"चितवन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३८:
 
==इतिहास==
१९औं शताब्दीसम्म जङ्गलको हृदयको रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा जाडो याममा नेपालका शासक वर्गहरूको मनपर्ने शिकार स्थान रहेको थियो । सन् १९५० सम्म नेपालको दक्षिणी भेग देखि काठमाडौंको यात्रा ज्यादै कठिन थियो जसले गर्दा जङ्गलको बाटो प्रयोग गर्ने बटुवाहरू यहाँ महिनौ शिविर लगाएर बाघ, भालु, गैंडा, चितवाहरूको शिकार गर्ने गर्दथे ।<ref name=Gurung1983>Gurung, K. K. (1983). ''Heart of the Jungle: the Wildlife of Chitwan, Nepal''. André Deutsch, London.</ref>
सन् १९५० मा, चितवनको वन र घाँसे मैदान {{convert|2600|km2|sqmi|abbr=on}}मा विस्तार भयो जसमा लगभग ८०० वटा गैंडाको वासस्थानको रूपमा यसलाई परिणत गरियो । जब मध्य-पहाडी क्षेत्र देखि गरिब किसान कृषि योग्य भूमिको खोजमा [[चितवन उपत्यका]] सरे त्यस बखत वनजङ्गल मासेर तिनीहरू यहाँ बस्ती बनाए र वन्यजन्तुको चोरी शिकारी व्यापक भयो । सन् १९५७ मा, देशको पहिलो संरक्षण व्यवस्था कानूनले गैंडा र यसको वासस्थान संरक्षण गर्न जोड दिएको थियो । सन् १९५९ मा, [[एडवर्ड प्रिचर्ड जी]]ले एउटा सर्वेक्षण गरे जसमा उनले यस क्षेत्रमा रहेको उत्तर राप्ती नदी र दक्षिणमा वन्यजीव बचाउन दश वर्षको लागि परीक्षण अवधिको लागि सिफारिश गरे ।<ref>Gee, E. P. (1959). ''Report on a survey of the rhinoceros area of Nepal''. Oryx 5: 67–76.</ref> चितवनको पछि सर्वेक्षण पछि सन् १९६३ मा उनले जीवजन्तुहरूको संरक्षण समाज र प्रकृति संरक्षणको लागि अन्तर्राष्ट्रिय संघ दुवै लाई दक्षिण क्षेत्रलाई विस्तार गर्न सिफारिश गरे ।<ref>Gee, E. P. (1963). ''Report on a brief survey of the wildlife resources of Nepal, including rhinoceros''. Oryx 7: 67–76.</ref>
 
सन् १९६० को अन्तसम्ममा, ७०% जङ्गलहरूलाई डिडिटिको प्रयोगले खाली बनाएर हजारौं हजार मानिसहरू बसोबास गर्न सुरू गरे जसले गर्दा त्यहाँ भित्र गैंडाको संख्या ९५ पुग्यो । गैंडाको संख्यामा आएको नाटकीय ह्रास र बढ्दो चोरी सिकारीले सरकारले एक गैंडा गस्ती टोलीको स्थापना गर्यो जसमा १३० सशस्त्र जवानहरू र सुरक्षा केन्द्र सञ्जाल रहेको थियो जसलाई चितवनको सबै ठाउँमा गस्ती गर्न लगाइएको थियो । गैंडाको शिकार रोकथाम गर्नका निमित्त सन् १९७० मा चितवन राष्ट्रिय निकुञ्जलाई अनंकित गरियो र सन् १९७३ मा यसमा सुरूवाती रूपमा {{convert|544|km2|sqmi|abbr=on}}को क्षेत्र सामेल गरियो ।<ref name="adhikari">Adhikari, T. R. (2002). [http://www.sosrhino.org/news/Updatepoaching.pdf ''The curse of success''.] Habitat Himalaya - A Resources Himalaya Factfile, Volume IX, Number 3.</ref>
 
सन् १९७७ मा, निकुञ्जलाई यसको वर्तमान क्षेत्र {{convert|932|km2|sqmi|abbr=on}}मा फैलाएर कायम गरियो । सन् १९९७ मा नारायणी-राप्ती नदी प्रणालीको उत्तर र पश्चिम तथा निकुञ्जको दक्षिण-पूर्वी सीमाविचमा र साथै अन्तर्राष्ट्रिय सिमाना भारतबीच एउटा {{convert|766.1|km2|sqmi|abbr=on}}को मध्यवर्ती क्षेत्र जोडिएको थियो ।<ref name=nbrb07/>
 
==पशुपंक्षी तथा जनावरहरु==