"नेपोलियन बोनापार्ट" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६१:
उनले कान्तिका सुरुका वर्षहरू कोर्सिकामै बिताए। त्यतिबेला उनी शाही शासन पक्षधर, कान्तिकारीहरू तथा कोर्सिकाली राष्ट्रवादीहरूमा चलेको तीन पक्षीय जटिल संघर्षमा होमिए। उनले कान्तिकारी ज्याकब्लिन गुटको समर्थन गरी कोर्सिकाली लडाकु सेनामा [[प्रमुख सेनानी]]को दर्जा पाए। उनले स्यम्सेवकको दस्ताको नेतृत्व पनि प्राप्त गरे। बिदाको समयभन्दा धेरैसम्म अनुपस्थित रहेर फ्रान्सेली सेनाको विरुद्धमा कोर्सिकामा भएको विद्रोहमा सम्लग्न भएता पनि सन् १७९२ को जुलाईमा फ्रान्सेली सेनामा उनको बढुवा भयो र उनी [[सह-सेनानी]] भए।
उनी कोर्सिका फिर्ता आए र पाओलीसँग विवादमा फसे। पाओलीले फ्रान्ससँग छुट्टिने निर्णय गरी नेपोलियनको नेतृत्वमा फ्रान्सेलीसेना रहेको सार्डिनियाली टापु ला मादालेनामा सन् १७९३ को फेब्रुअरीदेखि हतियारसहितको विद्रोह सुरुगरे। पाओलीसँगकै खटपटका कारण त्यही वर्षको जुनमा नेपोलियन र उनको परिवार फ्रान्सको मुख्य भूमिमा बसाइँ सर्यो।
===अक्टोबर ५, १७९५===
सन् १७९४ जुलाईको थर्मिडोरियाली प्रतिकृयापछि रोबेस्पिएरेहरूको पतन भयो। यस लगत्तै बोनापार्टलाई पनि रोबेस्पिएरे दाजुभाइसँग सम्बन्ध भएको आरोपमा नाइसमा रहेको घरमै नजरबन्दीमा राखियो भनिएको
पनि पाइन्छ। तर नेपोलियनका स्वकीय सचिव बौरिएन्नेले आत्मकथा लेखनका क्रममा यसको खण्डन गरे। बौरिएन्नेका अनुसार एल्पको सेना र इटालीको सेनाबीचको इर्श्याका कारण उक्त नजरबन्दी भएको थियो। नेपोलियनले आफू निर्दोष भएको दावी गर्दै सरकारी प्रतिनिधिहरू स्यालिसेटी तथा अलबित्तेलाई पत्र लेखेपछि उनलाई कुनै गलत काममा सम्लग्न नभएको भन्दै नजरबन्द मुक्त गरियो। उनलाई दुई हप्ताभित्रै मुक्त गरिएको थियो। उनको युद्ध कौशलका कारण उनलाई फ्रान्सको अस्ट्रियासँगको युद्धमा इटालेली किल्लाहरूमा आक्रमणको योजना बनाउन आग्रह गरियो। उनी बेलायतीहरूबाट कोर्सिका फिर्ता ल्याउने अभियानमा पनि सम्लग्न भए तर बेलायती जलसेना रोयल नाभीले फ्रान्सेलीसेनालाई फर्कन बाध्य बनायो।