"चमेरो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति २३:
विश्वमा झण्डै एघार सय प्रजातिका चमेराहरू पाइन्छन्। यिनलाई दुई प्रकारका चमेराहरूमा वर्गीकरण गरिएको छ। एउटा मांसाहारी चमेरो र अर्को फलाहारी चमेरो। मांसाहारी चमेरो कीरा, फट्याङ्ग्राहरू मात्र खाएर जीवन निर्वाह गर्दछ भने फलाहारी चमेरो चाहिँ फलफूल खाएर जीवन निर्वाह गर्दछ। आकारमा मांसाहारीको तुलनामा फलाहारी चमेरो अलिक ठूलो हुन्छन्। प्रतिशतको आधारमा भन्नुपर्दा मांसाहारी चमेरोको सङख्या ७० प्रतिशत रहेको छ भने बाँकी ३० प्रतिशत मात्र फलाहारी चमेरा हुन्छन्।
चमेराहरू विभिन्न आकार र रङहरू पाइन्छन्। विशेषगरी यिनीहरू कालो र खैरो रङका हुन्छ तर केही चमेराहरू भने पहेंलो चम्किलो रङका, केही चाँदी रङका, केही सुन्तला रङका र केही सेतो अनि खैरो रङका पनि हुन्छन्। यसका साथै केही चमेराहरूको शरीर वा पखेटामा थोप्ला-थोप्ला बुट्टा र धर्साहरू पनि रहेको पाइन्छ।
चमेराहरू विशेषगरी रूख र बाँसका झ्याङहरूमा टाउको तल गरी झुण्डिएर बस्ने गर्दछन्। चेप्टो परेको टाउको भएको यो जीव रातको समयमा बढी सक्रिय रहन्छ। चमेरा जातिमा Giant Golden-crowned Flying-fox नाम गरेको एउटा चमेरो हुन्छ जसको पखेटा नै झण्डै दुई मिटर लामो हुन्छ। यो विश्वकै सबैभन्दा ठूलो चमेरो मानिन्छ। त्यसैगरी 'बम्ल्बेबी ब्याट' नाम गरेको चमेरो विश्वकै सबैभन्दा सानो चमेरो मानिन्छ। यस किसिमको सानो चमेरो दक्षिण र दक्षिणपूर्वी एसियामा बढी मात्रामा पाइन्छन्। यो चमेरो यति सानो हुन्छ कि यसको पखेटालाई पट्याएर एउटा सानो सलाइकोसलाईको बट्टामा मजाले अटाउन सकिन्छ।
 
चमेराहरू पर्यावरण र जैविक विविधताको दृष्टिकोणले उपयोगी जीव मानिएका छन्। खासगरी फलाहारी चमेराहरूले वनजङ्गल जोगाउन र बिउविजन परागसेचन गरेर फूलहरूको फर्टिलाइजफर्टिलाईज गर्न समेत मद्दत गर्दछ। त्यसैगरी मांसाहारी चमेराहरूले पनि मानिस र विभिन्न अन्नबालिका लागि हानिकारक मानिने कीराहरूलाई खाएर अथवा मारेर मद्दत पुर्‍याइरहेको हुन्छ।<ref>{{cite web|url=http://ddctehrathum.gov.np/infopage.php?pagename=Brief_Introduction|title=संक्षिप्त परिचय |publisher='''राजेशमान केसी, गोरखापत्र'''}}</ref>
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/चमेरो" बाट अनुप्रेषित