"फेरेन्स पुस्काज" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ५६:
| managerclubs13 = [[Hungary national football team]]
}}
फेरेन्स पुस्काज (२ अप्रिल १९२७ – १७ नोभेम्बर २००६) हङ्गेरीयन फुटबलर र प्रबन्धक थिए जसलाई विश्वकै उत्कृष्ट फुटबलरको रूपमा चिनिन्छ । उनको गगनचुम्बी लोकप्रियता उनको सुन्दर खेलको परिणाम हो । उनले अन्तराष्ट्रिय खेलहरूमा हङ्गेरीको प्रतिनिधित्व गर्दै ८५ खेलमा ८४ गोल ठोकेका थिए भने क्लब स्तरमा कुल ५२९ खेलमा ५१४ गोल । उमेरमा ७९ वसन्त पार गरेर उनको निधन भयो । उनी १९५२ मा [[ओलम्पिक खेल|ओलम्पिक]] फुटबल विजेता बने भने राष्ट्रिय टोलीलाई [[१९५४ फिफा विश्वकप]]को फाइनलसम्म डोहोर्याएका थिए जहाँ उनी प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी बनेका थिए । उनले तीन [[यूरोपियन कप]] (१९५९, १९६०, १९६६), १० राष्ट्रिय च्याम्पियनशीप (५ हङ्गेरीयन र ५ स्पेनी प्रिमेरा डिभिजन) र ८ उच्च गोलकर्ता सम्मान जितेका थिए । पुस्काजले हङ्गेरीमा [[किस्पेस्ट]] र [[बुडापेस्ट हन्भेड]] बाट खेल जीवन सुरू गरेका थिए । हङ्गेरीयन लिगमा विभिन्न चार अवसरमा उच्च गोलकर्ता बनेका पुस्काज बर्ष १९४८ मा यूरोपकै उच्च गोलकर्ता बनेका थिए । १९५० को दशकमा उनी राष्ट्रिय टोलीका कप्तान थिए भने उनले प्रतिनिधित्व गरेको टोलीलाई [[माइटी मग्यार्स]] भनिन्थ्यो ।
 
हङ्गेरीयन क्रान्तिको दुई बर्षपछि सन् १९५८ मा उनी स्वदेशत्याग गरी स्पेन बसाईँ सरे, जहाँ उनले [[रियल म्याड्रिड]]का लागि खेले । रियलमा रहँदा दुई यूरोपियन च्याम्पियन्स कप फाइनलमा सात गोल गरेका पुस्काजले चार पिचिचिस ट्रफि जितेका थिए । १९९५ मा, उनलाई आइ.एफ.एफ.एच.एस. ले बिसौँ सताब्दीको उच्च गोलकर्ता घोषणा गर्यो । खेल जीवनबाट अस्ताएपछि उनले प्रबन्धकीय जीवनलाई अगाडी बढाए । १९७१ मा उनले प्रबन्धकीय क्षेत्रमा [[पानाथिनाइकस]]लाई यूरोपियन कपको फाइनलमा पुर्याएर एउटा किर्तिमानी कोसेढुङ्गा पार गरेका थिए तर फाइनलमा डच क्लब [[एज्याक्स]]को हातबाट भएको पराजयले उनलाई इतिहास कोर्नबाट पाखा लगायो । यद्यपी उनी प्रबन्धकको रूपमा यूरोप मै जाज्वल्यमान बने । १९५६ मा उनले राष्ट्रका लागि गरेको कर्तव्यच्युतिका वावजुत हङ्गेरी सरकारले उनलाई १९९३ मा स्वदेश फर्कने पुर्ण इजाजत दिँदै राष्ट्रिय फुटबल टोलीको प्रबन्धक पदभार सम्हाल्ने अवसर समेत प्रदान गर्यो । १९९८ मा उनी प्रथम फिफा/एसओएस च्यारिटी एम्बासेडर बने । २००२ मा [[बुडापेस्ट]]मा रहेको रङ्गशाला (जसको नाम नेप्सटाडियन थियो) को नाम परिवर्तन गरेर [[पुस्काज फेरेन्स स्टेडियन]] राखियो जुन उनीप्रतिको सम्मान थियो । उनलाई हङ्गेरियन फुटबल संघले नोभेम्बर २००३ मा यूइएफए जुबिलि अवार्डको अवसरमा पछिल्ला ५० बर्षकै उत्कृष्ट हङ्गेरियन फुटबलर घोषणा गर्यो । उनको मरणोपरान्त २००९ मा फिफाले उनको सम्मानमा [[फिफा पुस्काज पुरस्कार]]को सुरूवात गर्यो जुन पुरस्कार क्यालेन्डर बर्षको सुन्दर गोल गर्ने एक खेलाडीलाई दिइन्छ ।