"भुईँचालो" का संशोधनहरू बिचको अन्तर

सुरक्षाका उपाय हरु समावेस गर्दै
पङ्क्ति १६:
== भूकम्प आएपछि अपनाउनुपर्ने सुरक्षाका उपायहरु ==

१. *भूकम्पको समयमा लिएर हिडने झोला तयार राख्‍नुहोस्। उक्त झोलामा यी वस्तु हुनुपर्खछ टर्च र व्याट्री, सानो रेडियो, एक दिनकालागि पुग्ने चिउरा तथा तयारी चाउचाउजस्ता पर्याप्त मात्रामा सुक्खा खाना, खानेपानी भएको प्लास्टिकको एक बोतल, जरुरी औषधिहरु र आफ्नो परिचयपत्रको फोटोकपिहरु ।

२.* आपत परेको बेला खबर गर्न आफुसंग सँधै सिट्ठी राख्‍नुहोस्।

३.* भूकम्प गएपछिको समयमा टेलिफोन सन्जाल व्यस्त रहने भएकाले सकभर मोबाइलबाट टेक्स सन्देशहरु आदानप्रदान गर्नुहोस्।

४.* भूकम्पको समयमा खस्ने वस्तुहरु मृत्यु अथवा चोटपटकका मुख्य कारण हुन्। यस्ता वस्तुहरुलाई खस्न नदिनका लागि घरपरिवारहरुले साधारण उपायहरु गर्नसक्दछन्। यस्ता वस्तुहरुमा फर्निचर, फोटोको फ्रेम, सजावटका वस्तु, पुस्तकका तख्ता, ग्यास सिलिन्डर आदि पर्दछन्।

५.* भूकम्पको धक्का आएको बेला सुरक्षित रहने उपाय भनेको घुँडा टेकेर गुडुल्किने र ओत लागेर समात्ने हो। यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्‍नु पर्दछ।

६.* जब भूकम्प रोकिन्छ, त्यसबाट पुगेको क्षतिबाट नयाँ जोखिमहरु उत्पन्न हुन्छन्। यस्ता जोखिममा आगलागी, पहिरो, ढुङ्गाहरु खस्नु, बाढी आदि पर्दछन्। मानिसहरुले यस्ता जोखिमहरु छन् भनी ध्यान दिनुपर्दछ र जोखिम कम गर्नकालागि सावधानी अपनाउनु पर्दछ।

७.* भूकम्प आएको बेला शान्त रहनु महत्वपूर्ण हुन्छ। उर्जा र अक्सिजनको कम मात्रा मात्र खर्च होस् भन्नकालागि चिच्याउनु हुँदैन।

८.* प्राकृतिकरुपमा भूकम्प जानुबाट आफैमा धनजनको क्षति हुँदैन। तर खराब भवन, संरचना इतर उपायहरुको अभाव र सचेतनाको अभावजस्ता असुरक्षित प्रचलनहरु संकटका कारण हुन्। त्यसतर्फ सचेत रहनुपर्दछ।

== नेपालमा ठूला भुकम्पहरू ==
भूकम्पीय इतिहासअनुसार नेपालमा हरेक ७० देखि एक सय वर्षमा एक महाभूकम्प र हरेक ५० वर्षमा मध्यमखालको भूकम्प जाने गरेको पाइन्छ। असअघि नेपालमा विसं १२८०, १३१२, १४०१, १७७१, १८३४, १८६५, १८८२, १८९०, १८९१, १९१४, १९२३, १९३८, १९९० र २०४५ सालमा ठूला भूकम्प गएको इतिहास छ।
"https://ne.wikipedia.org/wiki/भुईँचालो" बाट अनुप्रेषित