"भानुभक्त आचार्य" का संशोधनहरू बिचको अन्तर

→‎योगदान: लेखन शैली ध्यान दिइदैँ...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३८:
आदिकवि भानुभक्त र उनका सर्वश्रेष्ठ गुणहरूको खोजी गर्ने खड्गबहादुर लोहार, युग चेतनाका सजग कवि भानुभक्तः केही सन्दर्भ, केही प्रसङ्ग निकाल्ने डा. सूर्यनाथ, भानुभक्त जागीरे थिए भनेर औाल्याउने मङ्गलदेव परियार, भानुभक्त विषयक मतभेद बटुल्ने मोतीवीर राई, भानुभक्तले कलम किन चलाए ? भन्दै सोधीखोजी गर्ने श्रीभद्र शर्मा, भानुभक्तको युगबोध र नैसर्गिक कवित्व शक्तिसाग जोरी खोज्ने जगन्नाथ त्रिपाठी, भानुको साहित्यिक योगदानबारे प्रकाश पार्ने प्रो. यदुनाथ। भानुभक्तको स्मृतिमा विरह पोख्ने धर्मराज थापा, व्यंग्यात्मक कवि भानुभक्त भनेर व्यंग्य गर्ने श्रीप्रसाद पण्डित, आदिकवि भानुभक्तः केही बुादाहरूमा टिपोट गर्ने अमरकुमार प्रधान, भानुभक्तीय नेपाल भाषाः एक विवेचनामा टुंग्याउने विजय चालिसे, रसभावपूर्ण भानुभक्तभित्र पस्ने नरनाथ शर्मा, भानुभक्त र उनको दिग्दारीमा चिन्तित हुने प्रताप कालिकोटे, भानुभक्तले के गरे त भनेर निहु झिक्ने इन्द्रदेव सिंह, भानुभक्तका राममा रमाउने कमला साङ्कृत्यायन र यस्तैयस्तै धेरै कुराहरू धेरै जनाले देखेका छन् भानुभक्तका कृतित्व र व्यक्तित्वभित्र।
सानुभाइ शर्माले भानुलाई मान्छेको रूपमा हेर्दा पनि कसैले अनौठो मानेन। सावित्री सुन्दास भानुभक्तको जीवनदर्शन पाएर खुसी भइन्। कोही चाहि भानुभक्तबाट नेपाली भाषाको उत्थानमा भएको योगदानको कुरा उठाउाछन्। भानु बा नजाती नमान्नु होला भनेर बेस्सरी गाली गर्नेहरू पनि छन्। भानुभक्तलाई कतिले राष्ट्रिय कविको संज्ञा दिएका छन् त कति चाहि जातीय कवि भन्न मन पराउछन्। भाषिक कविको उपाधि दिनेहरू पनि छन्। ... उनका कृतिलाई नेपालीमा लेखेको दर्शनशास्त्र। गीता/नेपाली काव्यक्षेत्रको गुरूग्रन्थ जस्ता पदवी प्रदान गर्नेहरू पनि छन्। नेपाली तब जगाउने, जातीय भेदभाव मेटाउने, भाषिक सङ्कीर्णता हटाएर नेपाली भाषालाई सशक्त राष्ट्र भाषाका रूपमा दरो पार्ने काम भानुभक्तले गरे।' 'नेपाली भाषालाई निक्खार र भावमय रूप दिने यिनै पहिला कवि हुन्।' 'आधुनिक भाषा तथा साहित्यका एउटा महान् जातीय कवि भानुभक्त हुन्। ... विविध वर्गका मानिसलाई मिलाउने एकताको मूलभाषा तथा संस्कृति प्रदान गरेर भानुभक्तले नेपाली मात्रको अनुपम सेवा गरे।' 'पण्डितहरूका विरोधमा जनपक्ष लिने भानुभक्त युगअनुसारका प्रगतिशील थिए।' यस्तै यस्ता असङ्ख्य उद्गारहरू, अभिव्यक्तिहरू, श्रद्धाञ्जलि र सद्भावनाहरू व्यक्त भएका छन् भानुभक्तप्रति।
==...वर्तमान नेपालमा==
पहिलोपटक [[मोतिराम भट्ट]]ले भानुभक्तलाई चिनाइदिएपछि यता आजसम्म जसले जति लेखे पनि उनै कुरा हुन्। घुमाइफिराई पुरानै कुरालाई नया रूप दिने काम भएको हो। आफ्ना पुर्खालाई डोर्यारएर आउने क्रममा क्रमशः नया पुस्ताका हातमा पुर्याकइदिनैपर्छ। यतिबेलाको लोकतान्त्रिक गणतन्त्र नेपालमा 'आधुनिक नेपालका दुई महापुरुष राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाह, भाषा निर्माता आदिकवि भानुभक्त आचार्य।' जस्ता भनाइ दोहोर्या उनु अर्घेलो हुनसक्छ तर योभन्दा राम्रो र धेरै काम नभएसम्म जनताले त्यति सजिलै बिर्सने पनि छैनन् र बिर्सनु पनि हुदैन। भानुभक्त नेपाली वाङ्मयकै विराट् पुरुष हुन्। नयाँ ढङ्गबाट उनका बारे व्याख्या र विश्लेषण भइरहेको छ। पछिल्लो जनआन्दोलनका क्रममा धेरै ठाउमा भानुभक्तका मूर्तिहरू पनि तोडिएका छन्। भानुभक्तले गर्दा हाम्रा भाषाहरूको विकास हुन नसकेको हो भनेर गुनासो पनि धेरैले गरेका छन्। त्यसकारण गणतान्त्रिक नेपालमा भानुभक्तलाई कसरी मूल्याङ्कन गर्ने भन्ने कुरा झन् विचारणीय भएको छ। <ref>डा. तुलसी भट्टराई</ref>
 
