"भुईँचालो" का संशोधनहरू बिचको अन्तर

सा
/* यी पनि हेर्नुहोस्
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा (/* यी पनि हेर्नुहोस्)
* '''भूकम्प गएको ऋतु''' : वर्षातमा भूकम्प गएमा जमीनको तरलीकरण व्यापक हुनसक्छ। त्यसैगरी पहिरो पनि धेरै जान सक्छ।
 
==भुकम्प पछी ध्यान दिनु पर्ने==
* अहिले पनि हामी भूकम्पको साना धक्काहरू महसूस गरिरहका छौ तर ती त्यति ठूलो भने छैनन् । केही समयसम्म यस्ता साना भूकम्पका धक्काहरू आइरहन सक्ने हुनाले हामी बच्नको लागि तयार भइरहनुपर्छ ।
* यदि तपाइँ घरभित्र हुनुहुन्छ भने भित्रै बस्नुहोस् । सजिलै फुट्न सक्ने र चोट लाग्न सक्ने चीज, सिसा, धारिला हतियारदेखि टाढा रहनुहोस् । भुकम्पबाट बच्नका लागि घुँडा टेकी ,गुडुल्की मार्नुहोस् । टेबुलमुनि वा अन्य बचाउ गर्नसक्ने फर्निचरमुनि जानुहोस् र कम्पन नरोकिएसम्म यथास्थानमा रहनुहोस । कम्पन रोकिएपछि मात्र बाहिर खुला ठाउँमा निस्कनुहोस् पर्खाल तथा ठूूला भवनहरूबाट पनि बच्ने प्रयास गर्नुहोस् ।
* यदि घरबाहिर हुनुहन्छ भने बाहिरै बस्नुहोस् । पर्खाल ,सिसा,बोर्ड जस्ता भाँचिएर भत्केर चोट लाग्न सक्ने चीजहरूबाट टाढा रहनुहोस् । घुडा टेकेर बसी सुरक्षित रहनुहोस् ।
* भुकम्प पछि सञ्चारमा अवरोध तथा लाइन व्यस्त हुनसक्ने भएकाले फोन गर्ने प्रयास गर्नुृभन्दा लिखित सन्देसहरु पठाएर सुचना लिने प्रयास गर्नुहोस् ।
* पहाडी ,हिमाली तथा अग्लो ठाउँमा हुनुहुन्छ भने पहिरो तथा चट्टान खस्ने सम्भावना हुने भएकोले त्यस्तो ठाउँमा नबस्नुहोस् । भूकम्पका कारणले नदी नालाहरुमा बाढी जान सक्ने भएकाले नदी नालाहरूको नजिक नबस्नुहोस्। भूकम्पका पराकम्पहरुले पहिरो जान सक्ने हुनाले भिरको कापमा बसी सुरक्षित रहनुहोस् ।
* कम्पन रोकिएकछि इटाका पर्खाल, भवनहरूबाट पर बस्नुहोस् । भत्किएका संरचना भित्र नपस्नुहोस् । भूकम्पका पराकम्पहरुले पनि थप क्षति निम्तयाउन सक्छन् र चोटपटक लाग्न सक्छ ।
* आफुसँग सधै सिठठी राख्नुहोस् । यदि तपाइँ भित्र फस्नुभयो तथा घाइते हुनुभयो भने बाहिर भएकाहरूको ध्यान तान्नकालागि सिठ्ठी बजाउनुहोस् ।
* यदि तपाइँ भित्र हुनुहुनछ भने नआत्तिनुहोस् आफुसँग भएको सिठ्ठीको प्रयोग गर्नुहोस् । सिठ्ठीको प्रयोग गर्नाले तपाइँको शक्ति बचाउन तथा तपाइँलाई सास फेर्न सजिलो गराउँछ । यदि तपाइँसँग सिठ्ठी छैन भने कुनै कडा सतहमा बेस्सरी हिर्काउनुहोस् ।
* सरसफाइको कमी वा दूूषित पानी र खानेकुराको सङ्क्रमणका कारणहरूले गर्दा झाडापखाला र हैजा जस्ता रोगहरू लाग्न सक्छ । झाडापखाला लाग्ने किटाणु दिसामा पाइन्छन् र त्यही खाना खाँदा मानिस बिरामी पर्छ । झाडापखाला लागेमा तारन्तर पातलो दिसा हुने, बान्ता हुने, पेट कटक्क काट्ने, ज्वरो आउने शरीरमा पानीको मात्रा कम हुने जस्ता लक्षणहरु देखिन्छन् । झाडापखाला ज्यादै कडा भएमा दिसामा रगत देखिन्छ ।
