरी पाण्डवहरूलाई बोलाएर जुवा खेलाए । यो पल्टको जुवामा जित्नेले राजा हुने र हार्नेले १२ वर्ष वनवास र एक वर्ष गुप्तवासको बाजी लगाइएको थियो । शकुनीको कपटी पासा भएकोले यसमा पनि पाण्डवहरू हारे । जुवा हारेकाले पाण्डवहरू आफ्नो प्रतिज्ञा अनुसार वनवासमा गए । वनमा द्रौपदीले [[सूर्य|सूर्य देवता]]को तपस्या गरेकाले सूर्य भगवान द्रौपदीबाट खुसी भएर उनलाई एक पाक्यपात्र प्रदान गरे । उक्त पाक्यपात्रमा पाण्डवको आश्रममा भएका सबै मान्छेलाई खाना दिएर द्रौपदीले खाना खाइसके पछि त्यो दिन खाना नमिल्ने थियो । एक पटक कौरवहरूले [[दुर्वाशा ऋषि]]को निकै सेवा गरे । कौरवहरूको सेवाबाट खुसी भएर दुर्वाशा ऋषिले दुर्योधनलाई के सहयोग गर्नुपर्यो भनेर सोधे । यो सुनेर दुर्योधन लगायतका कौरवहरूले वनवासमा गएका पाण्डवहरूला यी ऋषिको श्राप दिलाएर दुःख दिने योजना बनाए । योजना बनाएर दुर्योधनले दुर्वाशालाई वनमा पाण्डवहरूलाई भेट्न जानुहोस् भने । पाण्डवहरूको आश्रममा भएका सबै मान्छेले खाना खाएर द्रौपदीले खाना खाइसके पछि पाण्डवहरूसँग खाना माग्नु भनेर कुरा थपे । कौरवहरूको कुरा सुनेर आफ्ना हजारौं चेलाहरू साथमा लिएर कौरवले भनेको समय मिलाइमिलाई दुर्वाशा ऋषि वनवासमा गएका पाण्डवहरूलाई भेट्न गए । पाण्डवहरूलाई हामीहरू नुहाएर आउँछौ हामीलाई खानाको व्यवस्था गर्नु भनेर स्नान गर्न गए । युधिष्ठिरले द्रौपदीलाई खाना बनाउनु भने । तर, द्रौपदीले खाना खाइसकेकी हुनाले पाक्यपात्रमा खाना उपलब्ध थिएन । द्रौपदीले श्रीकृष्णको ध्यान गरिन्, द्रौपदीको भक्ती देखेर भगवान कृष्ण द्रौपदी भएको ठाउँमा आएर खाना मागे । द्रौपदीले भगवान कृष्णलाई पाक्यपात्र देखाइन् । भगवान कृष्णले पाक्यपात्र हेर्दा एक टुक्रा साग भेटाए । त्यो सागको टुक्रा कृष्णले खाए । जब कृष्णले सागको टुक्रा खाए उता दुर्वाशा लगायत उनका चेलाहरूको पेट भरिएर डकार्न थाले । पेट भरिएकोले ऋषिहरूले पाण्डवको आश्रमा गएर खाना नखाने निर्णय गरी त्यतैबाट फर्किए ।<ref name= "महाभारत"/> द्रौपदीले वनवासमा आफ्ना पतिहरूका साथमा धेरै दुःख कष्टहरू भोग्नु परेको थियो । राजा जयद्रथले हरण गर्न खोज्नु, जटासुर नामक राक्षसले उनको इज्जत लुट्न खोज्नु जस्ता परिस्थितीको सामना गर्नु परेको थियो ।
 
==द्रौपदीको गुप्तवास==
वनवासको समय विताएपछी पाण्डवहरू [[विराटनगर]] का राजा विराटको राज्यमा गएर गुप्तरुपले रहेका थिए । राजा विराटको राज्यमा गुप्तवास बिताउँदा द्रौपदी विराट राजाकी रानीकी सुसारे भएकी थिइन् । त्यहाँ उनले आफ्नो नाम सैरन्ध्री भनेकी थिइन् । एक वर्षसम्म सैरन्ध्रीको रुपमा विराट राजाकी रानीको टहल गरेर बस्दा कसैले पनि यी द्रौपदी हुन् भन्ने थाह पाएनन् ।<ref name= "महाभारत"/>
===किचक द्वारा द्रौपदीको अपमान===
राजा विराटका सालाको नाम किचक थियो । उनी स्त्रीप्रती निकै लोभिने स्वभावका थिए । किचक राजा विराटका मुख्य मन्त्री तथा एक योद्धा पनि थिए । एक दिन किचक आफ्नो बहिनी भेट्न राजा विराटको दरबारमा गए । त्यहाँ द्रौपदीलाई देखेर उनी द्रौपदी प्रति निकै आकर्षित भए । उनले दिनहुँ जसो द्रौपदीलाई आफूसँग विवाह गर भन्न थाले । किचककी दिदी अथवा विराट राजाकी रानी पनि द्रौपदीलाई विभिन्न बाहनाहरू बनाएर किचकको घरमा पठाउने गर्थिन् । द्रौपदीलाई किचकबाट बच्न निकै गाह्रो भएको थियो । एक दिन त किचकले राजशभामा नै द्रौपदीलाई लात्ती हानेको थियो । त्यही दिनको राती भिमसेनसँग यो कुराको जाहेर गरिन् । भीमसेनको योजना