"काने सिउँडी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति २१:
संस्कृतमा सुश्रुतले नै दिएको अर्काे नाम हो- बज्रवृक्ष । आकाशमा मेघ गर्जंदाको विद्युतीय 'नेगेटिभ पल्स' तल झरेपछि जमिनबाट त्यसलाई 'पजेटिभ पल्स' मिल्यो भने चटयाङ/बज्र पर्छ । यस्तो बज्रको 'पोजेटिभ पल्स' प्रायः ठूला, अग्ला, छत्राकार -क्राउन) युक्त रूखहरूले दिन्छन् । त्यसै भएर रूखमा बज्र पर्छ, पानी परेको बेला ओत लाग्नु हुँदैन भनिन्छ । तर पुरानो पाटे सिउँडीको क्राउन जतिसुकै ठूलो भए पनि 'नेगेटिभ पल्स' आकषिर्त गर्नसक्ने उचाइ हुँदैन । यसैले यो वृक्षले चाहिँ बज्रलाई रोक्छ भन्ने मान्यता बनेको स्पष्टै छ ।
 
सुश्रुतले दिएको अर्को नाम महावृक्ष पनि हो । महादेवको वृक्ष भएकाले यहाँ त्यस्तो नाम बन्न गएको त हुँदै हो । केही दसक अगाडिसम्म नेपाली गाउँघरमा वस्तुभाउ जन्मेपछि तिनको सालनाल सेलाइनेसेलाईने, झुन्ड्याइने, चढाइने वृक्ष यही हो, जुन गाउँको साझा चौर -खेल/बाङ) मा हुन्थ्यो । जंगलमा हुने दैवीप्रकोप -बज्र) बाट नयाँ जन्मेको पशुको रक्षा होस् भनेर कामना गरिने यो प्रक्रिया नेवारहरूको छ्वासः -क्षेत्रपाल भैरव) को जन्मको कारण हो, जहाँ मानवशिशुको सालनाल अझै सेलाइन्छसेलाईन्छ
 
मेचेहरूका निम्ति यो सबैभन्दा ठूलो देवता बाठो हो । यसैको हाँगो गाडेर बाठोको पूजा हुन्छ । दनुवारको निम्ति सिद्ध हो । तन्त्रशास्त्रमा सिद्धको अर्थ कुनै प्रेतात्मालाई नियन्त्रणमा राखी माध्यमका रूपमा प्रयोग गर्नसक्ने पात्र हो ।
 
यसको दूधको पोलाइदिनेपोलाईदिने रसायन 'फेरोटक्सिन', खुर्सानीको पोलाइदिनेपोलाईदिने रसायन 'क्याप्सिनिन'भन्दा १० हजारदेखि १ लाख गुना शक्तिशाली हुन्छ । महादेवलाई चढाइने रङ पहेँलो हो, जुन पाटे सिउँडीकै फूलको रङ हो । जुन यही शिवरात्रि पर्नेताका फागुन-चैतमै फुल्छ । जसरी 'इलियोकार्पस स्फेरिकस'को फल रुद्राक्ष अर्थात् रुद्रको आँखा हुन्छ, त्यसैगरी पाटे सिउँडीको यिबाँको नाम बज्राक्ष (बज्रको आँखा) हो ।
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/काने_सिउँडी" बाट अनुप्रेषित