"कछुवा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट ले थप्दै {{Commonscat|Testudinidae}} |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
[[चित्र:A. gigantea Aldabra Giant Tortoise.jpg|300px|thumb|कछुवा]]
'''कछुवा''' जल र स्थल दुईटै ठाँउमा बस्न सक्ने एउटा उभयचर जीव हो।
प्रकृतिको सर्वाधिक पुरानो जीवधारी कछुवा सरिसृपवर्गमा सर्वाधिक बुद्धिमान प्राणी पनि मानिन्छ। बितेका २० करोड वर्षमा जलवायु परिवर्तन का वाबजुद अहिलेसम्म पनि आफूलाई सुरक्षित राख्दै आएको छ|
उभयचर प्राणीमा पर्ने कछुवा निकै लामो समय सम्म
==कछुवाको प्रकार तथा पाइने स्थान==
कैयौं देश र द्वीपमा कछुवा पाइन्छ। ती मध्ये कतिपयमा विशेष किसिमको रङ्ग, खुवी, विशेषता र गन्ध हुने गरेको पनि पाइएको छ।
यसैगरी अर्को एक विशेष प्रजातिको कछुवा अफ्रिकी मुलुकमा पाइन्छ। चेप्टो आकृतिका देखिने यी कछुवा अलिकति खतराको सङ्केत पाउनासाथ शारीरिक संरचनाको फाइदा लिएर चट्टानको सानो प्वालबाट भित्र छिर्छन् र आफूलाई सुरक्षित गर्दछन्। उनीहरूलाई शत्रु जीवले पहिले त देख्नै सक्दैनन् देखिहाले पनि उनीहरूले आफ्नो शरीरलाई यसरी फुलाउँछन् कि उसले बाहिर तान्नै सक्दैन। यद्यपि संसारमा निकै प्रजातिका कछुवा पाइन्छन्। तथापि प्राणीशास्त्रीहरूले यिनीहरूलाई मुख्यतः तीन भागमा बाँडेर अध्यायन गर्ने प्रयास गरेका छन्। यसमध्ये पहिलोमा समुद्री -टर्टल) कछुवा पर्छ भने दोस्रोमा मीठो पानीमा पाइने कछुवा -टेरापिन) र तेस्रो जमीनमा पाइने कछुवा -टारटायस) पर्दछ। कछुवाको शरीरको बाहिरी भाग निकै कडा हुन्छ। सितिमीति उनीहरूमाथि अरू शत्रुजीवले आक्रमण गर्न सक्दैनन्। तथापि प्रकृतिको पर्यावरणीयचक्रबाट उनीहरू पनि अछुत भने छैनन्। सिधै आक्रमण गर्न नसके पनि बाज तथा गिद्धजस्ता हिंस्रक पक्षीहरूले उनीहरूलाई टिपेर आकाशमा लान्छन् चट्टानमाथि खसाउने गर्दछन्। यसबाट उनीहरूको शरीरको बाहिरी खपटा फुट्छ र मासुको सिकार गर्ने गर्दछन्।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिंकहरू==
{{Commonscat|Testudinidae}}
==यो पनि हेर्नुहोस्==
{{जनावरहरू}}
[[श्रेणी:उभयचर जीव]]
|