"गणेशमान सिंह" का संशोधनहरू बिचको अन्तर

minor edit
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति ४३:
२००८ सालमा [[नेपाली काँग्रेस]]का नेता मातृकाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा कृषि, भूमि तथा खाद्यमन्त्री भएका सिंहले विश्वेश्वरप्रसादको निर्देशनमा मातृकाप्रसादको मन्त्रिमण्डल त्यागे। २०१२ सालमा कांग्रेसको वीरगंज अधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिनुभएका सिंह सुवर्ण शमशेरद्वारा पराजित भए। उनले २०१४ सालको भद-अवज्ञा आन्दोलनलाई नेतृत्व दिए। २०१५ सालको प्रथम संसदीय निर्वाचनमा [[नेपाली काँग्रेस]]का तर्फबाट काठमाडौँको सांसद् पदमा विजयी भए। [[विश्वेश्वरप्रसाद कोइराला|वि.पी. कोइराला]]को नेतृत्वमा गठित सरकारमा निर्माण तथा यातायात मन्त्रीको कार्यभार सम्हाले।
 
२०१७ साल पुस १ गते (सन् १९६०)को दुभाग्यपूर्ण घटनापछि सिंह लगातार आठ वर्ष (२०२५ सालसम्म) [[सुन्दरीजल जेल]]मा थुनिए।<ref>{{cite web|url=http://www.nepalicongress.org.np/bpkoirala/sundarijal/sundarijal.html|title=Picture of Sundarijal Military Detention Camp|work=[[नेपाली काँग्रेस|Nepali Congress]]|accessdate=2008-10-07|archiveurl=http://web.archive.org/web/20020802063058/www.nepalicongress.org.np/bpkoirala/sundarijal/sundarijal.html|archivedate=2002-08-02}}</ref> जेलमुक्त भएपछि उनी निरंकुशता विरुद्धको आन्दोलनलाई नेतृत्व दिन भारत प्रवासमा गए। मेलमिलापको नीति लिएर [[विश्वेश्वरप्रसाद कोइराला|वि.पी. कोइराला]]सँग २०३३ साल (सन् १९७६)मा स्वदेश फर्किएका सिंहलाई विमानस्थल मै गिरफ्तार गरियो। उनमाथि राजकाज मुद्दा चलाइयोचलाईयो र फाँसीको माग गरियो। २०३४ सालमा भारतको [[पटना]]मा भएको काङ्ग्रेस सम्मेलनमा पार्टीको नेता निर्वाचित भए। जनमत संग्रहमा निःशर्त सहभागी हुने कुरामा [[विश्वेश्वरप्रसाद कोइराला|वि.पी. कोइराला]]सँग मतभेद पनि भएको थियो। २०३९ साल (सन् १९८२)मा [[विश्वेश्वरप्रसाद कोइराला|वि.पी. कोइराला]]को देहावसान पश्चात उनी [[नेपाली काँग्रेस]]को सर्वोच्चनेता भए। २०४२ साल (सन् १९८५)मा मेलमिलाप नीतिको पुनर्परिभाषा गरियो र सिंहले सत्याग्रहको नेतृत्व गरे। त्यसबखत पनि जेल सजाय भोग्नुपरेको थियो।
 
