"भानुभक्त आचार्य" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ३०:
 
अनि त्यही दिनको [[गोरखापत्र]]ले टिप्पणी पनि गर्‍योथ 'अहिलेसम्म भेट्टाएका पुस्तक र कहानीबाट मात्र स्व. कवि भानुभक्तको चित्र लेख्न कनि ट।' तर त्यसैबेला [[दार्जीलिङ्ग|दार्जिलिङ]]को चौरस्तामा भानुभक्तको मूर्ति सूर्यविक्रमहरूको सत्प्रयासाबट स्थापित गरेरै छोडियो।
ब्रहृम सम्शेर जबराले पनि कवि भानुभक्त भनेर लेखेका थिए। त्यसैबेला भानुभक्तको महत्त्वका रूपमा [[सूर्यविक्रम ज्ञवाली]]ले देखे। नेपाली साहित्यका इतिहासमा सर्वश्रेष्ठ पुरुष महाकवि देवकोटाका कलममा घोटिएर घासीसम्म बन्नपुगे। आदिकवि भानुभक्त आचार्य लिएर भाइ चन्द प्रधान उभिएकै बेला भानुभक्तको सच्चा जीवन चरित्रचरित्रका रचनाकार पण्डित कविराज नरनाथ आचार्यका कलममा अझ तिखारियो। उनले भानुभक्त सम्बन्धि त्यसभन्दा पहिले प्रकाशमा नआएका धेरै तथ्य र फुटकर कविताहरू प्रकाशित गराई ठूलो गुन लगाए।
'भानुभक्ताचार्यको जन्म जयन्ती यही आषाढ २९ गते मनाउनुहोस्' भनेर गोपाल पाडेले आहृवान गरेपछि २०१२ सालको [[भानुजयन्ती]] भव्यतासाथ सम्पन्न भयो। 'भानुले [[रामायण]] सिर्जना गरी नेपालीमा एकता ल्याउनुभयो।' भनी सोही दिन कवि शिरोमणि लेखनाथ सभापतिको आसनबाट गुन्जिए। उक्त दिन सरस्वती सदनमा आयोजित [[भानुजयन्ती]] समारोहमा श्री जगदम्बा कुमारीद्वारा भानुभक्तको प्रतिमा बनाइदिने वचन दिइएपछि भानुभक्त सचेत सहृदयीहरूमा व्यापक बन्दैगए।
 
