"आगन्तुक च‍रा" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
सा बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया)
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
[[नेपाल]]मा बर्सेनी प्रायः एक [[सय]] ५० प्रजातिका [[पर्यटन|पर्यटक]] [[चरा]]को [[आगमन]] हुन्छ। बसाइँ सराई सूचकका रूपमा पनि हेरिइने [[हाँस]]का ३४ [[प्रजाति]]मध्ये ३० प्रजाति उत्तरी [[एशियाएसिया|एसिया]]को [[साइबेरिया]]लगायतका विभिन्न भागबाट हिउँदे याममा जाडो छल्न यहाँ आउँछन्। उत्तरी ध्रुवमा हिमपातको प्रारम्भसँगै सुरक्षित वासस्थान र चरन खोज्दै रूस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान क्षेत्रका चराका विविध प्रजातिले नेपाललाई आफ्नो भ्रमणको गन्तव्य बनाउँदै आएका छन्। 'रूख सुडसुडिया' र 'टिमटिमा' नामक जलचरा चीनको उत्तरी भूभागबाट नेपाल भित्रिने गर्छ भने युरोपेली, मङ्गोलियन, तिब्बती तथा कोरियाली चराहरू पनि बसाइँ सरेर आउँछन्। पर्यटक चराका करिब ५० प्रजाति त 'बाई पास' नेपाल हुँदै भारत, पाकिस्तान, श्रीलङ्कातिर जाने गर्छन्। बार हेडेड गुजर (खोया हाँस) नामक चराले त सर्वोच्च शिखर [[सगरमाथा]]देखि माथितिर हुँदै घुमफिर गर्छ।
 
तराईका समथर जमीनदेखि सगरमाथाजस्तो उचाइका भौगोलिक तथा मौसमी विविधताका कारण प्रजाति र सङ्ख्याका दृष्टिले पनि उल्लेख्य रूपमा नेपाल आउने पर्यटक चराहरू हिमाल, पहाड तथा तराईमा छरिएर बसेका छन्। यसरी बसाइँ सरेर हिउँदमा आउने पर्यटक चराहरूले प्रायः पाूर्वको कोसीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बीसहजारी ताल, जगदीशपुर ताल तथा घोडाघोडी ताललगायतका क्षेत्रमा आफ्नो हिउँदे बास बिसाउँछन्। साथै शुक्लाफाँटा, बर्दिया राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण क्षेत्र, अरूणबरूण उपत्यका, लाङटाङ, गोसाइँकुण्ड आदि क्षेत्र पनि पर्यटक चराका लागि सुरक्षित वासस्थान हुन् भने [[कोसी]], [[नारायणी]] र [[कर्णाली अञ्चल|कर्णाली]] का सहायक नदीको छेउछाउ पनि चराका लागि घुमफिर र चरनयोग्य क्षेत्र मानिन्छन्। साथै, उक्त स्थलहरू चरा अवलोकनार्थ उपयुक्त गन्तव्य क्षेत्र पनि हुन्।
"https://ne.wikipedia.org/wiki/आगन्तुक_च‍रा" बाट अनुप्रेषित