"मातृ दिवस" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Mother's Day}}
सामान्य
पङ्क्ति ७:
|मिति=ठाउँ अनुसार फरक
|type=ऐतिहासिक
|relatedto=[[पिता दिवस]], [[मातापिता दिवस]], [[बाल दिवस]]
}}
 
'''मातृ दिवस''' वा '''[[आमा]] दिवस''' आमाप्रति सम्मान गर्ने र आमालाई सम्झने दिन हो। यो दिवस विश्वका धेरै देशहरूमा अलग अलग दिनमा आ-आफ्नो परम्परा अनुसार मनाइने गरिन्छ। नेपालमा यो दिवस मातातीर्थ औंसीको दिनमा मनाइन्छ।
==नेपालमा मातृदिवस==
नेपालमा हिन्दू संस्कृति अनुसार यो दिवस वैशाख कृष्ण औंसीको दिन '''आमाको मुख हेर्ने दिन''' वा '''मातातीर्थ औंसी'''को रूपमा परिचित छ। उक्त दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आफ्नो गच्छेअनुसारका खाद्यपदार्थ ख्वाउनुका साथै उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन्। आमा जीवित हुनेहरूले आमालाई मीठा-मीठा परिकार बनाएर ख्वाउँछन्, लुगाफाटो तथा अन्य विविध उपहार दिएर कृतज्ञता जाहेर गर्छन्। आमा नहुनेहरू भने यस दिन [[काठमाडौं|काठमाडौं उपत्यका]]को पश्चिम दिशातर्फ [[थानकोट]] जाने बाटोमा पर्ने [[गुर्जुधारा]]देखिगुर्जुधारादेखि माथि पहाडको फेदीमा रहेको [[मातातीर्थ]] जान्छन्। कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन्। मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने विश्वास पनि छ। उक्त कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भै दिएको आशीर्वादको प्रभावले छोराछोरीहरू जनधनले सम्पन्न भएर सुख भोग गर्न पाउँछन् भन्ने विश्वास छ। [[मातातीर्थ कुण्ड]] पौराणिक एवं धार्मिक तीर्थस्थल हो।
===मातातिर्थ===
'''मातातिर्थ''' [[काठमाडौं जिल्ला]]को [[थानकोट महादेवस्थान]] गाविसमा अवस्थित छ। आमाको पवित्रस्थल भएकाले उक्त ठाउँको नाम मातातीर्थ रहेको हो। त्यहाँ गएर छोराछोरीहरूले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आपना आमालाई मुक्त गराउन सक्छन्। स्वस्थानी व्रतकथाअनुसार यो तीर्थमा [[सतीदेवी]]कोसतीदेवीको अंग पतन भै [[मातुलेश्वर महादेव]]कोमहादेवको उत्पत्ति भएको थियो। त्यसकारण पनि यहाँ गएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा उक्त कार्य गर्ने सन्तानले जीवनभर सुख-सन्तोष पाउने जनविश्वास छ।यसरी विधिवत् रूपमा छोराछोरीहरू आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आ-आफ्ना आमाको मोक्ष प्राप्त गराउन यो तीर्थमा मेला भर्न आउँछन्। यो तीर्थमा सतीदेवीको अंग पतन भै मातुलेश्वर महादेवको उत्पत्ति भएको वर्णन श्रीस्वस्थानी व्रतकथामा पाइन्छ। पुण्यप्राप्तिका लागि [[कोटी होम]], [[यज्ञ]], [[पूजापाठ]] एवं अनेक तीर्थव्रत गरेको भन्दा पनि यो तीर्थमा प्रवेश गर्दा बढी फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ।
 
===विभिन्न किम्वदन्तिहरू===
पङ्क्ति २४:
 
===अमेरिका===
आधुनिक '''मातृ दिवस'''को [[अवधारणा]] [[ग्रफ्तोन|ग्राफटन]] [[वेस्ट भर्जिनिया]]मा [[एना जार्भिस]]काजार्भिसका द्वारा समस्त [[आमा|माताहरू]] तथा मातृत्वका लागि खास तवरमा [[परिवारिक|पारिवारिक]] एवं तिनको आपसी सम्बन्धहरू लाई सम्मान दिनका लागि आरम्भ गरिएको थियो । यो दिवस अब संसारका प्रत्येक कुनामा अलग-अलग दिनहरूमा मनाइन्छन्। जस्तो कि [[बुवा|पिताहरू]]लाई सम्मान दिनका लागि [[पिता दिवस|पितृ दिवस]] मनाइन्छ ।
 
यो दिन अन्ततः यति व्यावसायिक बन्यो कि यसकी संस्थापक, एना जर्भिस, तथा धेरै मानिसहरूले यसलाई एक "[[हलमार्क होलिडे]]", अर्थात् एक अति वाणिज्यिक प्रयोजनका रूपमा समझने लागे। एनाले ज-जसले यो बिदाको व्यावसायिकीकरणमा सहयोग गरे त्यसैको विरोध गर्दै यसलाई समाप्त गर्न चाहिन् ।
 
== सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/मातृ_दिवस" बाट अनुप्रेषित