"रेडियो सगरमाथा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २६:
पटक–पटकको प्रयासमा पनि अनुमति नपाएपछि वि.सं. २०५२ [[चैत|चैत]] २० र २१ गते गैर कानुनी तवरबाटै रेडियो सगरमाथाले प्रविधि परिक्षण गरेको कुरा सूचना तथा सञ्चार मन्त्रालयले २०५२ चैत २३ मा सोधेको स्पष्टीकरणबाट पुष्टि भएको छ । थप दुइ वर्षको संघर्ष पछि वि. सं. २०५४ [[जेठ]] ५ गते सरकारले एफ एम रडियो सगरमाथाको सञ्चालन अनुमति नेवापसलाई हस्तान्तरण गर्यो । त्यसको ४ दिन पछि जेठ ९ गतेबाट कानुनी रुपमा १०२ थोप्लो ४ मेगाहर्जमा दक्षिण एसियाकै पहिलो एफ एम रेडियो भएर घन्कियो रेडियो सगरमाथा ।
 
दक्षिण एशियाकै पहिलो स्वतन्त्र प्रसारण सेवा रेडियो सगरमाथाको पहिलो अध्यक्ष भारतदत्त कोइराला, पहिलो स्टेसन प्रमुख मुरारी शिवाकोटी, पहिलो कार्यक्रम निर्देशक रघु मैनाली, पहिलो प्राविधिक उपेन्द्र अर्याल र पहिलो प्रसारक/प्रस्तोता घमराज लुइँटेल हुनुहुन्छ । यसले घमराज लुइँटेलको अावाजमाआवाजमा पहिलोपल्ट, "नमस्कार ! एफएम ब्याण्डको एक सय दुई थोप्लो चार मेगाहर्जमा यो दक्षिण एशियाकै पहिलो नाफा नकमाउने तथा विज्ञापन नबजाउनेरहित स्वतन्त्र सार्वजनिक प्रसारण सेवा हो" भनी आफ्नो प्रसारण सुरु गरेको थियो । सुरुमा दिनको २ घण्टा कार्यक्रम प्रसारण गरेको रेडियो सगरमाथाले हाल दिनको १८ घण्टा कर्यक्रम प्रसारण गर्दै आएको छ । <ref name="">नेपालमा सामुदायिक रेडियो इतिवृत्तान्त/लुइटेल घमराज/सामुदायिक रेडियो सहयोग केन्द्र</ref>
 
रेडियो सगरमाथाले बितेका करीब ५० बर्षसम्म कायम रहेको सरकारी रेडियोको एकाधिकार तोडदै जनताको बोली बोल्न शुरू गरिदियो । त्यसपछिका केही बर्षसम्म निर्वाध आफ्ना कार्यक्रमहरू प्रस्तुत गरिरहेको यस रेडियोमा [[शाही शासन]] कालमा सरकारका तर्फबाट छापा मार्ने र उपकरणहरू नियन्त्रणमा लिई प्रशारणमा अवरोध पुर‍याइएको थियो।