"कब्जियत" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति ३:
मल निष्कासनको स्वभाविक आवृतिमा विलम्ब हुनु, नियमित रूपले मल त्याग गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपटक पनि कोमल दिसा गर्न नसकेको अवस्थालाई कब्जियत भनिन्छ।
 
विशेष रोगावस्था जस्तै आन्द्राको घाउ, ट्युमर, प्यारालाइसिसप्यारालाईसिस, मधुमेह, थाइराइडिजम, पराकिन्सन जस्ता समस्याबाहेक अधिकांश कब्जियतको मुख्य कारण अप्राकृतिक जीवनशैली हो। भोजन, व्यायाम, विश्राम र भावानात्मक रूपमा असन्तुलित जीवन नै अप्राकृतिक जीवन हो। भोक लागेको बेला नखाने, भोकभन्दा ज्यादा खाने गरिष्ठ भोजनहरू, मसिनो मिठो, तारे भुटेको, पचाउन कठिन, जंकफूड र संरक्षित खाद्यान्न प्रायःजसो खाइरहने, सागसब्जी सलादजस्ता खस्रामोटा, रेसा र चोकरयुक्त खाद्यपदार्थ कम खानाले कब्जियत हुने प्रबल सम्भावाना रहन्छ। व्यस्त र भागदौडले भरिएको, तनावपूर्ण जीवन जिउनेहरू, श्रमपछि विश्राम नगर्नेहरू, भय, चिन्ता, शोक र उदासीनताका कारणले पनि कब्जियत देखिएको छ। व्यायाम र श्रमबाट भाग्नेहरूलाई पनि कब्जियतले छाडेको छैन भने लामो समयसम्म विरेचक औषधी, पेनकिलर, नार्काटिक्स र दिमाग लठ्याउने औषधि खानेहरूमा कब्जियत ज्यादा देखिएको छ ।
==लक्षण==
मल त्यागको प्राकृतिक आवृत्तिमा विलम्ब हुनु, मलत्याग गर्न बल लगाउनुपर्ने अवस्था आउनु, दिसा कोमल नभएर गोटा पर्नु, अपानवायु बढ्नु, पेट भारी हुनु वा दुख्नु, भोक नलाग्नु मुख बिग्रिनु, रिंगटा लाग्नु, तिघ्राको पछाडिपट्टिको मांशपेशी दुख्नु, टाउको दुख्नु छात्ती पोल्नु र थाकेको महसुस हुनु।
"https://ne.wikipedia.org/wiki/कब्जियत" बाट अनुप्रेषित