"उपनिषद्" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{हिन्दुधर्म}}
'''उपनिषद्''' [[हिन्दू धर्मकोधर्म]]को एक महत्त्वपूर्ण [[श्रुति]] [[धर्मग्रन्थ]] हो। यसमा [[ईश्वर|परमेश्वर]], परमात्मा-[[ब्रह्म]] तथा [[आत्म]]को स्वभाव र सम्बन्धका बारेमा [[दर्शनशास्त्र|दार्शनिक]] तथा ज्ञानपूर्वक वर्णन दिईएको छ। यसलाई [[वेद]]को आध्यात्मिक पक्षको सहायकको रूपमा मान्न सकिन्छ। उपनिषद् सम्पूर्ण [[भारतीय दर्शन]]हरू जस्तै [[वेदान्त]], [[जैन धर्म]] तथा [[बुद्ध धर्म|बौद्ध धर्म]]को मूल ग्रन्थ हो। उपनिषद्हरू १०८ वटा छन्। ती मध्ये पहिला १० वटालाई प्रमुख उपनिषद् मानिन्छन्।
== शब्द बनौट ==
''उपनिषद्'' [[संस्कृत]]का दुई शब्दहरू ''उप'' तथा ''निषद'' मिलेर बनेको हो। संस्कृतमा ''उप''को अर्थ हुन्छ ''नजीकै'' र ''निषद''को अर्थ हुन्छ ''बस्नु''। त्यसैले शाब्दिक रूपमा ''उपनिषद्''ले नजीकै बस्नु भन्ने जनाउँछ।
पङ्क्ति १८:
हरेक उपनिषद्हरू चार वेदहरू([[ऋग्वेद]], [[यजुर्वेद]], [[सामवेद]], [[अथर्ववेद]])सँग सम्बन्धित छन्। बैदिक शिक्षालयका शाखाहरूमा उपनिषद् मौखिक रूपमा सिकाउँदै आईएको थियो। सबैभन्दा लामो [[बृहदारण्यक]] उपनिषद् र सबैभन्दा पुरानो [[छान्दोग्य]] उपनिषद् हो।
 
उपनिषद् [[संस्कृत भाषामाभाषा]]मा लेखिएको छ र यसमा प्रयोग भएको भाषालाई पछिल्लो [[वैदिक सँस्कृत]] भन्ने गरिन्छ। सबैभन्दा पुराना उपनिषद्हरू पद्यको रूपमा लेखिएका छन्। ती उपनिषद्हरू सातौं देखि आठौं ई. पू.मा लेखिएको मानिन्छ। पछि गएर उपनिषद्का थुप्रै श्रृङ्खलाहरू गद्यको रूपमा लेखिएका छन् जस्तै [[ईश]], [[मान्डुक्य]], [[कठ]] आदि। ई. सं. १६५६मा भारतीय मुगल सम्राट [[शहाजहाँ]]का पुत्र [[दारा शिखो]]ले उपनिषद्लाई संस्कृतबाट [[फारसी]] भाषामा अनुवाद गर्न लगाए जसलाई फारसीमा उपनेखत भनिन्छ। ई. सं. १८०२ देखि १८०४ सम्म Abraham-Hyacinthe Anquetil Du Perronले फारसी भाषा बाट ल्याटिन भाषामा अनुवाद गरे। उक्त अनुवादमा ग्रिक, ल्याटिन, फारसी, अरबी र संस्कृतको अनौठो समिश्रण भेटिन्छ।
 
== हिन्दू धर्ममा उपनिषद्को स्थान ==
पङ्क्ति २८:
ओम् शान्ति शान्ति शान्ति यो मन्त्र, जसले आलौकिक शान्तिको निम्ता गर्दछ, उपनिषद्मा सबैभन्दा पहिले भेटिन्छ।
 
[[सुफि]] दर्शनमा उपनिषद्को निकै प्रभाव परेको हुनाले यसलाई हिन्दू तथा [[इस्लाम धर्म]]को सेतुको रूपमा पनि मान्न सकिन्छ।
 
== मुख्य उपनिषद्हरू ==
प्रचलनमा दुई सय भन्दा बढि उपनिषद्हरू भएपनि दार्शनिक आदि शंकराचार्यले एघारवटामा मात्र विश्लेशण गरेका छन्। आदि शंकराचार्यले गरेका विश्लेषणहरूनै सबैभन्दा पुराना र मौलिक मानिन्छन्। मुक्तिका उपनिषद्‌मा १०८ उपनिषद्हरूको उल्लेख गरिएको छ।
 
उपनिषद् [[हिन्दू धर्मकोधर्म]]को आध्यात्मिक तथा दार्शनिक पक्षको आधार स्तमभ पनि मान्न सकिन्छ। पुराना उपनिषद्हरू मध्ये [[ऐतरेय]] र [[कौषीतकि]] ऋग्वेद सँग सम्बन्धित छन् भने [[केन]] तथा [[छान्दोग्य उपनिषद्]] [[सामवेद]] सँग सम्बन्धित छन्। त्यस्तै [[ईश]], [[तैत्तिरीय]] र [[बृहदारण्यक उपनिषद्]] [[यजुर्वेद]] सँग अनि [[प्रश्न]] र [[मुण्डक]] [[अथर्ववेद]] सँग सम्बन्धित छन्। यसका साथै [[मुण्डक]], [[कठ]] महत्वपूर्ण उपनिषद्हरू मध्ये पर्दछन्।
 
* [[उपनिषद् सूची]]
"https://ne.wikipedia.org/wiki/उपनिषद्" बाट अनुप्रेषित