"घाटु नाच" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
'''घाँटु नाच''' विशेषत: गुरुङ र मगर जातीमा प्रचलित नाच हो । विशेष गरी श्रीपञ्चमीमा विधिपूर्वक पूजाअर्चना गरी सुरु गरिने घाटु नाच पाण्डबखानीमा मातातिर्थ औशीदेखि मध्ये वैशाखसम्म नाचिन्छ । <ref name=janamanch>{{cite web | title= घाटु नृत्य: Nepal | [[घाटु नृत्य]] | url=http://janamanch.com/?p=4807 }}</ref> घाटु एक शास्त्रीय नाच हो । १६ औँ शताब्दीतिर लमजुङका एक दम्पत्ति राजारानीको विवाह, प्रेम, गृहस्थी, राजकाज, जंगल प्रस्थान, सिकार आदि घटनामा आधारित भएर घाटु नाचिन्छ । घाटुको गीतमा परशुराम राजा र चम्पावती रानीको कथावस्तु रहेको हुन्छ । घाटुमा नाच्नका लागि घाटुकी कन्या कथाको विषयबस्तु अनुसार आबश्यक संख्यामा छानिन्छ । उनीहरुलाई घाटु नाच्नुअघि अक्षेताले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गंगाचुली आदिको पूजा गरेपछि घाटु नाच्ने कन्याहरुको आँखा बन्द हुने गर्दछ । <ref name=janamanch>{{cite web | title= घाटु नृत्य: Nepal | [[घाटु नृत्य]] | url=http://janamanch.com/?p=4807 }}</ref> यसलाई देवी चढेको मानिन्छ । कन्याहरुको आँखा बन्द नभएसम्म देवीहरुको नाम जप्नुपर्छ । देवीले पत्याएपछि घाटु सुरु गरिन्छ । घाटु नाचको सुरुवात मंगल चरणबाट गरिन्छ । इष्टदेवीहरुको साथमा आमा, धर्ति र आकाशलाई साक्षी राखिन्छ । तीन चार दिनदेखि तीन महिनासम्म नयाँ सिकारुले घाटुको नृत्यमा प्रशिक्षण लिनुपर्ने थापाले बताए । यो गोप्य रुपले गरिन्छ । <ref name=janamanch>{{cite web | title= Ghatu (gurung) dance: Nepal | [[घाटु नृत्य]] | url=http://updatesnepal.com/ghatu-gurung-dance.html }}</ref>
 
==घाटु नृत्य प्रकार==
घाटु नाच दुई प्रकारका रहेका छन ।
 
<b>१. बाह्रमासे घाटु </b>
 
पाण्डवखानीमा प्रचलित सति घाटु विमेसै नाचिदैन । यो बसन्त ऋतुको सुरुवात बसन्त पञ्चमी अर्थात श्री पञ्चमी देखि विधिवत घाटुको थालनी हुन्छ । पाण्डवखानीमा सति घाटु नाच मातातिर्थ औसी देखि बैशाख पूर्णिमा अर्थात वुद्ध जयन्ती को अघिल्लो दिन देखि मध्य जेठ सम्म नाच्ने गरिन्छ । सति घाटुमा कुनै बाजा नवजाइकन गाउने र नाच्ने गरिन्छ ।
 
 
<b>२. सति घाटु </b>
 
बाह्रमासे घाटु गुरुङ मगर समुदायका पाहुना आउदा तथा विभिन्न मेलापर्वमा नाच्ने गरिन्छ । यो घाटु नाटक कुनै तिथी र साइत कुर्नु पर्दैन । यो गलकोट क्षेत्रको सिसाखानीमा पनि नाच्ने गरिन्छ ।
<ref name=साझा सवाल>{{cite web | title= घाटु : एक परिचय | [[घाटु नृत्य]] | url=http://sajhasabal.com/baglung/news/814345638886#.VTVK5cm2vIU#ixzz3XsXMQF9z }}</ref>
 
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/घाटु_नाच" बाट अनुप्रेषित