"गुरुङ जाति" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया)
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति ४४:
मनाङबाट सन् ५०० तिर केही तमुहरू शिकार खेल्दै उत्तरी भेकबाट अन्नपूर्ण श्रृंखलापार गरी दक्षिणी भेकमा आएका थिए। तिनीहरूले त्यो लेकाली भूमि मन पराएकोले त्यहा केही अन्नको बीउ छरेर फर्के दोस्रो पटक आउदा त्यहा उनीहरूले सप्रेको बाली पाए। तेस्रो पटकमा तीनवटा थरका तमुहरू त्यहा आएर तीन समूहमा बस्ती बसाली क्होल सोप्रे ट्हो (गाउँ) नामाकरण गरे। हिमाल वारि दक्षिणी भेकमा यो तमुहरूको पहिलो ऐतिहासिक गाउँ थियो र एकताबद्ध आखिरी गाउँ पनि भयो। त्यस पछि मनाङ मुस्ताङबाट अरु तमुहरू पनि यता बसाई सर्दै आए। मुस्ताङमा बाकि रहेका तमुहरू पछि थकाली (ताम्हा) बने।
 
क्होलमा प्येताँ ल्हुताँ (ठेट वोनवाद)को पुनरावलोकन भयो। शताब्दियौं लामो बसाई सराईको सन्नाटा पछि त्यहा केही सामयिक अध्यायहरू थपिए। मंगोलाइडमंगोलाईड आकृतिका तथा टिबेटो वर्मन भाषी तमु जातिका मानिसहरूले त्यहा त्यति बेलातिर आफ्ना शास्त्र, संस्कार, अर्घुं, कूलपूजा, यज्ञ, पार्क, ल्होसार, ढुकोर, रोदी आदि तथा संस्कृति र परम्पराको सुधारको निम्ति प्रयास गरे। यी जातीय विशेषताहरू हिन्दू आर्य जातीयता भन्दा पूर्णत भिन्न छन्।
 
मनाङ जिल्लाको मध्यउत्तर भागमा पर्ने नारमा पछि आएका तिब्बती वोन्पो लमसग पुरोहित्याइ सिक्न चिलि (सिक्लिस) बाट कोन्म थरका केही तमुहरू गएको बारे एक पौराणिक कथन छ। त्यहा बाट फर्कंदा सिकलाई पूरा भएकोलाई लम र नभएकोलाई लेम भनियो। तब कोन्महरू आ आफ्नो धेरै नजीकका भाइहरू समेटिएर कोन(नगएकाहरू) लम र लेम गरी तीन उपथरमा बाडिए। वोन्पो लम अनुयायी लम र लेमले पच्यु, क्ल्हेब्री अनुयायी कोनसग वैवाहिक सम्बन्ध गास्न थाले। वास्तवमा यी तीनै उपथरका सोंगीहरू एकै पूर्खाका सन्तान हुन्। यस बाहेक उनीहरूले आफ्नो दरिलो समूह बनाए। पछि चिलिको सामरी क्ले (घले) राजाको पालामा लम र लेमले घलेका छोरीहरू विवाह गरे भनिन्छ। पूर्खा बेग्लै भए तापनि कोनले घलेसग मुसेर दाजुभाइको नाता कायम राखी परम्परा बद्लेन। वोन्पो लमद्घारा गुरु भन्ने उच्च सम्मानको शब्द परिभाषित भयो र पछि अरु जात, जातिबाट भिन्न पहिचानको रूपमा तमु शब्द कम प्रयोग भई गुरुङ शब्द प्रचारित भयो।
"https://ne.wikipedia.org/wiki/गुरुङ_जाति" बाट अनुप्रेषित