"नेपाल" का संशोधनहरू बिचको अन्तर

सा robot Adding: mg:Nepal
पङ्क्ति ५०:
१३औं शताब्दिको पूर्वार्द्धमा संस्कृत शब्द ''मल्ल'' थर भएका नाइकेहरूको उदय हुनथाल्यो। सुरुमा उनिहरूको सत्ता उदयमान भयो, तर त्यापछिका २०० वर्षहरूमा राजाहरूले उनीहरूको शक्ति एकमुष्ठ पार्ने मात्र काम गरे । १४औं शताब्दिको उत्तरार्धमा देशका धेरैजसो भागहरु एकीकृत राज्यको अधीनमा आए। तर यो एकीकरण छोटो समयसम्म मात्र टिक्यो: १४८२मा यक्ष मल्लको समयमा आफ्ना छोराहरूलाई अंशबण्डामा काठमाडौं उपत्यकाका तीन राज्य बाँडेर दिने निर्णय पछि यो राज्य तीन भागमा टुक्रियो - [[काठमाण्डौ]], [[पाटन]], र [[भादगाँउ]] – जसको बीचमा शताब्दियौंसम्म खिचातानी र दुश्मनी रहिरहेको थियो।
 
१७६५मा, [[गोरखा]]का राजा [[पृथ्वी नारायण शाह]]ले थोरैमात्र हतियार र सहयोग जुटाइ छिमेकी राज्यहरू, (खासगरी लम्जुंग,कास्की रत तनहूँ)को तटस्थता आफ्नो पक्षमा उपयोग गर्न सफल भएपछि देश एकीकरणका निम्ति अघि बढे। धेरै रक्तरञ्जित लडाँईहरू पश्वात, उनी ३ वर्षपछि काठमाण्डौ उपत्यका लाइ बिशाल नेपाल भित्र एकिकरण गर्ने अभियान मा सपलता प्राप्त गरे ।तथापि उनले तत्कालीन राजा जयप्रकास मल्लले राज्य गरीरहेको काठमाण्डौ राज्यलाई जित्दाखेरि कुनै युद्ध गर्नु परेन। वास्तवमा, त्यतिबेला इन्द्रजात्रा पर्वमा काठमाण्डौ उपत्यकाका सबै जनताहरू जात्रा मनाइरहेका थिए जब पृथ्वी नारायण शाहले आफ्ना सेनाहरू लिएर खासै कुनै मेहनतबिना उपत्यकालाई कब्जा गरे आफै बसेर जात्रा चलाए साँस्कृतीक सम्मानको अवधारणा प्रश्तुत गरे । त्यसै गरि नेपाल एकिकरण को सिलसिला मा सम्पुर्ण साना राज्य हरु जीतेपछि पुर्वमा पल्लो किँरात लिम्बुवान राज्य पुगे [[लिम्बु]]वान राज्य मा १७ पटक हमला गर्दा पनि नजिते पछि [[लिम्बुवान]] राज्य सँग वि.स‌. २२,०४,१८३१, मा [[लिम्बुवान]] को केन्द्रिय राजधानी विजयपुरमा लालमोहर सहित तम्रपत्रमा लेखी संधी भयो । यसले नयाँ नेपालको जन्मको आधारशिला तय गर्‍यो।
 
तिब्बतसङ्ग हिमाली मार्गको नियन्त्रणको निम्ति भएको विवाद र त्यस पश्चातको युद्धमा [[चीन]] तिब्बतको सहायताको लागि आएपछि नेपाल पछि हट्नुपर्‍यो। नेपालको सीमा नजिकका स-साना राज्यहरूलाई हड्पेका कारण सुरू भएको [[ब्रिटिस इस्ट इण्डिया कम्पनि]] सङ्गको दुश्मनीका कारण रक्तरञ्जित [[एङ्गलो-नेपाल युद्ध (१८१४–१६)]] भयो, जसमा नेपालले हालको सीमा रक्षा गर्न सफल भएपनि महाकाली नदी पश्चिमको आफ्ना क्षेत्रहरू गुमाउनु पर्‍यो। ती क्षेत्रहरू हुन हालको [[उत्तराखण्ड]] राज्य र हालको [[हिमाञ्चल प्रदेश]]का धेरै पञ्जाबी पहाडी राज्यजहरू। आफ्नो स्वाधिनताका लागी नेपालले ईस्ट इण्डिया कम्पनिसङ्ग [[सुगौली]] सन्धि गरेर तराईका केही भूभाग र एक तिहाइभन्दा बढी भूभाग सहित [[सिक्किम]] ,दार्जीलिङ, गुमाउनु पर्‍यो। कांगाडमासम्म पुगेका नेपाली र सतलजदेखी टिष्टा सम्मको [[विशाल नेपाल]] मेची र काली मा सिमाङित हुन पुग्यो, तर पनि पछी १८६० मा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणासङ्ग खुसी भइ अङ्ग्रेजले नेपाललाई राप्तदेखी कालीसम्मको तराइ फर्काइदीएका थिए ।
"https://ne.wikipedia.org/wiki/नेपाल" बाट अनुप्रेषित