'''भानुभक्त आचार्य''' (जन्म वि. सं. १८७१ असार २९,मृत्यु– वि सँ १९२५ असोज ६)<ref name = "himalayatimes">[http://himalayatimes.com.np/%E0%A4%AC%E0%A4%BF%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A5%83%E0%A4%A4_newsMjA5.html "भानु जयन्ती मनाइँदै : हिमालय टाईम्स"]</ref> नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि हुन् । उनी वाल्मीकि रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका [[आदिकवि]] उपाधि दिएका थिए ।<ref>[http://gorkhapatra.org.np/mag/muna.detail.php?article_id=357&cat_id=28 आदिकवि भानुभक्त आचार्य: मुना, असार २०६७]</ref>। उनले [[प्रश्नोत्तर]] (वि.सं. १९१० ), [[भक्तमाला]] (वि.सं. १९१०), [[बधूशिक्षा|वधूशिक्षा]](वि सं १९१९) <ref name = "himalayatimes" /> लगायतका कृतिहरू लेखेका छन्। उनका पाण्डुलिपिलाई संग्रह गरेर [[मोतिराम भट्ट]]ले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका हुन।