"बिष्ट" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १६:
एक समयमा बिष्टहरू [[घट्ट]] ल्याउने भनी [[डोटी जिल्ला|डोटी]]तिर लागेछन् । बाटोमा जाँदा दाउरा घाँस काट्दै गरेका महिलाहरूसँग भेट भएछ । ति महिलाहरूले तिमीहरू को हौ भनि सोधिछन् । जवाफमा बिष्टहरूले तिम्रापै बिष्ट हौं भनेछन् । अनि किन आएका हौ त भनि महिलाहरूले फेरी सोध्दा जवाफमा बिष्टहरूले रातो हाली सेतो निकाल्ने खाज्न आएका हौं भनि भनेछन् । ति महिलाहरूले आफूलाई जिस्काएको ठानेछन् र त्यस पछि दुवै थरी आफ्नो आफ्नो बाटो लागेछन् । साँझ वास बस्ने क्रममा बिष्टहरू तिनै महिलाहरूको गाउँमा पुगेछन् । तिनीहरूलाई देख्दा हामीलाई जिस्काउने यिनै हुन् भनि चिनेछन् र आ-आफ्ना लोग्नेलाई भनेछन् । यि कस्ता बदमास रहेछन् को हौ भनि सोध्दा तिम्रापै बिष्ट हौं भन्छन् , किन आएका भनि सोध्दा रातो हालेर सेतो निकाल्ने खोज्न आएका भन्छन् भने पछि त्यस गाउँका पुरूषहरू र बिष्टहरू बीच ठुलो विवाद परेछ । अन्तमा गाउँलेहरूले बिष्टहरू उपर शिलगढी अदालतमा मुद्दा हालेछन् । त्यो मुद्दा अदालतमा ६ वर्षसम्म चलेको थियो । प्रतिवादमा बिष्टहरूले अदालतमा बयान दिंदै भने हामीहरू ऐडी बिष्ट हौं, तिपुरमण भन्ने ठाउँमा बस्ने हुनाले हामीलाई तिम्रापै बिष्ट भन्ने गर्दछन् । त्यस्तै रातो हाली सेतो निकाल्ने भनेको घट्ट हो जसमा रातो [[गहुँ]], [[कोदो]] हाल्दा सेतो पिठो निस्किन्छ । त्यसैले तिम्रापै बिष्ट हौं र रातो हाली सेतो निकाल्ने खोज्न हिंडेका हौं भनि अर्थ लगाए पछि अदालतले उनिहरूलाई सफाई दिएको थियो । त्यसै फैसला पछि त्यहाँका बिष्टहरूलाई तिम्रापै बिष्ट भन्ने चलन पनि बसेको हो ।<ref name= "गौतम गोत्र"/>
===ऐडी बिष्टको मुख्य संस्कृति===
बाग बिष्ट र आङ बिष्टको पालामा [[कैलपाल देवता|कैलपाल]] र सिमोडालाई कुल देवताको रुपमा पूजा गर्ने गर्दथे । अहिले पनि बाग बिष्टका सन्तानहरूले सिमोडालाई कुल देवताको रुपमा पूजा गर्ने गर्छन् भने आङ बिष्टका सन्तानहरू (पौडी वासी) ले कैलपाललाई कुल देवताको रुपमा पूजा गर्ने गरेका छन् । आङ बिष्टकै जेठा सन्तान भौंसिंले बैतडी छोडी तिपुरमण, गुराली आए पछि [[भूमीराज देवता|भूमीराज]]लाई कुल देवताको रुपमा पूजा गर्ने गरेका छन् । यसका अतिरिक्त भौसिंका नाति हरिसिंका सन्तानहरूले माता वामनीलाई कुल देवता सरह नै पूजा गर्दै आएका छन् । साथै भौसिंका सन्तानहरूले कैलपाल, सिमोडा, सिगास आदि देवीदेवताको पनि पूजा आजा गर्ने गर्दछन् । ऐडी बिष्टहरूले [[गौरा पर्व|गौरा]] पूजालाई विशेष चाडको रुपमा मनाउने गरे ता पनि [[दशैं]], [[तिहार]], [[माघे सङ्क्रान्ति|मकर सङ्क्रान्ती]] तथा वैशाखी ([[बिशुपर्व|विशु पर्व]]) जस्ता चाडपर्वहरूलाई पनि पर्वको रुपमा मनाउने गर्दछन् । <ref name= "गौतम गोत्र"/>
 
==यो पनि हेर्नुहोस्==
{{गौतम गेत्र}}
"https://ne.wikipedia.org/wiki/बिष्ट" बाट अनुप्रेषित