"आगो" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति ३७:
घर्षण विधिबाट अग्नि उत्पन्न गर्ने सब भन्दा सरल र प्रचलित विधि काठको फलियामा काठको छड रगड्ने हो।
 
यो विधिमा काठको फलियामा एक सानो प्वाँल हुन्छ। यस प्वाँलमा काठको छडलाई मथानी जस्तै गरेर वेगसँग नचाउनु पर्छ। प्राचीन [[भारत]] र [[नेपाल]]मा पनि यस विधिको प्रचलन थियो। यस यंत्रलाई '''अरणी''' भनिन्थ्यो। छडको टुक्रलाई ठाडो र फलियालाई त्यार्छो गरेर चलाइनेचलाईने भएकाले फलियालाई अधरा र लठ्ठीलाई उतरा भनिन्थ्यो। यस विधिबाट अग्नि उत्पन्न गर्ने भारत र नेपालको अतिरिक्त [[श्रीलंका]], [[सुमात्रा]], [[आस्ट्रेलिया]] र [[दक्षिणी अफ्रीका]]मा पनि प्रचलित थियो। उत्तरी अमरीकाका भारतीय तथा मध्य अमरीकाका निवासी पनि यही विधि काममा ल्याउथे। एक पटक [[चार्ल्स डारविन]]ले टाहिटी (दक्षिणी प्रशांत महासागर को एक द्वीप जहाँ स्थानीय आदिवासी मात्र बस्द छन्)मा देखे कि वहाँका निवासी यस प्रकार केही सेकंडमा नै अग्नि उत्पन्न गर्दछन्, यद्यपि उनी स्वयंले यस काममा धेरै समय सम्म परिश्रम गर्दा मात्र सफलता मिलेको थियो।
 
[[फारस]]को प्रसिद्ध ग्रंथ [[शाहनामा]]का अनुसार हुसेनले एक भयंकर सर्पाकार [[राक्षस]]सँग युद्ध गरे र उसलाई मार्नको लागी उनले एक ठुलो ढुङ्गाले हिर्काए। त्यो ढुङ्गा त्यो राक्षसलाई नलागेर एक चट्टानमा ठोकिएर चूर भयो र यस प्रकार सर्वप्रथम अग्नि उत्पन्न भयो।
पङ्क्ति ४६:
 
== सतत आगो ==
अग्नि उत्पन्न गर्नमा पहिले साधारणतया यस्तो कठिनाई पर्थ्यो कि आदिकालीन मनुष्य एक पटक उत्पन्न गरिएको अग्निलाई निरंतर प्रज्ज्वलित राख्ने चेष्टा गर्दथे। यूनान र फारसका मान्छे आफ्नो प्रत्येक नगर र गाउँमा एक निरंतर प्रज्वलित अग्नि राख्ने गर्थे। रोमको एक पवित्र मंदिरमा अग्नि निरंतर प्रज्वलित राखिन्थ्यो। यदि कहिले कहिं कुनै कारणवश मंदिरको आगो निभ्यो भने ठुलो अपशकुन मानिन्थ्यो। पछी पुजारीहरू प्राचीन विधिका अनुसार पुन अग्नि प्रज्वलित गर्दथे। सन्‌ १८३० पछी [[सलाई]]को आविष्कार भएको कारण अग्नि प्रज्वलित राख्ने प्रथामा शिथिलता आयो। सलाइहरूकोसलाईहरूको उपयोग पनि घर्षण विधिकै उदाहरण हो। अंतर यति मात्र छ कि उसमा फास्फोरस, शोरा आदिको शीघ्र जलनशिल मिश्रणको उपयोग हुन्छ।
प्राचीन मनुष्य जंगली जानवरहरूलाई भगाउन, या उनबाट सुरक्षित रहनको लागी अग्निको उपयोग सधैं गरिरहन्थे होलान्। उनीहरू जाडोमो आफुलाई आगोबाट तातो राख्ने गर्थे। वस्तुत जब-जब जनसंख्या बढ्यो, मानिस आगोकै सहारा अधिकाधिक चिसो देशहरूम गएर बस्न थाले। आगो, तातो कपडा र घरहरूकै कारण मानिस यस्तो चिसो देशहरूमा रहन सक्छन् जहाँ शीत ऋतुमा उनलाई जाडोबाट कष्ट हुदैन र जलवायु अधिक स्वास्थ्यप्रद रहन्छ।
== विद्युत कालमा आगो ==
"https://ne.wikipedia.org/wiki/आगो" बाट अनुप्रेषित