"विकिपिडिया:उल्लेखनीयता" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३१:
* "'''कवि राम सिंह'''": कवि राम सिंह एक सानो स्थनीय कवि हुन्, जसलाई दुई-तीन सानो पुरस्कार प्राप्त भएका छन् (जस्तै:- ''नेशनल कलेजको सर्वोत्तम कवि अवार्ड २००६'' तथा ''झुमरी तलैया रत्न सम्मान'') । तर यिनलाई अहिलेसम्म धेरै प्रसिद्धि हासिल भएको छैन । यिनी आफ्नो टोलमा प्रशिद्व छन्, २-३ पत्रिकाका पाठकहरूले इनको नाम सुनेका छन् र इनको ब्लगमा केही व्याक्तीले इनका कविताहरूको वाह-वाह गरेका छन् । स्थानीय टीवी चैनल र एफएममा प्रसारित कवि-सम्मेलनमा पनी यी देखिएका तथा सुनिएका छन् । तर इनलाई सानो दायरा भन्दा बाहिर कुनै कुनैले मात्र चिन्दछन् । इनको एक पुस्तक स्थानीय "रामू-श्यामू प्रकाशन" द्वारा प्रकाशित भएको छ । पुस्तकको बैक्-कवरमा लेखिएको छ "कवि राम सिंह नेपालका सबै भन्दा प्रमुख कविहरूमा एक हुन् ।" यो स्रोत विषयसँग स्वतन्त्र छैन - यो त रामजीको पुस्तक आफैले भनिरहेको छ । यदी राष्ट्रीय-स्तरका ३-४ पत्रिका/अखबारहरूमा यो लेखिएको भए त अलग कुरा थियो । फिलहाल, विकिपीडियाको लागि रामजी उल्लेखनीय छैनन् । हामी आशा गर्छौं कि कुनै दिन इनलाई कुनै ठुलो पुरस्कार तथा धेरै ठुलो उपाधी मिलोस् -- त्यही दिन हामी विकिपीडियामा उनको बारेमा लिख्नेछौं ।
 
* '''अभिनेत्री सीता कुमारी''': सीताजीले केही स्थानीय नाटकहरूमा काम गरिन्, तथा एक-दुई चलचित्रमा पनि इनलाई 'एक्स्ट्रा' को रूपमा काम दिइएको छ । आफ्नो गाउँको मात्र नभएर सारा बरनौलाका केटाहरू इनको सुन्दरता र नृत्य प्रतिभामा फिदा छन् । एक सानो स्थानीय कलेज पत्रिकाले एक लेखमा इनलाई 'बरनोलाकी माधुरी दीक्षित' भनेको छ । एक पल्ट एक मुख्य अखबारमा खबर छापिएको थियो "नेशनल कलेजका छात्राहरूले ''राष्ट्रीय विद्यार्थी ड्रामा मुकाबला'' जीते" । यस खबरमा सीताको बारेमा पनि एक-दुई वाक्य छापिएका थिए । एक ब्लगका अनुसार "सीता कुमारी दुनियाकीसंसारकी सबैभन्दा महान कलाकारहरूमा चिनिन्छन् । एन्जेलीना जोली, निकोल किडमैन र ऐश्वर्या रायको श्रेणीमा आउन सक्ने यि कलाकारको विश्वमा हजारौं प्रशंसक छन् ।" यसमा सीताजीलाई जहाँ उल्लेख गरिएको छ, त्यो तुच्छ हो -- यसलाई हामी "महत्त्वपूर्ण उल्लेख" मान्न सक्दैनौं । ब्लगलाई हामी विश्वसनीय स्रोत मान्न सक्दैनौ । अर्थात, अभिनेत्री सीता कुमारी विकिपीडियाको लागि यस समय उल्लेखनीय छैनन् । कुनै दिन यदी यी साँच्चिकै सुप्रसिद्ध अभिनेत्री बन्न पुगिन् भने हामीलाई इनको बारेमा लेख लेख्नमा अति खुशी हुनेछ ।
 
{{विकिनीति तथा दिशानिर्देश}}
 
[[श्रेणी:विकिनीतिहरू]]