* निम्न लक्षणहरु देखा परेमा तुरुन्त नजीकको स्वास्थ्य संस्था, डाक्टर वा क्लिनिमा सम्पर्क राख्नुहोस्ः
** कडा झाडापखाला लागेमाः १ घण्टाभित्रमा तारन्तार पातलो दिसा भएमा, दिसामा रगत देखिएमा, बिरामीको आँखा गडेमा, तिर्खा लाग्ने तर पानी पिउन नसक्ने भएमा, पेटको छाला तानेर छोड्दा बिस्तारै फर्कने, शिशु सुस्त भएमा वा मूूर्छा परेमा, तारन्तार बान्ता भइरहेमा, ज्वरो आएमा
** शिशुलाई २४ घण्टासम्म दिनको ३ पटक भन्दा बढी दिसा लागेमा
** ठूूला मानिसहरुलाई ३ दिनसम्म ३ पटक भन्दा बढी दिसा लागेमा
* झाडापखाला लागेका शिशुलाई खाना ख्वाइरहनुपर्छ । बिरामी हुँदा भएको कमजोरीबाट तङ्गरिनकोे लागि र कम हुन गएको पोषणको भरपाइ गर्नका लागि बालबालिकालाई अरु बेला भन्दा बढी खाना र झोल पदार्थ दिनुहोस् । बालबालिकालाई झाडापखाला लागेमा अरु बेला भन्दा बढी आमाको दूध ख्वाइरहनुपर्छ । शिशुलाई साविकभन्दा बढी पटक स्तनपान गराउनुपर्छ ।
* जथाभावी खुला ठाउँमा दिसापिसाब गर्नुहुँदैन । चर्पीमा मात्र दिशा पिसाब गर्नुहोस् । दिसा गरेपछि साबुुन पानीले राम्ररी हात धुनुहोस् । यसो गर्दा आफूू र अरुलाई पनि रोग लाग्न र सार्न बाट बचाउन सकिन्छ।
* यदि चर्पी उपलव्ध नभएमा तोकिएको ठाउँमा खाडल खनेर दिसापिसाबलाई खाडलमा पुरिदिनुपर्छ । यस्तो खाडल घर र पानीको स्रोतबाट टाढा हुनुपर्छ शिशु/बालबालिकाको दिसा पिसाबलाई पनि चर्पीमा हाल्नुहोस् वा खाडल खनेर त्यसमा हाली माटोले पुरिदिनुहोस्। चर्पी संधै सफा राख्नुहोस्।
* रोेगबाट बच्नको लागि शुद्धिकरण गरेको पानी मात्र पिउनुहोस् । पानीलाई उमालेर वा फिल्टर गरेर वा पियुष, आक्वा ट्याब वा अन्य पानी शुद्धिकरण गर्ने कुराहरू हालेर शुद्धिकरण गर्न सकिन्छ । क्लोरिन ट्याबलेट पानीमा घोलेर मात्र प्रयोग गर्नुपर्छ र पानीमा हालेको ३० मिनेटपछि मात्र पानी पिउनुूपर्छ । क्लोरिन ट्याबलेट यत्तिकै निल्नुहुदैन, यसो गरेमा स्वास्थ्यको लागि अत्यन्त हानिकारक हुन सक्छ । आक्वा ट्याब नभएमा पानी एक भुल्कासम्म उमालेर पिउनुहोस जसले गर्दा हानिकारक जिवाणुहरु नाश हुन्छन्
* रोग लाग्नबाट बच्न, दिसापिसाब गरेपछि, बच्चाको दिसा सफा गरेपछि, फोहर कुरा छोएपछि, खाना खानु र खुवाउनुअघि, छोएपछि साबुनपानीले राम्रोसँग हात धुनुपर्छ
* नवजात शिशु बालबालिका र बुढाबुढीलाई छिटो छिटो श्वासश्वास फेर्ने, कोखा हान्ने, धेरै ज्वरो आउन,खोकी लागिरहने जस्ता लक्षणहरू देखापरेमा, तुरुन्त नजीकको स्वास्थ्यकर्मी÷स्वास्थ्य संस्था/अस्पतालमा सम्पर्क राख्नुहोस र उनीहरूको सल्लाह अनुसार उपचार गराउनुहोस्
* गर्भवती महिलाहरूलाई, योनिबाट अलिकति पनि रगत बग्ने, ८ घण्टाभन्दा बढी प्रसव व्यथा लागेमा, धेरै ज्वरो आएमा, आँखा तिर्मिराउने भएमा, टाउको दुखेमा वा मूर्छा परेमा उनीलाई तुरुन्त स्वास्थ्य संस्था/अस्पताल लग्नुहोस् ।
