"मन्त्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
==परिचय==
मन्त्रको आफैमा पूर्ण तथा स्वतन्त्र सत्ता छ । जीवनका पार्थिव अपार्थिव, चेतन अचेतन, निष्क्रिय तथा सक्रिय जिवनमा मंत्रको सर्वोपरी महत्व छ । विना मन्त्र जिवनको अस्तित्व नै सम्भव छैन । [[वेद]]मा मन्त्रलाई सर्वोच्च सत्ता एवं ब्रह्मका समान मानिएको छ । हाम्रो जिवनमा कुनै पनि घटित भइरहेको हुन्छ त्यसको मूलमा मन्त्रको सत्ता विद्यमान रहेको हुन्छ । हामीहरू मन्त्रको अस्तित्वलाई स्विकार गरौं या नगरौं, अथवा मन्त्रको महत्व बुझौं या नबुझौं तर यो निश्चित हो कि विना मन्त्र हाम्रो जिवनको कुनै अस्तित्व छैन ।<ref name= "मन्त्र रहस्य"> हिन्दी किताब '''मन्त्र रहस्य''' लेखक डा. नारायण दत्त श्रीमाली</ref>
मानवले कुनै पनि बोल्छ भने त्यो एक शब्द हो र त्यसको सम्बन्ध अर्थसँग हुन्छ भने त्यो कल्याणमय बन्न जान्छ । जसको मूलमा अर्थ विद्यमान रहँदैन ति शब्द निरर्थक हुन्छन् । [[कालिदास]]ले 'वागर्थाविव' भनेर यसै कथनको पुष्टि गरेका छन्, परन्तु जसको मूलमा अर्थ छ ति शब्द नै सार्थक हुन् किनकी शब्दलाई ब्रह्म भनिएको छ तसर्थ सबै शब्दहरू ब्रह्ममय छन् । हामी संसारीहरू जुन शब्दको अर्थ राम्ररी बुझ्दछौं त्यस्ता शब्दलाई सार्थक भन्छौं तर जुन शब्दहरूलाई हामी बुझ्न सक्दैनौ त्यस्ता शब्दहरू नै धेरै ठुलो उचाईंमा हुन्छन् । अथवा त्यस्ता शब्दहरू नै उच्च कोटीका हुन् । हाम्रो बुद्धी ति शब्दहरूको मूलसम्म पुग्न सक्दैन त्यसैले हामी आफ्नो अहंमा वसिभुत भएर ति शब्दलाई निष्क्रिय भनेर छोडी दिन्छौं ।<ref name= "मन्त्र रहस्य"/>
कति पय ठाउँमा उच्च कोटीका साधकहरूको ध्यान टुटेको बेलामा उनको मुखबाट धेरै यस्ता शब्द निस्कन्छन् जसको आपसमा कुनै पनि सम्बन्ध अथवा तारतम्य रहन्न । त्यो देखेर हामीहरू अचम्म मान्दै साधकको मुखमा हेर्न थाल्छौं र साधुले केही भने होलान् भन्ने कुराले आफ्नो मनलाई सम्झाएर शान्त हुन्छौं तर ति शब्दहरू आफैमा अत्यन्त महत्वपूर्ण हुन्छन् । किनकी यिनको धराताल यती अग्लो हुन्छकि हामी सामान्य मान्छे त्यो उचाइँमा पुग्न सक्दैनौं । वास्तवमा मान्छेको मुखबाट कुनै पनि शब्द निस्किन्छ । त्यो 'मन्त्रमय' हुन्छ । जुन शब्दको अर्थ बुझ्न सकिन्छ उनलाई बातचितको संज्ञा दिइन्छ भने जो शब्द त्यतिकै मुखबाट निस्कन्छ, जुन शब्दको अर्थ हामीहरूलाई थाह छैन त्यो शब्दलाई व्यर्थको शब्द मान्न थाल्दछौं ।
==सन्दर्भ सामग्रीहरू==
<references/>
"https://ne.wikipedia.org/wiki/मन्त्र" बाट अनुप्रेषित