"किराँत काल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
{{नेपालको इतिहास}}
नेपालको प्राचीन तथा ऐतिहासिक र राजनैतिक सुरुवात हेर्दा प्रमाणिक रूपमा किराँत कालबाट नै सुरु भएको हो भन्ने कुरा इतिहासले नै प्रमाणित गरेको छ। हुनत किराँत कालभन्दा अगाडि पनि यो मुलुकमा गोपाल, महिषपाल जस्ता अन्य जातिहरूको राज्य थियो भन्ने अपुष्ट इतिहासहरू पनि पाइन्छ तर प्रष्ट प्रमाणको अभावमा किराँत काल सुरु हुनुभन्दा अगाडिको समयलाई प्रामाणिक इतिहासको रूपमा लिइँदैन। यसर्थ आजसम्म नेपालको प्रामाणिक प्राचीन इतिहासको सुरुवात किराँत कालबाटै सुरु भएको हो भन्ने कुराको ऐतिहासिक मान्यता स्थापित भइसकेका छन्। यस कालका किराँती राजा यलम्बरलाई नै प्रथम किराँती राजाको रूपमा सबैजसो इतिहासकारहरूले मानेका छन्।[[काठमाडौं]] उपत्यकामा पाइएका नि‍योलि‍थि‍क उपकरणहरूबाट यो थाहा पाइन्‍छ कि‍ नेपालमा मानि‍सको बसोबास कम्‍ति‍मा पनि‍ ९ हजार वर्ष पहि‍लादेखि‍ हुँदै आएको छ| यसले देखाएको छ कि मानिसहरू जुन शायद [[किराँत जाति|किराँत]] जातिका थिए लगभग २५०० वर्ष अगाडी यहाँ बसोबास गर्दथे। किराँती जंगली र पहाडीहरूको एक जनजाति हो, जुन मध्य एशिया, भारत र हिमालयबाट आएर बस्न थाले।
नेपालमा २७ देखि ३२ किराँत राजाहरुले करिब ८०० बर्ष शासन गरे भन्ने कुरा विभिन्न ऐतिहासिक स्रोतहरुमा उल्लेख गरियेको छ ।
 
==सन्दर्भ सूची==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/किराँत_काल" बाट अनुप्रेषित