"नेपाल टेलिभिजन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १२:
}}
 
'''नेपाल टेलिभिजन''' [[नेपाल सरकार]]को पूर्ण स्वामित्वमा रहेको नेपालको सबैभन्दा ठूलो [[टेलिभिजन]] प्रसारण संस्था हो। इ.सं. १९९५मा एक आयोजनाको रूपमा स्थापना भएको यस संस्थाले हाल दुई वटा च्यानलहरू टेरेस्टियल तथा [[भू-उपग्रह]] ट्रान्समिसन मार्फत प्रसारण गर्दै आएको छ। नेपाल टेलिभिजनका[[टेलिभिजन]]का च्यानलहरू नेपाल लगायत [[एसिया|एशिया]] महादेशका धेरै देशहरूबाट हेर्न सकिन्छ। हाल यसले समाचार मूलक कार्यक्रम तथा मनोरञ्जनात्मक कार्यक्रमका साथै शैक्षिक, स्वास्थ्य तथा अन्य साँस्कृतिक कार्यक्रमहरू प्रसारण गर्ने गर्दछ।
 
== इतिहास तथा विकास क्रम ==
 
[[File:Nepal Television Block 1.JPG|thumb|right|300px|नेपाल टेलिभिजनको[[टेलिभिजन]]को प्रशासनिक भवन]]
[[File:Nepal Television Block 2.JPG|thumb|right|300px|नेपाल टेलिभिजनको[[टेलिभिजन]]को स्टुडियो भवन]][[शाह वंश|राजा बीरेन्द्र]]बाट २०३८ साल असार १० गते तत्कालीन [[राष्ट्रिय पञ्चायत]]को ३२ औँ अधिवेशनलाई सम्बोधन गर्दा [[टेलिभिजन]] स्थापनाको संभाव्यताबारे श्री ५को सरकारले अध्ययन गर्नेछ भनी बक्स भएको थियो। तत्कालिन श्री ५को सरकारले यसतर्फ आफ्नो तत्परता देखाउन थालेबमोजिम वि.सं. २०४१ साल माघ १७ गते सञ्चार मन्त्रालयअन्तर्गत नेपाल [[टेलिभिजन]] परियोजनाको गठन गरियो। २०४२ साल असार १८ गतेको [[गोरखापत्र]] दैनिकको एक समाचारअनुसार "आर्थिक वर्ष २०४२/४३मा टेलिभिजनको[[टेलिभिजन]]को सञ्चालन व्यवस्थितरूपले गर्न आवश्यक पर्ने दक्ष जनशक्तिका लागि विशेष व्यवस्था मिलाउन २०४२ साल भाद्र २१ गतेसम्म सञ्चालन हुने गरी २०४२ साल असार १७ गतेदेखि नेपाल [[टेलिभिजन]] परियोजना र वल्र्ड भ्यू इन्टरनेशनलको संयुक्त तत्त्वावधानमा विकासमूलक [[टेलिभिजन]] कार्यक्रम उत्पादन प्रशिक्षण सुरू भएको छ। यसैबीच नेपाल [[टेलिभिजन]] परियोजनाबाट २०४२ साल साउन २९ गते परीक्षण प्रसारण कार्यक्रमको श्रीगणेश गर्‍यो। त्यसबखत कार्यक्रमको प्रसारण समय बेलुकी ७ बजेदेखि ७.४० वा ७.४५ बजेसम्म सीमित थियो। सुरूमा यसले VHF र पछि UHF ब्याण्डमा १०० वाटको प्रसारण सेटबाट कार्यक्रमहरू प्रसारण गर्ने गर्थ्यो जुन [[काठमाडौं|काठमाडौं उपत्यका]] भित्र मात्र उपलब्ध थियो। त्यसै बेला [[नेपाल]] [[टेलिभिजन]] परियोजनाले गरेको एक सर्वेक्षणअनुसार काठमाडौँमा १ हजार २ सय ६६ वटा टेलिभिजनमात्र[[टेलिभिजन]]मात्र थिए। प्रसारण प्रारम्भ भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यलयले जनाएअनुसार प्रति महिना ३ सय [[टेलिभिजन]] सेट नेपाल भित्रिन्थे। सुरूमा परियोजनाका रूपमा रहेको [[नेपाल]] [[टेलिभिजन]] २०४२ साल पुस १२ गते संस्थानमा परिणत भयो। परीक्षण प्रसारण सुरू हुँदा अल्ट्रा हाई फिक्वेन्सी च्यानलबाट हुन्थ्यो भने २०४२ साल पुस १४ गते नियमित प्रसारण थालेपछि भेरी हाई फिक्वेन्सी च्यानलबाट हुन थाल्यो।
 
इ.सं. १९८७को [[सार्क सम्मेलन]] ताका यसले थुप्रै प्राविधिक प्रगति गर्‍यो।