जसले जे भने पनि भानुभक्त नेपाली वाङ्मयकै विराट् पुरुष हुन्। विराट्को व्यक्तित्व र कृतित्व प्रकाश पार्न अझै विराट कामहरू हुनै छन्। नयानया ढङ्गबाट उनका बारे व्याख्या र विश्लेषण भइरहनुपर्नेछ। पछिल्लो जनआन्दोलनका क्रममा धेरै ठाउमा भानुभक्तका मूर्तिहरू पनि तोडिएका छन्। भानुभक्तले गर्दा हाम्रा भाषाहरूको विकास हुन नसकेको हो भनेर गुनासो पनि धेरैले गरेका छन्। त्यसकारण गणतान्त्रिक नेपालमा भानुभक्तलाई कसरी मूल्याङ्कन गर्ने भन्ने कुरा झन् विचारणीय भएको छ। <ref>डा. तुलसी भट्टराई</ref>
बहुभाषाभाषी हाम्रो मुलुकका जनतामा परस्पर सम्बन्ध सूत्र जोड्न आधार निर्माण गर्ने आधार व्यक्ति भानुभक्तको योगदान आजको सङ्घीय गणतन्त्रात्मक लोकतन्त्र नेपालमा उत्तिकै सान्दर्भिक छ। भानुभक्तका योगदानको स्मरणसागै सम्मान गर्ने परम्परा अगाडि बढाउदा मात्र अन्य भाषाका आदिपुरुषहरूको पनि स्मृति र सम्मान गर्ने परम्परा विकसित हुदैजानेछहुदै जानेछ
 
बहुभाषाभाषी हाम्रो मुलुकका जनतामा परस्पर सम्बन्ध सूत्र जोड्न आधार निर्माण गर्ने आधार व्यक्ति भानुभक्तको योगदान आजको सङ्घीय गणतन्त्रात्मक लोकतन्त्र नेपालमा उत्तिकै सान्दर्भिक छ। भानुभक्तका योगदानको स्मरणसागै सम्मान गर्ने परम्परा अगाडि बढाउदा मात्र अन्य भाषाका आदिपुरुषहरूको पनि स्मृति र सम्मान गर्ने परम्परा विकसित हुदैजानेछ ।
==कृति==
==कविताशं==