"माडी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
→‎१. माडी पर्यटक स्थलका रुपमा: भित्री लिङ्क खुलाउँदै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३९:
प्रकृतिले सिँगारेको माडी क्षेत्रमा पर्यटकीय विकासको सम्भावना उच्च रहँदारहँदै पनि पर्यटकीय विकास भने ज्यादै न्यून छ । माडी क्षेत्रको हावापानी, वनजंगल, ताल, मठ–मन्दिर, ऐतिहासिक स्थल, धार्मिक स्थल, थारु बस्ती र उनीहरुको संस्कृति, तरकारी तथा फलफूल खेती, माछापालन, रेशम खेती आदि पर्यटकका लागि आकषर्णका केन्द्र बन्न सक्छन् । चारैतिर पहाड, जंगल र बीचमा उपत्यकाको रुपमा रहेको माडी आन्तरिक पर्यटकका लागि पनि उत्तिकै महत्वपूर्ण स्थान छ । माडी कल्याणपुरको लक्ष्मीनिवासमा रहेको सहिद स्मारकमा निर्माण गरिएको टावरबाट समग्र माडी र पश्चिम चितवनका धेरै भाग सजिलै अवलोकन गर्न सकिन्छ । रातको समयमा त्यस टावरबाट बस्तीहरुमा बलेका बत्तीहरु हेर्दाको आनन्द झनै रमाइलो हुन्छ ।
माडी क्षेत्रभित्र पर्ने जंगलमा डुलेर विभिन्न चराचुरूङ्गी तथा जीवजनावार सजिलैसँग देख्न
पाइन्छ । माडीभित्र रहेका पर्यटकीय क्षेत्रहरुमा गोद्धकधाम, पाण्डवनगर गाउँ, वाल्मीकि आश्रम, सोमेश्वरगढी, गर्दी र बघौडाका[[बघौडा]]का थारु गाउँ, वैकुण्ठे ताल, चमेरे गुफा, रेवापारिको सिमरा गाउँ, गोपालनगरको[[गोपालनगर, माडी|गोपालनगर]]को माछापालन, लक्ष्मीनिवास गाउँ आदि मुख्य हुन् भने सम्पूर्ण माडी नै एउटा सानो संग्रहालयजस्तो लाग्दछ । अयोध्यापुरीको[[अयोध्यापुरी]]को जंगली क्षेत्रभित्र पर्ने रमाइलो डाँडाबाट [[मेघौली]] र आसपासका केही क्षेत्र प्रस्ट रुपमा देख्न सकिन्छ । कल्याणपुर गाविसको गोपालनगरमा[[गोपालनगर, माडी|गोपालनगर]]मा रहेको पाँच सय क्षेत्रफलमा फैलिएको माछा पोखरी पनि पर्यटकीय स्थलका रुपमा
रहेको छ ।
 
===२. माडी ऐतिहासिक स्थलका रुपमा===
माडीभित्र रहेका ऐतिहासिक महत्त्वका वस्तु वा स्थानहरुले पनि माडीलाई पर्यटकीय क्षेत्रका रुपमा अगाडि बढाएका छन् । समग्र [[नेपाल]]मा नै ऐतिहासिक महत्व बोकेको सोमेश्वरगढी माडीमा नै पर्दछ । यो सोमेश्वरगढी रहेको पहाडमा विभिन्न समयमा विभिन्न किसिमका हातहतियार, भाँडाकुँडा तथा ढुंगामाटाका आकृतिहरु फेला पर्ने गरेको भए पनि पुरातात्विक विभागले यसतर्फ चासो देखाएको छैन । यो गढी कसले बनायो र कहिले बनायो, अझैसम्म तथ्य थाहा छैन । सामान्यतया [[नेपाल]] र अंगे्रजबीच लडाइँ चल्दा अंग्रेजी सेना रोक्नका लागि गढी निर्माण गरी १४ जना नेपाली सेना तैनाथ गरिएको, तर पछि पानीको समस्याले गर्दा तिनलाई त्यहाँबाट हटाई उपरदाङगढी सारिएको भन्ने कुरा कहीँकहीँ उल्लेख गरिएको पाइन्छ । अझ कहीँकहीँ त पाल्पाका राजा मुकुन्द सेनले निर्माण गर्न लगाएको र पछि अंग्रेजहरुले पनि त्यही पहाडको [[भारत]]तर्फ फेदमा किल्ला निर्माण गर्न लगाएको भन्ने पनि पाइन्छ । तर, यसमा मेरो आपनै अलग विचार छ ।