"स्वच्छन्दतावाद" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९:
स्वच्छदतावादमा जर्मन अात्मवादि तथा भाववादी दर्शनकाे गहिरा प्रभाव परेकाे देखिन्छ । यस दर्शनका प्रवर्तक हिगेल र सिलर मानिन्छन् । हिगेलका अनुसार साहित्य सिर्जनाकाे प्रक्रिया जडबाट चेतनतिरकाे यात्रा हाे र चेतन वा बुद्धि अमूर्त, सार्वभाैम, विशुद्ध र परम चैतन्यमय हुन्छ । हेगेलले स्वछन्दतालार्इ भाैतिकवादमाथि अात्मवादकाे विजय मानेका छन् ।
 
स्वच्छन्दतावादमा फ्रान्सेली क्रान्ति (१७८९)काे पनि उत्तिकै गहिराे प्रभाव परेकाे छ । ज्याँ ज्याक रुसाेका विचारधाराले एकातिर क्रान्तिका लागि सहयाेगी वातावरण तयार पार्न सक्रिय भूमिका निर्वाह गरेकाे पाइन्छ भने अर्कातिर स्वच्छन्दतावादी सर्जकहरूलार्इ बाैद्धिक, सैद्धान्तिक र भावनात्मक रूपमा प्रभाव पारेकाे देखिन्छ । अमेरिका र बेलायतमा यसकाे विकास तीव्र रूपमा भएकाे छ । बेलायतमा स्वच्छन्दतावादी कविहरूकाे दुर्इ पुस्ताले यस विचार धाराकाे संवर्द्धन गरेकाे देखिन्छ । पहिलाे पुसताका [[विलियम ब्लेक]], विलियम वर्डस्वर्थ, कलरिज, समालाेचक चार्ल्स ल्याम्ब उपन्यासकार जन अस्टिन, सर वाल्टरस्कट अादि र दाेस्राे पुस्ताका लर्ड वाइरन, जर्ज गर्डन, सेली जाेन किट्स तथा गद्य लेखक विलियम ह्याज्लिट अादिकाे महत्त्वपूर्ण भूमिका रहेकाे छ ।
 
== विकासका चरणहरू ==
पङ्क्ति ३४:
नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराकाे प्रवेश वि.सं.१९९१ मा भएकाे हाे । परिष्कारवादकाे विपरित रूपमा अाएकाे याे प्रवृत्ति नेपाली साहित्यमा निकै झाङ्गिदै २०१६ सम्म कायम रहेकाे देखिन्छ । यसकाे प्रथम प्रयाेग नेपाली कविताबाट भएकाे पाइन्छ । यसका प्रथम प्रयाेक्ता लक्ष्मीप्रसाद देवकाेटा हुन्, त्यसैले उनलार्इ नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराकाे प्रवर्तक मानिन्छ ।
 
यस प्रवृत्तिलार्इ अँगाली महाकाव्य, खण्डकाव्य, प्रगीतात्मक संरचनायुक्त काव्यकृतिहरू सिर्जना गर्नेहरूमा लक्ष्मीप्रसाद देवकाेटा, [[सिद्धिचरण श्रेष्ठ]], [[युद्धप्रसाद मिश्र]], [[गाेपालप्रसाद रिमाल]], [[केदारमान व्यथित]], [[हरिभक्त कटुवाल]], अमरसिंह गिरी अादी कविहरू महत्त्वपूर्ण मानिन्छन् ।
 
साहित्यकाे गद्य विधातर्फ विशेष गरी अाख्यानमा स्वच्छन्दतावादले स्थान पाएकाे देखिन्छ । रूपनारायण सिंहकाे भ्रमर उपन्यास (१९९३) काे प्रकाशन पछि स्वच्छन्दतावाद एउटा मुख्य धाराका रूपमा देखा परेकाे हाे । यस प्रवृत्तिलार्इ अागाली उपन्यास तथा कथा लेख्ने अन्य लेखकहरूमा अच्छा रार्इ रसिक, शिवकुमार रार्इ, कृष्णसिंह माेक्तान, रवीन्द्र माेक्तान, [[भवानी भिक्षु]] अादि प्रमुख रूपमा रहेका खेखिन्छन् ।
 
परिष्कारवादी नियमकाे कठाेर बन्धनलार्इ पन्छाएर अघि बढेकाे स्वच्छन्दतावादी अवधिलार्इ नेपाली साहित्यकाे स्वर्णयुग मानिन्छ ।