"अधिकमास" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ११३:
अधिकमासमा सम्झनु पर्ने एउटै कुरो हो - अधिक शुक्लपक्षमा मरेका व्यक्तिको श्राद्ध अर्को वर्ष त्यही महिनाको शुक्लपक्षमा हुन्छ भने अधिक कृष्णपक्षमा मरेका व्यक्तिको श्राद्ध अर्को वर्षको एकमहिना पछिको कृष्णपक्षको तिथि समातेर गर्नुपर्दछ । जस्तै यस पटक अधिक भाद्र शुक्ल पक्ष अर्थात् २०६९/०५/०२ गतेदेखि २०६९/०५/१५ भित्र मरेका व्यक्तिको श्राद्ध अर्को वर्ष भाद्र शुक्ल पक्षमा गर्नु पर्दछ भने अधिककृष्ण पक्ष अर्थात् २०६९/०५/१६ गतेदेखि २०६९/०५/३१ सम्म मरेका व्यक्तिको वार्षिक श्राद्ध आगामी २०७० सालको आश्विन कृष्णपक्षमा गर्नुपर्दछ।
त्यस्तै यसपाली मलमासको शुक्लपक्षमा मरेकाहरूको एकोद्दिष्ट श्राद्ध प्रत्येक वर्ष भाद्र शुक्ल पक्षमा पर्ने तिथि समातेर र मलमासको कृष्णपक्षमा मरेकाहरूको एकोद्दिष्ट श्राद्ध प्रत्येक वर्ष आश्विन कृष्ण पक्षको सम्बद्ध तिथि समातेर गर्नुपर्दछ । तर फेरि भाद्र महिनामा नै मलमास पर्न आयो भने मलमासको सम्बद्ध तिथि समातेर एकोद्दिष्ट गर्नु पर्दछ।
<ref>ज्यो. पंज्योतिषसाथी कृष्णप्रसाद कोइराला, निर्देशक, लोटसज्याेतिषसाथी ज्योतिष तथा वास्तु परामर्श केन्द्र, इटहरी -१, सुनसरी</ref>
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/अधिकमास" बाट अनुप्रेषित