"कामदा एकादशी" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
सा सुधार
पङ्क्ति ११:
|date2013= २२ अप्रिल
<Ref name=date>{{Cite web|url=http://harekrishnacalendar.com/vaishnava-calendar/kamada-ekadashi-2013/|title=Kamada Ekadashi|accessdate=28 November 2012|publisher=ISKCON}}</ref>}}
'''कामदा एकादशी''' चैत्र शुक्ल पक्षको एक एकादशी हो ।
 
[[हिन्दू धर्म|हिन्दू]] [[हिन्दू पञ्चाङ्ग|पञ्चाङ्ग]]को एघारौं [[तिथि]]लाई एकादशी भनिन्छ। यो तिथि [[महिना]]मा दुई पल्ट आउँछ। [[पूर्णिमा]]पछि र [[औंसी]] पछि। पूर्णिमापछि आउने एकादशीलाई [[कृष्ण पक्ष]]को एकादशी र अमावस्यापछि आउने एकादशीलाई [[शुक्ल पक्ष]]को एकादशी भनिन्छ। यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन संप्रदायमा धेरै महत्व छ।
 
== कामदा एकादशी व्रत कथा ==
 
पुराणहरूमा कामदा एकादशीका प्रसङ्गमा एउटा कथा प्राप्त हुन्छ। प्राचीनकालमा भोगीपुर नामक एउटा नगर थियो। त्यहाँ अनेक ऐश्वर्यले युक्त पुण्डरीक नामको एउटा राजा राज्य गर्थ्यो। भोगीपुर नगरमा अनेक अप्सरा, किन्नर तथा गन्धर्व वास गर्दथे। तीमध्ये एक ठाउँमा ललिता र ललित नामका दुई स्त्री-पुरुष अत्यन्त वैभवशाली घरमा निवास गर्दथे। ती दुबैमा अत्यन्त स्नेह थियो, यहाँसम्म कि सानो बिछोड भए पनि दुबै व्याकुल हुने गर्दथे। एक पटक बार गीत गाउँदा संगीतमा कुनै त्रुटि भएका कारण कार्कोट नामक नागले ललित गन्धर्वलाई राक्षस हुने सराप दिए। ललित त्यसै क्षण महाकाय विशाल राक्षस हुन पुग्यो। जब उसकी प्रियतमा ललितालाई यो वृत्तान्तको जानकारी भयो उसलाई अत्यन्त खेद भयो र ललिता श्रृंगी ऋषिका आश्रममा गएर विनीत भावपूर्वक प्रार्थना गर्ण थाली। त्यसलाई देखेर श्रृंगी ऋषिले भन्नुभयो "हे सुभगे! तिमीको हौ र यहाँ के प्रयोजनले आएकी हौ?" ‍ ललिताले भनी "हे मुने! मेरो नाम ललिता हो। मेरा पति कार्कोट नामक नागको श्रापबाट विशालकाय राक्षस भएका छन्।यासि कारणले म असाध्यै दुखी छु। मेरा पतिको उद्धारको कुनै उपाय बताउनुहोस। श्रृंगी ऋषिले आज्ञा गर्नुभयो "हे गंधर्वकन्या! अब चैत्र शुक्ल एकादशी आउन लागेको छ, जसको नाम कामदा एकादशी हो। यस व्रतलाई पालना गर्नाले मनुष्यका संपूर्ण कार्य सिद्ध हुने गर्दछन। यदि तिमीले कामदा एकादशीको त्यसको पुण्यको फल आफ्ना पतिलाई समर्पण गरेमा तिम्रो पति शीघ्र नै राक्षस योनिबाट मुक्त हुनेछन र कार्कोट नामक नागको श्राप पनि अवश्यमेव शांत हुनेछ। ललिताले मुनिको आज्ञालाई अक्षरश पालन गरिन र एकादशीको पतिलाई समर्पण गर्ना साथ त्यसको पति राक्षस योनिबाट मुक्त भएर आफ्नो पुरानो स्वरूपमा रूपान्तरित भयो। त्यसपछि अनेक सुंदर वस्त्राभूषणले युक्त भई पत्नी ललिताका साथमा विहार गर्दै ती दुबै विमानमा बसेर स्वर्गलोकमा पुगे। यस व्रतलाई विधिपूर्वक गर्नाले समस्त पाप नाश हुन्छन् तथा राक्षस आदि योनिबाट पनि मुक्ति पाइन्छ। संसारमा आजको यस कामदा एकादशी व्रतबराबरको कुनै अन्य व्रत छैन। यस कथालाई पढ्दा वा सुन्नाले वाजपेय यज्ञ गरे सरह फल प्राप्त हुन्छ।
==एकादशी तिथि==
 
{{main |एकादशी तिथि}}
[[हिन्दू धर्म|हिन्दू]] [[हिन्दू पञ्चाङ्ग|पञ्चाङ्ग]]को एघारौं [[तिथि]]लाई एकादशी भनिन्छ। यो तिथि [[महिना]]मा दुई पल्ट आउँछ। [[पूर्णिमा]]पछि र [[औंसी]] पछि। पूर्णिमापछि आउने एकादशीलाई [[कृष्ण पक्ष]]को एकादशी र अमावस्यापछि आउने एकादशीलाई [[शुक्ल पक्ष]]को एकादशी भनिन्छ। यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन संप्रदायमा धेरै महत्व छ।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/कामदा_एकादशी" बाट अनुप्रेषित