* सुत्केरी महिलाहरूलाई योनिबाट धेरै रगत बगेमा, धेरै ज्वरो आएमा,आँखा तिर्मिराउने भएमा, मूर्छा पर्ने जस्ता खतराका लक्षणहरू देखिएमा तुरुन्त स्वास्थ्य संस्था/अस्पतालमा सम्पर्क गर्नुहोस् ।
* नवजात शिशुहरूको विशेष हेरचाह गर्नुपर्छ ।
**क. बच्चा जन्मिएको २४ घण्टापछि मात्र नुहाइदिने।
**ख. बच्चालाई न्यानो पारी आमासँगै टाँसेर राख्ने।
**ग.बच्चा जन्मिएको एक घण्टाभित्रमै आमाको दूूध खुवाउने र ६ महिनासम्म आमाको दूूध बाहेक अन्य कुनै थप खाना नदिने।
**घ.शिशुको नाभीमा क्लोराहेक्साडिन बाहेक कृही पनि नलगाउनुने ।यदि क्लोराहेक्साडिन नभए नाभी सुख्खा पारी राख्नुे ।
* बालबालिकालाई र किशोरकिशोरीहरुलाई एक्लै शिविर वा क्याम्पमा नछोड्ने र सधैं समूहमा राख्ने।
* भत्किएका घर तथा संरचना नजिक शिविर तथा क्याम्प नबनाउनुहोस् ।
* रोग लाग्नबाट बच्नको लागि बासी र सडेगलेका खानेकुराहरू नखानुहोस् ।
* फोहरलाई तोकिएको ठाउँमा वा फोहर फाल्ने भाँडोमा मात्र फाल्ने गर्नुहोस् ।
* बारम्बार पातलो दिसा हुने, बान्ता हुने,पेट कटक्क काट्ने, ज्वरो आउने, शरीरमा पानीको मात्रा कम हुने आदि भएमा प्रशस्त झोलिलो खानेकुराहरू तथा पुर्नःजलीय झोल पिउनुहोस । नजीकको स्वास्थ्यकर्मीको सल्लाहअनुसार जिङ्क चक्की खानुहोस् ।
* दादुरा अत्यन्त छिटो सर्ने रोग हो र दादुराको खोप नलगाएका बालबाकिामा दादुरा चाँडै फैलन सक्ने सम्भावना हुन्छ । बालबालिकाहरूलाई दादुरा/रुबेला खोप अभियानमा खोप लगाउनुहोस् । यदि बालबालिकाहरूको शरीरमा बिमिराहरू देखिएमा तथा ज्वरो आएमा तुरुन्त स्वास्थ्यकर्मीसँग सम्पर्क राख्नुहोस् र बिरामीलाई सकेसम्म अरु बालबालिकाको नजिकमा नराख्नुहोस् ।नत्र दादुराको प्रकोप हुनसक्छ।
* भूूकम्पपछि बालबालिका, किशोर किशोरी तथा परिवारका अन्य सदस्यहरूलाई, घटनाको बारम्बार झझल्को आइरहने, अत्याधिक तर्सिरहने, रिसाइ रहने, झर्को लाग्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने वा निन्द्रामा तर्सिने, चिन्ता लागिरहने, बोलचाल नगरी चूूप लागेर बसिरहने जस्ता लक्षणहरु देखापरेमा उनीहरुको कुरा सुनिदिने, उनीहरूसँग कुरा गनुपर्र्छ, ढाडस दिनुपर्छ,बालबालिकालाई खेल्न र अरुसँग घुलमिल हुनदिनुपर्छ।
* धेरै मानिसहरुलाई छोटो समयमै आश्रय दिनकालािग पाल प्रभावकारी हुने भएकोले अहिले पालहरुको वितरण भैरहेको छ । यो उत्पादन गर्न ,किन्न ,ढुवानी गर्न तथा वितरण गर्न सजिलो हुन्छ ।
* शिविरमा भएका पालहरुलाई आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ जस्तै भुँइमा ओच्छाउन, खाना तथा इन्धन ढाक्न,छायाँ बनाउनका लागि,शिविरलाई मर्मत सम्भार गर्नका लागि आदि ।
* क्याम्प तथा शिविर बनाउँदा ध्यानदिनुपर्ने कुराहरु:
