"कागती वर्ग" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३७:
 
कागती भिटामिन सी को महत्वपूर्ण स्रोत हो । सबै कागतीहरु सर्वगुणकारी हुने भएपनि कागजी कागतीलाई सबैभन्दा राम्रो मानिन्छ । यस्को औषधीयगुण निम्ननुसार छन् :-
*१. कपाल झरेमा, कपाल सेतो भएमा, कपालमा चाया तथा जुम्रा परेमा कागतीको रसमा अमलाको धुलो मिलाएर कपाल धुनाले फाइदा हुन्छ ।
*२. भात पकाउँदा कागतीको रस केही थोपा हाल्नाले चामल एक अर्कामा जोडिंदैन तथा चमकिलो भएर पाक्ने गर्दछ ।
*३. डण्डिफोर हटाउँनकोलागि कागतीको रसमा मलाई मिलाएर एक महिना सम्म अनुहारमा लागाएमा डण्डिफोर हट्ने तथा अनुहार चम्किलो हुन्छ ।
*४. कागतीको रसमा मरिच धनिया तथा भुटेको जिरा मिलाएर सेवन गरेमा पेटको विकार हट्दछ ।
*५. शरीरको कुनै भागमा चिलाएमा नरिवलको तेलमा कागतीको रस मिलाएर लगाउनाले चिलाउँदैन ।
*६. तरकारी दाल सलाद आदिमा कागतीको मिलाउनाले स्वाद बढ्ने गर्दछ ।
*७. कागतीको नियमित सेबनबाट शरीरको तौल नियन्त्रण चमत्कारिक ढंगले हुने गर्दछ । शरीरको मोटापा घटाउन कागती र मह मिलाएको पानी नियमित रुपमा महिनाभर लिनाले फरक देखिन थाल्दछ ।
*८. कागतीमा भिटामिन सी भरपुर मात्रामा रहने भएकाले यस्को सेवनबाट शरीरको मैटाबॉलिज्म बढ्न जने तथा वजन घट्ने हुन्छ । दैनिक खाली पेटमा तातोपनी कागती र मह मिलाएर खानाले बजन घट्दछ ।
कागती सबै मौसममा पाइने अत्यधिक फाइदादिने फल हो । यस्ले खानामा मात्र स्वाद बढाउँने नभै यस्मा औषधीय तथा सौन्दर्यबर्ध गुण समेत रहने गर्दछ । यस्मा भिटामिन सी को पर्याप्त स्रोत पाइन्छ ।
सौन्दर्य निखारकोलागिः
*१. नरिवलको तेलमा कागतीको रस मिलाएर रातमा हल्का हातले लगाउने तथा विहान कपाल धुने गर्नाले कपालको "खुश्की" हट्दछ ।
*२. कपाल धुने समयमा कागतीको केही थोपा पानीमा हालेर सो पानीबाट कपाल धुने गरेमा कपाल मुलायम हुने कपाल झर्न कम हुने तथा खुश्की या चाया समेत कम हुन्छ ।
*३. नरिवलको तेलमा कागतीको रस तथा कपुर लगाएर मालिस गर्नाले कपालमा हुने रोग रहन्न ।
*४. विहान नुहाउनु भन्दा अगाडी कागतीको बोक्रा मुखमा लगाएर विस्तार विस्तार २-३ मिनेट मोलेर धुने लगातार १०-१५ दिनसम्म गर्नाले मुख सफा हुने गर्दछ । यो बजारमा पाइने कुनै पनि प्रकारको ब्लिचिङ्ग क्रिम या ब्युटीपार्लरको ब्लिचभन्दा कम हुन्न ।
*५. कागतीको रस र गुलावजल समान मात्रामा मिलाएर अनुहारमा लगाउँनाले केही दिनमै अनुहार बेदाग तथा छाला नरम र स्वच्छ हुन्छ ।
*६. कागतीको रस र तुलसीको पातको रस समान मात्रामा मिलाएर कुनै काँचको भाँडामा राखेर दिनमा कमसेकम दुईपटक अनुहारमा लगाउँनाले यसमा रहने मैलो तथा अन्य प्रकारको निशाना समेत मेटिने गर्दछ ।
*७. अनुहार जलेमा या अनुहारमा कालो दाग परेमा टमाटरको गुदीमा कागतीको रसको मिलाएर विहान वेलुका लगउने तथा केही समयपछी धुनाले फाइदा गर्दछ ।
औषधीको रुपमा कागतीः
*१. बदहजमी भएमा कागती काटेर चपाउँनाले या सानो टुक्रा काटेर कालो नुनको साथमा चुस्नाले फाइदा गर्दछ ।
*२. जस्लाई भोक कम लाग्दछ तथा पेट दुखने सिकायत रहन्छ कागतीको टुक्रामा कालो या सिधेनुन लगाएर उस्लाई तावामा तताएर चुस्नाले पेट दुखनमा आराम हुन्छ तथा भोकपनि खुलेर लाग्दछ ।
*३. यदि चक्कर आइरहेको छ या उल्टी भै रहेको छ भने कागतीको एक टुक्रामा कालो नुन मरिच हालेर खानाले चक्कर आउँन छोड्दछ । बमन रोकिन्छ ।
*४. एक ग्लास पानिमा एउटा कागतीको रस निचोरेर त्यसमा चिनी पिंधेर पिउनाले हैजा रोकिन्छ ।
 
"https://ne.wikipedia.org/wiki/कागती_वर्ग" बाट अनुप्रेषित