"द्रौपदी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३७:
पाण्डवहरूले आफ्नो प्रतिज्ञा अनुसार वनवास र गुप्तवास पुरा गरेर कौरवहरूसँग आफ्नो राज्य मागे तर कौरवले पाण्डवलाई राज्य दिएनन् । कौरवहरू पाण्डवलाई राज्य फिर्ता नगरेका कारण [[कुरुक्षेत्र]]मा कौरव पाण्डवको युद्ध भयो । यो युद्ध १८ दिनसम्म चलेको थियो । यो युद्धमा पाँच [[पाण्डव]], [[सात्यकी]], [[कृष्ण]], [[अश्वत्थामा|द्रोणी]], [[कृतवर्म]], [[कृपाचार्य]] र युयुत्सु बाहेक त्यो बेलाका सबै योद्धा वीरहरू मारिएका थिए । द्रौपदीका पाँच पुत्रहरू पनि यो युद्धमा द्रोणीले मारिदिएका थिए । महाभारतको युद्ध पश्चात भिम र अर्जुन हामीले युद्धमा धेरै योद्धाहरू मारेर लडाईं जित्यौं भनेर घमण्ड गर्न थाले । यो देखेर भगवान कृष्णले युद्धको सबै विवरण देखेको एक टाउकोसँग लगेर गए त्यो टाउको राजा बरबरेकको थियो । महाभारतको युद्धको कुरा सुनेर राजा बरबरेक आफुसँग भएको थोरै सेना र तीनवटा बाण ल्याएर लडाईंमा जसको सेना कम छ त्यतै तर्फ सहयोग गर्ने भनेर आएका थिए । भगवान श्रीकृष्णले बाटोमा उनलाई भेटेर परिचय लिए । राजा बरबरेकले आफ्नो परिचय दिएर महाभारत युद्धमा जस्को तिर सेनाहरू कम छ त्यसको सहयो गर्ने कुरा बताए । यो सुनेर [[ब्राह्मण]] भेषमा आएका कृष्णले बरबरेकलाई तपाईंसँग सेना पनि कम छ र बाणहरू पनि तीनवटा मात्र छन् कसरी लड्नुहुन्छ भनेर सोधे । यो सुनेर बरबरेकले भने- "म एक्लैले करोडौं योद्धाहरू मार्न सक्छु, कसरी भने मेरो एक बाण छोडेपछी त्यो बाणले मान्छेको मरण जहाँ छ त्यहाँ चिन्ह लगाएर फर्कन्छ । मेरो निसाना अचुक छ अर्को बाण छोडे पछि त्यो मान्छेलाई मारेर फर्कन्छ ।" भनेकाले कृष्णले बरबरेकको परिक्षा लिए । बरबरेकले साँचो कुरा भनेको थाह पाएर ब्राह्मण रुपी कृष्णले बरबरेकको टाउको मागे । किन भने यदी बरबरेक त्यो युद्धमा लड्न थाले भने उनलाई कसैले पनि जित्न सक्दैनथ्यो र सबैलाई उनले मार्ने थिए । यो सुनेर बरबरेकले महाभारतको युद्ध हेर्ने इछ्छा बताए । तब कृष्णले महाभारतको युद्धकालसम्म बरबरेकको टाउको जिवित रहने बरदान सहित उनको टाउको काटेर एक रुखमा राखेका थिए । महाभारत युद्धको विवरण सुनाउन कृष्णले पाण्डवहरूलाई त्यही टाउको भएको ठाउँमा लिएर गए । त्यो टाउकोसँग पाण्डवहरूले युद्धमा कसले धेरै मान्छेलाई मारेर जित्यो भनेर सोधे । यो सुनेर बरबरेकको टाउकोले भन्यो- "अरुले त केटाकेटीको खेल झैं गर्थे । यो युद्धका जती पनि ठुला वीरहरू थिए ती सबैलाई कृष्णले मार्थे भने द्रौपदीले तीनको रगत पिउने काम गर्थिन् ।" यो सुनेर भीमसेन र अर्जुनको घमण्ड शान्त भयो । द्रौपदीलाई [[दुर्गा]]को अंश मानिएको छ । भगवान [[विष्णु]]ले पृथ्वीको भार हर्नको लागि कृष्ण [[अवतार]] लगेर पृथ्वीमा जन्मे पछि उनलाई सघाउन स्वर्गका सबै [[देवता]]हरूले आफ्ना एक एक अंश पठाएका थिए । <ref name= "महाभारत"/>
==द्रौपदी हस्तिनापुरमा==
कुरुक्षेत्रको युद्धमा दुर्योधनको पतन पश्चात दोर्णपुत्र अश्वत्थामले राती पाण्डव सेना सुतेको मौका पारी द्रौपदीका पाँच छोरा लगायत बाँकी रहेका पाण्डवका सबै सेनाहरू मारेका थिए । पुत्रवध भएको देखेर द्रौपदी विलाप गर्न थालिन् । द्रौपदीको विलाप देखेर भिम र अर्जुनले द्रोणीसँग युद्ध गरेर उनलाई पाता कसेर द्रौपदीको अघाडी ल्याएका थिए । द्रौपदीले गुरुपुत्रलाई यसरी पाता कस्नु हुन्न भनेर द्रोणीको गलाको मणी लिएर छोडी दिएकी थिइन् । त्यस पछी पाण्डवहरूको राज्य कालमा द्रौपदी हस्तिनापुर राज्यको मुख्य रानी भएर रहिन् । द्रौपदीले धृतराष्ट्र, [[गान्धारी]] र कुन्तीको सेवा टहल गरेर उनलाई खुसी पारेकी थिइन् । पाण्डव लगायत द्रौपदीले सरसैयामा सुतेका भीष्म पिताम्मह कहाँ गएर उपदेश लिएका थिए । त्यही उपदेश शिरोपर धरेर उनीहरूले राजकाजको नियम चलाएका थिए । महाभारत युद्धमा धेरै आफन्तहरूको हत्या गरेको पापबाट मुक्त हुनको लागि पाण्डवहरूले [[अश्वमेध|अश्वमेध यज्ञा]] गरेका थिए । कुल मिलाएर द्रौपदीले आफ्ना पाँच पतिहरूको आज्ञाको पालना गरेर साशन सत्तामा साथ दिएकी थिइन् । द्रौपदीको जिवनमा कष्ट नै कष्ट भोगिन् तर उनी कहिल्यै पनि आत्तिएर निराश भइनन् ।
 
==द्रौपदीको स्वर्गाहरण==
 
"https://ne.wikipedia.org/wiki/द्रौपदी" बाट अनुप्रेषित