"पानी घट्ट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
'''घट्ट''' पानीबाट चल्ने [[घरेलु यन्त्र]] हो। पानीलाई अग्लो ठाउँबाट काठको [[डूँड]]मार्फत छाँगो बनाई त्यसले हिर्काएपछि घुम्नेगरी पानीघट्टको मदानी राखिएको हुन्छ। मदानी घुमेपछि घट्टमा जोडिएको ढुंगाको [[जाँतो]] चल्नथाल्छ र अन्न पिस्न थाल्छ। अन्न निरन्तर खस्नको लागि यसको माथि सोली अथवा कोठो राखिएको हुन्छ। सोलीमा अन्न खन्याइन्छ र अन्न सोलीबाट सोलीको मुखमा भएको धारा हुँदै घट्टमा खस्दछ। सोलीबाट अन्न खस्नको लागि सोलीमा कम्पनको आवाश्यकता हुन्छ। यसको लागि सोली र घट्टको माथिल्लो फक्लेटोमा कटकटे अथवा चरो जोडिएको हुन्छ। अचम्मको कुरा के छ भने घट्टमा पिस्न लिएको अन्नमा [[घुन]] छ भने अन्न पिसेर मसिनो पिठो भएर आउँछ भने घुन जिउँदै आएको देखिन्छ। नेपालको पश्चिम तिर घुन र घट्टको मामा भान्जाको नाता पर्दछ यसैले घट्टले घुनलाई केही न गरेर बाहिर निकाल्छ जुन दिन घट्टले घुन पिस्ने छ त्यो दिन पृथ्वी पापले डुब्ने छन् भन्ने भनाई रहेको छ।
गाउँघरमा [[मकै]], [[कोदो]], [[फापर]], [[गहुँ|गहूँ]],चामल आदि अन्नबाली पिस्नका लागि पानीघट्टको प्रयोग अझैसम्म भैरहेको पाइन्छ। घट्ट चलाउने व्यक्तिलाई [[घटेरो]] भनिन्छ। अन्न पिसेबापत घटेरोले त्यही अन्नबाट निश्चित मात्रा लिएर जीविकोपार्जन गर्ने गर्दछ। लो-टेक् का रूपमा पानीघट्ट चलाउन कुनै कुनै विदेशी दातृसंस्थाहरूले अलिअलि लगानी गर्न थालेका छन्।
 
{{stub}}
{{Commonscat|Watermills}}
 
नेपालको जोमसोममा प्रयोग भएको पानी घट्ट
<gallery>
File:Pani Ghatta 02.jpg
File:Pani Ghatta 01.jpg
</gallery>
 
 
[[श्रेणी:प्रविधि]]
"https://ne.wikipedia.org/wiki/पानी_घट्ट" बाट अनुप्रेषित