अनुसार द्रौपदीले किचकलाई रातमा बोलाइन्बोलाईन् । द्रौपदीले बोलाएकोले राती किचक विराट राजाको दरबारमा आयो । द्रौपदीले किचकलाई जहाँ भेट्नु भनेकी थिइन् त्यहाँ भिमसेन लुकेर बसेका थिए । किचक आएपछी भिमले उनसँग युद्ध गरेर मारे । भोली पल्ट किचक मरेको हल्ला सुनेर किचकका भाइहरू (जसलाई उपकिचकहरू भनिएको छ) ले द्रौपदीलाई किचकको लाससँगै जलाउने योजना बनाए । उनीहरूले द्रौपदीलाई बाँधेर लैजाँदै थिए, त्यसै बेलै भिमले ति सबैलाई मारेर द्रौपदीको उद्धार गरे । <ref name= "महाभारत"/>
==द्रौपदी कुरुक्षेत्रको लडाईंमा==
पाण्डवहरूले आफ्नो प्रतिज्ञा अनुसार वनवास र गुप्तवास पुरा गरेर कौरवहरूसँग आफ्नो राज्य मागे तर कौरवले पाण्डवलाई राज्य दिएनन् । कौरवहरू पाण्डवलाई राज्य फिर्ता नगरेका कारण [[कुरुक्षेत्र]]मा कौरव पाण्डवको युद्ध भयो । यो युद्ध १८ दिनसम्म चलेको थियो । यो युद्धमा पाँच [[पाण्डव]], [[सात्यकी]], [[कृष्ण]], [[अश्वत्थामा|द्रोणी]], [[कृतवर्म]], [[कृपाचार्य]] र युयुत्सु बाहेक त्यो बेलाका सबै योद्धा वीरहरू मारिएका थिए । द्रौपदीका पाँच पुत्रहरू पनि यो युद्धमा द्रोणीले मारिदिएका थिए । महाभारतको युद्ध पश्चात भिम र अर्जुन हामीले युद्धमा धेरै योद्धाहरू मारेर लडाईं जित्यौं भनेर घमण्ड गर्न थाले । यो देखेर भगवान कृष्णले युद्धको सबै विवरण देखेको एक टाउकोसँग लगेर गए त्यो टाउको राजा बरबरेकको थियो । महाभारतको युद्धको कुरा सुनेर राजा बरबरेक आफुसँग भएको थोरै सेना र तीनवटा बाण ल्याएर लडाईंमा जसको सेना कम छ त्यतै तर्फ सहयोग गर्ने भनेर आएका थिए । भगवान श्रीकृष्णले बाटोमा उनलाई भेटेर परिचय लिए । राजा बरबरेकले आफ्नो परिचय दिएर महाभारत युद्धमा जस्को तिर सेनाहरू कम छ त्यसको सहयो गर्ने कुरा बताए । यो सुनेर [[ब्राह्मण]] भेषमा आएका कृष्णले बरबरेकलाई तपाईंसँग सेना पनि कम छ र बाणहरू पनि तीनवटा मात्र छन् कसरी लड्नुहुन्छ भनेर सोधे । यो सुनेर बरबरेकले भने- "म एक्लैले करोडौं योद्धाहरू मार्न सक्छु, कसरी भने मेरो एक बाण छोडेपछी त्यो बाणले मान्छेको मरण जहाँ छ त्यहाँ चिन्ह लगाएर फर्कन्छ । मेरो निसाना अचुक छ अर्को बाण छोडे पछि त्यो मान्छेलाई मारेर फर्कन्छ ।" भनेकाले कृष्णले बरबरेकको परिक्षा लिए । बरबरेकले साँचो कुरा भनेको थाह पाएर ब्राह्मण रुपी कृष्णले बरबरेकको टाउको मागे । किन भने यदी बरबरेक त्यो युद्धमा लड्न थाले भने उनलाई कसैले पनि जित्न सक्दैनथ्यो र सबैलाई उनले मार्ने थिए । यो सुनेर बरबरेकले महाभारतको युद्ध हेर्ने इछ्छा बताए । तब कृष्णले महाभारतको युद्धकालसम्म बरबरेकको टाउको जिवित रहने बरदान सहित उनको टाउको काटेर एक रुखमा राखेका थिए । महाभारत युद्धको विवरण सुनाउन कृष्णले पाण्डवहरूलाई त्यही टाउको भएको ठाउँमा लिएर गए । त्यो टाउकोसँग पाण्डवहरूले युद्धमा कसले धेरै मान्छेलाई मारेर जित्यो भनेर सोधे । यो सुनेर बरबरेकको टाउकोले भन्यो- "अरुले त केटाकेटीको खेल झैं गर्थे । यो युद्धका जती पनि ठुला वीरहरू थिए ती सबैलाई कृष्णले मार्थे भने द्रौपदीले तीनको रगत पिउने काम गर्थिन् ।" यो सुनेर भीमसेन र अर्जुनको घमण्ड शान्त भयो । द्रौपदीलाई [[दुर्गा]]को अंश मानिएको छ । भगवान [[विष्णु]]ले पृथ्वीको भार हर्नको लागि कृष्ण [[अवतार]] लगेर पृथ्वीमा जन्मे पछि उनलाई सघाउन स्वर्गका सबै [[देवता]]हरूले आफ्ना एक एक अंश पठाएका थिए । <ref name= "महाभारत"/>
"https://ne.wikipedia.org/wiki/द्रौपदी" बाट अनुप्रेषित