पङ्क्ति ३८:
आदिकवि भानुभक्त र उनका सर्वश्रेष्ठ गुणहरूको खोजी गर्ने खड्गबहादुर लोहार, युग चेतनाका सजग कवि भानुभक्तः केही सन्दर्भ, केही प्रसङ्ग निकाल्ने डा. सूर्यनाथ, भानुभक्त जागीरे थिए भनेर औाल्याउने मङ्गलदेव परियार, भानुभक्त विषयक मतभेद बटुल्ने मोतीवीर राई, भानुभक्तले कलम किन चलाए ? भन्दै सोधीखोजी गर्ने श्रीभद्र शर्मा, भानुभक्तको युगबोध र नैसर्गिक कवित्व शक्तिसाग जोरी खोज्ने जगन्नाथ त्रिपाठी, भानुको साहित्यिक योगदानबारे प्रकाश पार्ने प्रो. यदुनाथ। भानुभक्तको स्मृतिमा विरह पोख्ने धर्मराज थापा, व्यंग्यात्मक कवि भानुभक्त भनेर व्यंग्य गर्ने श्रीप्रसाद पण्डित, आदिकवि भानुभक्तः केही बुादाहरूमा टिपोट गर्ने अमरकुमार प्रधान, भानुभक्तीय नेपाल भाषाः एक विवेचनामा टुंग्याउने विजय चालिसे, रसभावपूर्ण भानुभक्तभित्र पस्ने नरनाथ शर्मा, भानुभक्त र उनको दिग्दारीमा चिन्तित हुने प्रताप कालिकोटे, भानुभक्तले के गरे त भनेर निहु झिक्ने इन्द्रदेव सिंह, भानुभक्तका राममा रमाउने कमला साङ्कृत्यायन र यस्तैयस्तै धेरै कुराहरू धेरै जनाले देखेका छन् भानुभक्तका कृतित्व र व्यक्तित्वभित्र।
सानुभाइ शर्माले भानुलाई मान्छेको रूपमा हेर्दा पनि कसैले अनौठो मानेन। सावित्री सुन्दास भानुभक्तको जीवनदर्शन पाएर खुसी भइन्। कोही चाहि भानुभक्तबाट नेपाली भाषाको उत्थानमा भएको योगदानको कुरा उठाउाछन्। भानु बा नजाती नमान्नु होला भनेर बेस्सरी गाली गर्नेहरू पनि छन्। भानुभक्तलाई कतिले राष्ट्रिय कविको संज्ञा दिएका छन् त कति चाहि जातीय कवि भन्न मन पराउछन्। भाषिक कविको उपाधि दिनेहरू पनि छन्। ... उनका कृतिलाई नेपालीमा लेखेको दर्शनशास्त्र। गीता/नेपाली काव्यक्षेत्रको गुरूग्रन्थ जस्ता पदवी प्रदान गर्नेहरू पनि छन्। नेपाली तब जगाउने, जातीय भेदभाव मेटाउने, भाषिक सङ्कीर्णता हटाएर नेपाली भाषालाई सशक्त राष्ट्र भाषाका रूपमा दरो पार्ने काम भानुभक्तले गरे।' 'नेपाली भाषालाई निक्खार र भावमय रूप दिने यिनै पहिला कवि हुन्।' 'आधुनिक भाषा तथा साहित्यका एउटा महान् जातीय कवि भानुभक्त हुन्। ... विविध वर्गका मानिसलाई मिलाउने एकताको मूलभाषा तथा संस्कृति प्रदान गरेर भानुभक्तले नेपाली मात्रको अनुपम सेवा गरे।' 'पण्डितहरूका विरोधमा जनपक्ष लिने भानुभक्त युगअनुसारका प्रगतिशील थिए।' यस्तै यस्ता असङ्ख्य उद्गारहरू, अभिव्यक्तिहरू, श्रद्धाञ्जलि र सद्भावनाहरू व्यक्त भएका छन् भानुभक्तप्रति।
 
==वर्तमान नेपालमा==
पहिलोपटक [[मोतिराम भट्ट]]ले भानुभक्तलाई चिनाइदिएपछि यता आजसम्म जसले जति लेखे पनि उनै कुरा हुन्। यतिबेलाको लोकतान्त्रिक गणतन्त्र नेपालमा 'आधुनिक नेपालका पृथ्वीनारायण शाह, भाषा निर्माता आदिकवि भानुभक्त आचार्य।' जस्ता भनाइ दोहोर्या उनु अर्घेलो हुनसक्छ तर योभन्दा राम्रो र धेरै काम नभएसम्म जनताले त्यति सजिलै बिर्सने पनि छैनन् र बिर्सनु पनि हुदैन। भानुभक्त नेपाली वाङ्मयकै विराट् पुरुष हुन्। नयाँ ढङ्गबाट उनका बारे व्याख्या र विश्लेषण भइरहेको छ। पछिल्लो जनआन्दोलनका क्रममा धेरै ठाउमा भानुभक्तका मूर्तिहरू पनि तोडिएका छन्। भानुभक्तले गर्दा हाम्रा भाषाहरूको विकास हुन नसकेको हो भनेर गुनासो पनि धेरैले गरेका छन्। त्यसकारण गणतान्त्रिक नेपालमा भानुभक्तलाई कसरी मूल्याङ्कन गर्ने भन्ने कुरा झन् विचारणीय भएको छ। <ref>डा. तुलसी भट्टराई</ref>