"विकिपिडिया:उल्लेखनीयता" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २८:
=== अनुल्लेखनीय विषय ===
 
* "'''मेरो कुकुर रकी'''": मानौ कि रकी तपाईंको कुकुर हो जसले एक-दुईटा स्थानीय डॉग-शो जिते रे । यसको बारेमा तपाईंका छिमेकी र आफन्तहरूलाई त धेरै थाह छ, तर अन्य ठाउँमा यो धेरै प्रसिद्ध छैन । यानि कि यस रकीमा यस्तो स्वतन्त्र र विश्वसनीय स्रोत उपलब्ध छैन, जसमा यसलाई महत्वपूर्ण उल्लेख मिलेको छ । विकिपीडियाको लागि रकी अनुल्लेखनीय हो । तपाईंको ब्लग तथा तपाईंको फेसबुक पेज रकीको बारेमा लिख्नाको लागि एक बेहतरराम्रो स्थान हो ।
* "'''कवि राम सिंह'''": कवि राम सिंह एक सानो स्थनीय कवि हुन्, जसलाई दुई-तीन सानो पुरस्कार प्राप्त भएका छन् (जस्तै:- ''नेशनल कलेजको सर्वोत्तम कवि अवार्ड २००६'' तथा ''झुमरी तलैया रत्न सम्मान'') । तर यिनलाई अहिलेसम्म धेरै प्रसिद्धि हासिल भएको छैन । यिनी आफ्नो टोलमा प्रशिद्व छन्, २-३ पत्रिकाका पाठकहरूले इनको नाम सुनेका छन् र इनको ब्लगमा केही व्याक्तीले इनका कविताहरूको वाह-वाह गरेका छन् । स्थानीय टीवी चैनल र एफएममा प्रसारित कवि-सम्मेलनमा पनी यी देखिएका छन् तथा सुनिएका छन् । तर इनको सानो दायरा भन्दा बाहिर यीनलाई कुनै कुनैले मात्र चिन्दछन् । इनको एक पुस्तक स्थानीय "रामू-श्यामू प्रकाशन" द्वारा प्रकाशित भएको छ । पुस्तकको बैक्-कवरमा लेखिएको छ "कवि राम सिंह नेपालका सबै भन्दा प्रमुख कविहरूमा एक हुन् ।" यो स्रोत विषयसँग स्वतन्त्र छैन - यो त रामजीको पुस्तक आफैले भनिरहेको छ । यदी राष्ट्रीय-स्तरका ३-४ पत्रिका/अखबारहरूमा यो लेखिएको भए त अलग कुरा थियो । फिलहाल, विकिपीडियाको लागि रामजी उल्लेखनीय छैनन् ।