**१.भत्किएका घर तथा संरचनानजिक शिविर तथा क्याम्प नबनाउनुहोस् । प्राकृतिक दुर्घटना हुनसक्ने सम्भावनाहरुबाट बच्ने प्रयास गर्नुहोस् । भिरालो जमिनमूनि,चट्टानमुनि तथा बाढी पहिरो आउनसक्ने स्थान नजिक क्याम्प नबनाउनुहोस् ।
**२.हावा तथा पानीले असर गर्नसक्ने स्थानमा पनि क्याम्प नबनाउनुहोस् । वर्षातकारणले बाढी आउनसक्ने सम्भावनाप्रति सचेत रहनुहोस्,बसेको ठाउँ वरिपरि कुलेसो बनाउनुहोस् ।सकिन्छ भने बसेको ठाउँलाई पानीले असर नगर्न सक्ने गरी निर्माण गर्नुृहोस् । पानी तर्काउनकालागि त्रिपाललाई कसिलो गरी बाध्नुहोस् तथा भिरालो आकारमा निर्माण गर्नुहोस् ।
**३.पालको ढोकालाई हावा तथा पानीले असर गर्न नसक्ने निश्चित गरी निर्माण गर्नुहोस् ।
**४.त्रिपाल ठोक्दा त्यसमा प्वाल नपरोस् भन्नका लागि वासर प्रयोग गर्नुहोस् जस्ले गर्दा पाल च्यातिने तथा प्वाल पर्ने र चुिहने कम सम्भावना हुन्छ ।
* अपरिचित मानिसहरुको यत्तिकै दाह संस्कार नगर्नु होेस् । उनीहरुको परिवारलाई बुझाइदिनुहोस् ।परिवारका सदस्यहरुलाई आफ्नो परिवारको सदस्यको मृत्यु भएको कुरा थाहा पाउने र रीतिरिवाज अनुसार दाह संस्कार गर्ने अधिकार हुनुपर्छ।
* मृत शरीरले रोग लाग्ने वा फैलने हुँदैन । त्यसकारण मृत्यू भएकाहरुसँग डराउनुपर्दैन।
* अस्थायी संरचना जस्तैः अस्थायी घर, अस्पताल, बाटो आदि बनाउँने ठाउँ छान्दा पहिरो जाने, पहिरो गई पानीको बाँध पुरिन सक्ने, खोलामा वर्षात्मा पानी बढ्न सक्ने, पहिरो गई त्यसका अवशेष थिग्रिन सक्ने सम्भावनालाई ध्यानमा राख्नुपर्छ ।
* उपत्यकामा सबैभन्दा चौडा ठाउँमा भएको भौतिक संरचना पत्ता लगाउनुपर्छ।
* ठूूला चट्टानको थुप्रो वा पहिरो गएको संकेत दिने ठाउँमा नबस्ने ।
* सीक्रय खोलाको खोल्सा देखि कम्तीमा १० मिटर माथि बस्नुपर्छ ।
* डाडो भिरबाठ टाढा बस्ने । आकाश र बस्ने ठाउँको बीचको कोण सम्भव भएसम्म २० डिग्री भन्दा कम गर्ने । तर यो भेरै उपत्यकामा व्यवहारिक नहुन सक्छ ।
* बाटो खन्दा उकालो ओरालो कम गर्ने ।
* कृपया तपाईहरुले आ–आफनो सरकारी कागजातहरु जस्तैः नागरीकता, मतदाता परिचय पत्र , चालक अनुमति पत्र, जग्गाधनी प्रमाणपत्र, जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, राहदानी , आदि महत्वपूर्ण कागजातहरु संकलन गर्नृहोला । यदि यी सबै कागजातहरु तपाईसँग सरक्षित छैनन् भने तपाईहरुले उक्त कागजातका प्रतिलिपि गाविस, नगरपालिका, अथवा सि डि ओ कार्यालय, निर्वाचन कार्यालय, मालपोत, बैक, क्याम्पस, विश्वविध्यालय, तपाइको रोजगारदाता वा अन्य सरकारी कार्यालयबाट लिन सक्नहुनेछ । यी कागजातहरु भूकम्पबाट प्रभावितहरुले सरकारी सविधा लिनको लागि आवश्यक हुन्छ ।<ref name="">Reference: Humanitarian Response UN </ref>
Content managed by Ncell Pvt Ltd
==यी पनि हेर्नुहोस्==
* [[विसं २०७२ को महाभूकम्प|नेपालको २०७२को भूकम्प]]
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/467157" बाट अनुप्रेषित