"अमेरिकाको स्वतन्त्रता दिवस" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Fourth of July}}
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति ५:
यो सन्दर्भ करिब अढाई सय वर्षअघिको हो । अमेरिकामाथि बेलायती कब्जा थियो । बेलायती कानुनको विभेदपूर्ण व्यवहारका कारण अमेरिकीलाई बेलायती-शासन मनपरेको थिएन। यहि क्रममा सन् १७७४ मा १३ मध्ये १२ उपनिवेशका प्रतिनिधिहरू पेन्सलभानिया राज्यको फिलाडेल्फियामा भेला हुनुभयो। जर्जियाका प्रतिनिधिमात्र अनुपस्थित हुनुहुन्थ्यो। यी उपनिवेशमा बेलायतविरुद्ध लड्ने तयारी भइरहेको थियो। अनि बेलायतविरुद्ध युद्ध पनि शुरु भयो। सन् १७७५ मा कंग्रेस बस्दा युद्ध चलिरहेको थियो। उक्त कंग्रेसले थोमस जेफरसन र अन्य ज्ञातालाई 'स्वतन्त्रताको घोषणा-पत्र'तयार गर्ने जिम्मेवारी दियो। जेफरसनले घोषणा-पत्र तयार पारेपछि जोन एडम्स्, बेन्जामिन फ्र्याङ्कलिनसहितको समितिलाई मूल्यांकन गर्न दिनुभयो। उक्त समितिले घोषणा-पत्रमा केही संशोधन गरेपछि कंग्रेसमा पढेर सुनाइयो। यी १३ उपनिवेशले स्वतन्त्रताको घोषणा-पत्र सन् १७७६ जुलाई ४ मा ग्रहण गरे ।
== शुरूका १३ राज्य ==
अमेरिकामा शुरूमा १३ राज्यहरू मात्र थिए। ती - डेलावर, पेन्सलभेनिया, न्यू जर्सी, जर्जिया, कनेक्टिकट, मासाचुसेट्स, मेरिल्याण्ड, साउथ क्यारोलाइनाक्यारोलाईना, न्यु ह्याम्सर, भर्जिनिया, न्यूयोर्क, नर्थ क्यारोलाइनाक्यारोलाईना
र रोड आइल्याण्ड हुन् । बेलायतको उपनिवेशबाट अमेरिकालाई स्वतन्त्र बनाउने शुरुका यी १३ राज्य हुन्।