"बुद्ध" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५:
[[बुद्ध धर्म]]मा पूर्ण रुपमा जागृत वा निर्वाण प्राप्त गरेको व्यक्ति '''बुद्ध''' हो। यस्ता व्यक्ति लोभ (राग), द्वेष र अज्ञानता सधैंको लागि पार गरेर पूर्ण रुपमा दुःखबाट मुक्त हुन्छन। बुद्ध धर्म अनुसार यी सबै गुण भएका व्यक्तिले निर्वाण प्राप्त गरेको भनिन्छ। यी गुणहरु बुद्ध धर्म नभएको वा लोप भएको अवस्थामा कसैले आफैले प्राप्त गरेमा सो व्यक्तिलाई बुद्ध भनिन्छ। वर्तमानमा साधारण रुपले "बुद्ध" शब्दले सिद्दार्थ गौतम चिनिन्छन। ऐतिहासिक र पूरातात्त्विक रुपमा अस्तित्त्व पुष्टि भएका बुद्ध यिनी मात्रै छन। बुद्ध शब्द संस्कृत शब्द ''बुद्''बाट आएको हो जसको अर्थ "जागृत भएको" हो।
 
बुद्धको शिक्षालाई [[धर्म]] (पालिभाषामा धम्म) भनिन्छ। बुद्धको धर्म अनुसार सबै दुःख, अनुराग वा सांसारिक बन्धनबाट आउंछन। निर्वाण यी बन्धनहरुबाट मुक्त भएपछि प्राप्ति हुन्छ।
 
बुद्ध परमेश्वर हुन भन्ने र बुद्ध धर्म बारे एउटा गलत धारणा व्यापक छ। तर, बुद्ध धर्म एउटा अनिश्वरवादी धर्म हो। यो धर्म सर्वशक्तिमान इश्वरको अस्तित्त्व र ईश्वरको कृपाद्वारा मुक्ति वा सुख पाउने जस्ता कुरामा मौन छ। बुद्ध धर्ममा बुद्धलाई एक मार्गप्रदर्शक वा गुरुको रुपमा चित्रित गरिएको छ। यो धर्म अनुसार मार्ग देखाउने बुद्धको धर्म हो, मार्गको विवेचना गरेर मार्गमा हिंड्ने काम धर्ममा ईच्छा राख्ने व्यक्तिको हो। बुद्ध धर्ममा भौतिक संसारको उत्पत्ति अविद्याद्वारा भएको हो र यसबाट पार लाग्न शील, समाधि र प्रज्ञा चाहिन्छ।
 
[[त्रिपिटक]] अनुसार बुद्ध भनेको धर्म नभएको समयमा गुरु बिना चतुरादि सत्य र आर्य अष्टांगीक मार्ग पत्ता लगाएर निर्वाण हुने व्यक्ति हुन।हुन्।
 
साधारण रुपमा सिदार्थ गौतमलाई मात्र बुद्धको रुपमा लिएतापनि त्रिपिटकको [[बुद्धवंश]]मा २८ बुद्धको उल्लेख गरिएको छ। साथै, सोही भागमा भविष्यमा धर्म पतन भइसकेपछि आउने मैत्रेय बुद्धको बारेमा पनि उल्लेख गरिएको छ।
 
बुद्ध धर्ममा सबै प्राणीले निर्वाण प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ। कुनै जात, वर्ग, लिंग आदिले निर्वाण प्राप्ति गर्नबाट कोही पनि वर्जित हुंदैनन।हुंदैनन्। थेरवाद शाखाको बुद्ध धर्म अनुसार निर्वाण प्राप्त गर्न बुद्ध नै हुनुपर्दैन। बुद्धको धर्म बुझेर, पालना गरेर निर्वाण प्राप्त गर्न सकिन्छ। यस प्रकारले निर्वाण प्राप्त गर्ने व्यक्तिहरुलाई अर्हत भनिन्छ। सद्धर्मपुण्डरीकसूत्रसद्धर्मपुण्डरीक सूत्र अनुसार सबै प्राणीले भविष्यमा कुनै समयमा बुद्धत्त्व प्राप्त गर्नेछन। गर्नेछन्।
 
== बुद्धका प्रकार==
"https://ne.wikipedia.org/wiki/बुद्ध" बाट अनुप्रेषित