"चैत" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
[[हिन्दू धर्म|हिन्दू]] मान्यता अनुसार यस महिनामा [[विवाह|विवाहादी]] शुभ कार्यहरू गर्नु हुँदैन भन्ने रहेको छ । यो महिनामा जती सक्दो दान गर्नु पर्छ भन्ने मान्यता पनि रहेको छ ।
==यस महिनाको बारेमा रहेका भनाईहरू==
कतिपय ठाउँमा यस महिनालाई रित्तो महिना पनि भनेको सुनिन्छ । प्रायः चैतको महिनामा घर बनमा रित्तो महसुस गरिन्छ । गरिबहरूको घरमा अन्नको अभाव, वन पाखामा घाँसको अभाव, खोला नालामा पानीको अभाव, आदी कुराहरूलाई ध्यान दिने हो भने यो महिना एक रित्तो देखिन्छ । कतिपय ठाउँमा यस महिनालाई "लमकोल्थे" भन्ने गरेको पनि सुनिन्छ । यो समयमा लामो दिन सुरु हुने र भोकमारीले सताउने भएकाले "लमकोल्थे आयो केटा-केटी रुहायो" भन्ने गरेकोउखान पनिविद्यान सुनिन्छरहेको छ । यस सम्बन्धमा पश्चिम नेपालको [[खस|खस सभ्यता]]मा आधारीत एक दन्त्य कथा विद्यमान रहेको छ ।<ref>नेपालको [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्य]] तथा [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सूदूर]] पश्चमका विभिन्न क्षेत्रमा प्रचलित भनाईहरू</ref>
:" एक किसानले आफ्नी नयाँ [[बुहारी]]लाई यो महिनामा अन्न अभाव हुने जानकारी दिंदै बुहारीलाई- "लम्कोल्थे आयो केटा-केटी रुहायो" भन्छन्, त्यसैले अन्नको थमनी गर्नु ।" बुहारी सिधा र सोझी थिइ तसर्थ उसले ससुराको भनाईलाई राम्ररी बुझ्न सकि रहेकी थिइन । ससुरा बुहारीको त्यो कुरालाई एक जना अर्को मान्छेले राम्ररी सुनेको थियो । एक दिन त्यो मान्छे लामो कोल्थो (बोरा) बोकेर बुहारी एक्लै भएको मौका छोपी त्यो घरमा गएर बुहारीलाई कोल्थो देखाउँदै भन्छ - "तिम्रा ससुराले भनेको लम कोल्थे मै हुँ । मसँग लामो कोल्थो भएकोले मलाई लमकोल्थे भनिएको हो ।" उसको कुरा सुनेर सोझी बुहारीले आफ्नो केटा-केटीलाई लमकोल्थेले नरुहाओस् भनेर उससँग "तिमी के गर्न आएका हौ ?" भनेर प्रश्न गरी । लमकोल्थेले लामो कोल्थो देखाउँदै भन्यो- " तिमी मेरो यो कोल्थो अन्नले भर म अहिलै जान्छु ।" त्यो सुनेर किसानकी बुहारीले भित्रबाट अन्न झिकेर लमकोल्थेको कोल्थो भरिदिइ । लमकोल्थे गएको केही दिन पछि ससुराले फेरी "लमकोल्थे आयो केटा-केटी रुहायो" भन्ने कुराको प्रसंग निकाल्यो । त्यो सुनेर बुहारीले ससुरालाई भनी- " ससुरा अब लमकोल्थेको धन्दा नमान्नुहोस् मैले लमकोल्थेलाई पठाइ सकें ।" त्यस पछि ससुराले बुहारीबाट लमकोल्थेको पुरा वृतान्त सुनेर जिल्ल पर्यो ।
 
==सन्दर्भ सूचीहरू==
{{श्रोत}}
"https://ne.wikipedia.org/wiki/चैत" बाट अनुप्रेषित