२०४६ साल माघ ५, ६ र ७ गते काठमाडौँको क्षेत्रपाटीस्थित आफ्नै निवासमा आयोजित [[नेपाली काँग्रेस]]को सम्मेलनद्वारा जनआन्दोलनको घोषणा गरे। २०४६ फागुन ७ गते प्रारम्भ भएको ऐतिहासिक जनआन्दोलनको नेतृत्व सम्हाल्नुहुने सर्वोच्च कमाण्डर सिंहलाई ६ वामपन्थी पार्टीहरूको संयुक्त मोर्चाले समेत साथ दिएको थियो। तर आन्दोलनको क्रममा उनलाई घरमै नजरबन्द गरियो। गम्भीररूपमा अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका सिंहलाई अस्पतालमा नै नजरबन्द गरियो। जनआन्दोलनको सफलतास्वरूप दलहरूमाथिको प्रतिबन्ध फुकुवा (२०४५ साल चैत्र २६ गते) भएपछि चैत्र २७, २०४६ साल काठमाडौँको टुँडिखेलमा आयोजित विशाल जनसभामा ऐतिहासिक सम्बोधन गर्ने सिंहलाई 'फादर अफ डेमोक्रेसी'को रूपमा सम्मानित गरियो। जनआन्दोलनपछिको अन्तरिम सरकारको (२०४७ साल वैशाख) प्रधामन्त्री पद लिन [[शाह वंश|राजा बीरेन्द्र]] आग्रह हुँदा सिंहले अस्वीकार गरे। २०४७ साल पुष ३ गते (सन् १९९० डिसेम्बर १८)मा उनले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुशलाई अमेरिकामा भेटे। नेपाल तथा विश्वमै मानवाधिकार र शान्ति स्थापनाका निम्ति नेतृत्वदायी भूमिका निर्वाह गरेवापत सम्मानस्वरूप अमेरिकाबाट पिसरन पुरस्कार-१९९० तथा मानवाधिकार पुरस्कार-१९९३ एवम् [[संयुक्त राष्ट्र संघ]]का भूतपूर्व महासचिव ऊ थान्तको नाममा स्थापित 'ऊ थान्त शान्ति पुरस्कार' बाट उनी सम्मानित भए।
पङ्क्ति ५१:
२०५३ साल भदौ १० गते उहाँकी धर्मपत्नी [[मंगलादेवी सिंह]]को निधन भयो। उनको निधन ८२ वर्षको उमेरमा २०५४ साल असोज २ गते भयो। सरकारले तीनदिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गर्‍यो। श्री ५को सरकारले कुनै पनि सरकारी पदमा नभएको र राजनीतिज्ञको सम्मानमा गरेको यो घोषणा पहिलो हो। स्व. सिंहका दुई छोरा प्रदीपमान सिंह र [[प्रकाशमान सिंह श्रेष्ठ|प्रकाशमान सिंह]] तथा तीन छोरी डा. मीना सिंह, कान्ता मानन्धर र [[रीता वैद्य]] हुन्। [[काठमाडौं|काठमाडौं महानगरपालिका]]का पूर्व नगरप्रमुख [[पीएल सिंह]] भने नेता सिंहका धर्मपुत्र हुन्। उनलाई लौह पुरुष, फादर अफ डेमोक्रेसी, सर्वमान्य नेता, वीर गणेशमान, वरिष्ठ प्रजातन्त्रवादी नेता, नेपाली जनक्रान्तिका महान योद्धा, २०४६ सालको ऐतिहासिक जनआन्दोलनका कमाण्डर सर्वोच्च नेता आदि उपनामले पनि चिनिन्छ। <ref>[http://www.hamrosamachar.com/koshdetail.asp?id=405&cat=5 हाम्रो समाचार डट कम]</ref>
 
उनलाइउनलाई आन्दोलनको क्रममा समातिएपछि उनको गुद्दद्वारमा लौरो घुसाउने अत्याचार गरिएको थियो भनेर भनिन्छ जसको कारण उनलाइउनलाई हरेकदिन शौचक्रियामा बाधा हुने गर्दथ्यो। जनआन्दोलन पश्चात उनले [[शाह वंश|राजा बीरेन्द्र]]को प्रधानमन्त्री बन्ने आग्रहलाई आश्विकार गरी आफ्ना मित्र [[कृष्णप्रसाद भट्टराई]]लाई प्रधानमन्त्री बनाए। उनलाइउनलाई लौहपुरुषको संज्ञा / उपाधी पनि दिइएको थियो।
 
==बाहिरी कडीहरू==
"https://ne.wikipedia.org/wiki/गणेशमान_सिंह" बाट अनुप्रेषित