"जगदीश घिमिरे" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति २४:
जगदीश घिमिरेमा निहित संवेदनशीलताले उनलाई एक मार्मिक सिहित्यसर्जक मात्र बनाएन एक सहृदयी विकासअभियन्ता पनि बनायो। सामाजिक कार्यमा घिमिरेलाई पत्नी दुर्गाले पनि उतिकै साथ दिइन्। एबीसी नेपालमा कार्यरत दुर्गा घिमिरे ती प्रथम महिला मध्येकी हुन् जसले बेचिएका नेपाली चेलीबेटीलाई मुम्बईबाट उद्धार गरेर ल्याउने साहसिक काममा अग्रणी भुमिका खेलिन्। २०४६ सालतिर घिमिरे दम्पत्तीले तामाकोशी सेवा समिति स्थापना गरेर रामेछाप जिल्लाका गरीब जनताको आर्थिक जिवनस्तर सुधार्न सक्रिय भए। यसक्रममा क्रियाशील जगदीश र दुर्गा घिमिरेमाथि राजनीतिक-सामाजिक विरोधीहरूको प्रहार पर्नु त स्वभाविक हो। तर घिमिरे दम्पत्तीमाथि अर्को आक्रमण पनि भयो जब जगदीशलाई 'माइलोमा' भन्ने रत्तक्यान्सर भयो। त्यसको उपचारको क्रममा भोग्नुपरेको दुःख-कष्टको मार्मिक वर्णन घिमिरेको पुस्तक 'अन्तर्मनको यात्रा'मा छ। तर जगदीशले रोगलाई पनि पछारे। यो भयावह रोगको आक्रमणपछि पनि उनमा वैराग्य र विगलितमनस्कता देखिएन। क्यान्सर भइसकेपछिपनि घिमिरे साहित्यिक सिर्जना र सामाजिक बिकास अभियानमानै यथावत सक्रिय रहे।<ref name=bishal>{{cite web|title=जगदीश घिमिरे र राजनिति|url=http://www.cdd.org.np/documents/45-short-articles/89-nepali-politics-jagidesh.html|accessdate=29 July 2013}}</ref>
 
घिमिरेको ६८ वर्षको उमेरमा २०७० कार्तिक १४ गते काठमाडौंको [[ओम अस्पताल]]मा निधन भयो।<ref>[http://nagariknews.com/society/nation/story/9350 साहित्यकार जगदीश घिमिरेको निधन, आर्यघाटमा अन्त्येष्टि गरिने] नागरिक न्यूज</ref><ref name=setopati1>[http://setopati.com/kala/5043/ साहित्यकार जगदीश घिमिरे रहेनन्] सेतोपाटी अनलाइनअनलाईन</ref><ref>[http://www.ratopati.com/2013/10/31/91115.html साहित्यकार घिमिरे रहेनन्] रातोपाटी अनलाइनअनलाईन</ref> घिमिरेको अन्त्येष्टी काठमाडौंको [[आर्यघाट|पशुपति आर्यघाट]]मा भयो।
घिमिरेका श्रीमती दुर्गा घिमिरे छोरा हिमाल घिमिरे र छोरी जुन घिमिरे छन्। <ref name=setopati>{{cite web|title=जगदीश घिमिरे|url=http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=308512}}</ref>
 
"https://ne.wikipedia.org/wiki/जगदीश_घिमिरे" बाट अनुप्रेषित