"कोशी टप्पु वन्यजन्तु आरक्ष" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४५:
 
== वनस्पति तथा वन्यजन्तुहरू ==
कोशी टप्पु वन्य जन्तु आरक्षण मुख्यत: घाँसे मैदानले भरिएको छ। साथै यहाँ खयर, साल तथा सिसौ लगायतका वनस्पतिहरू पाइन्छन्। मुख्यत: लोपोन्मुख अवस्थामा रहेका [[अर्ना]] (जंगली भैँसी)हरू पाईने यो आरक्षमा अन्य २० प्रकारका साना ठूला जनावरहरू जस्तै: [[हरिण]], [[रतुवा]], [[निलगाई|नीलगाई]], [[बँदेल]], [[बाँदर]], [[अजिङ्गर|अजिंगर]] आदि जनावरहरू पाइन्छन्।
 
विश्वमा नै दुर्लभ मानिएका चराचुरुगीहरू सहित ४४१ प्रजातिका चराचुरुंगीहरू पाइने यस आरक्षणमा हाँस प्रजातिका २० वटा, जलचरा प्रजातिका ११४ वटा लगायतका पंक्षीहरू पाइन्छन्। जस मध्य लोसार ठूलो धनेश, स्वाम्प प्याराडाइज(swamp partridge), फिसिङ इगल, टफटेड सोभलरडक ब्रेस्टेट, ब्रान्डेट रेल किङ फिसर आदि संसारमा नै दुर्लभ चराहरू अन्तर्गत पर्छन। साथै जाडो मौसममा [[रुस|रूस]]को साईवेरिया, [[मङ्गोलिया|मंगोलिया]], [[जनबादी गणतन्त्र चीन|चीन]], [[तिब्बत]], [[काजकस्तान]], [[अफगानिस्तान]], [[स्पेन]], [[इरान]]बाट पनि चराहरू बसाइ सरेर आउने गरेको पाइन्छ। यस आरक्षमा अवस्थित कोशी नदीमा ८० प्रजातिका माछाहरू लगायत साथै दुर्लभ घडियाल गोहि तथा ग्यांगेटिक डल्फिन (Gangetic dolphin) पनि पाइन्छन्।