"अमरगढी किल्ला" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
==ऐतिहासिक पृष्ठभुमि==
'''अमरगढी किल्ला''' [[डडेल्धुरा जिल्ला]] सदरमुकामको उच्च टाकुरामा रहेको छ। यो किल्ला रहेको उचाई अन्दाज ६५०० फिट छ।यसको निर्माण श्री ५ रणबहादुर शाहको शासन काल तथा राजकुमार बहादुर शाहको नायवीमा संचालित [[नेपाल एकिकरण]]को शिलसिलामा बिक्रम संम्बत १८४७ भाद्र १३गते आइतबारको दिन सेति नदिको नारीदाङमा कप्तान रणविर खत्रिको नितृत्वमा आएका दश कम्पनिका गोरखाली सैनिक जवान र [[डोटेली सैनिक]] को विचमा घमसान युद्ध भयो। सो युद्धमा गोरखालि फौजिका सामुन्य डोटेली फौज पराजित भइसकेपछी डोटी राज्य पनि बिशाल नेपाल अधिराज्यमा गाभिन पुग्यो र भु-भागको सुशानलाई सुदृढ र विस्तार गर्नको लागि [[अमरसिंह थापा]] यस क्षत्रको प्रथम प्रशासनको रुपमा नियुक्ति भएर आए ।उनले यस क्षेत्रको संरक्षण तथा महाकाली पारी पनि विजय अभियानलाई जारी राख्न अमरगढी किल्लाको निर्माण गर्न लगाएको हुन्।यो किल्लाको निर्माण भइसकेपछी सरदार अमरसिंह थापा काजि [[जगतजित पाण्डे]], कप्तान गोलैया कप्तान [[रणविर खत्री सुब्बा]] आदि सैनिक कमाण्डरहरुले यस अमरगढी किल्लालाइ आधारकिल्ला कायम गरि कालि कुमाउ सर गर्ने कार्य गर्दा विचबाटोमा घौलि थानेर रङगयौलीमा कुमाउको राजा मोहन चन्दको फौजले गोरखाली फौज माथि एक्कासी आक्रमण गरि दियो। यसवेला [[गोरखाली सैनिक]] सजक नभएको कारण फलत : गोरखाली फौजिको पराजय भयो। तर केहि समय पछि उ पुन: कालि कुमाउ तर्फ अगाडी सरो। गोर्खाली सैनिकको अपर्व प्रदशनले स्वयम अमरसंहको रणकुसलताले गोर्खालि सौनिकको विजय भयो। विजय अभियानको समाप्ति पछि अमरगढी किल्लाको माताहातमा रहने गरी एउटा किल्ला (छाउनि) कुमाउमा राखिएको थियो। यो विशाल किल्लाकै कारण १८७३ को अंग्रेज सितको लडाईमा महाकाली वरिको संरक्षण भयको थियो। यसरि ऐतिहासबाट के प्रष्ट हुन्छ भने १८७४ पछिको [[नेपाल]] को सार्वभौमिकतामा यस कोल्लाको सामरिक महत्व पनि धेरै छ। अमर सिंह थापाद्वारा निर्माण गरियको विशाल ढुङगेकिल्लाको निर्माण कलात्मक तहेको र चारै तिर ढुङगाले बनाईएको उक्त किल्ला भित्र गुफाहरु बनाईएको छन। शत्रुलाई छल्ने अनेक युद्ध सफलताको सैनिक सस्रप्रयोग र शत्रुद्धारा आएका सस्रनिरोध गर्ने मार्गहरुको निर्माण गरएको छ।आज भोलि किल्ला माथि ठुलाठुला वृक्षहरुको उत्पतिले किल्लाको एतिहासिक गौरब अझै झल्किन्छ भने किल्लाको विचभगमा उग्रभैरवको मन्दिर प्रतिस्थापन भएबाट यसको धार्मिक र सामरिक महत्व झल्किन्छ।
<ref>https:// www.amargadhimun.gov.np/app/webroot/index.php/content_pages/view/12</ref>
==सन्दर्भ सामाग्री ==
{{reflist}}