"बोरुसिया डर्टमन्ड" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा स्पेस
पङ्क्ति ४:
==इतिहाँस==
१९ डिसेम्बर १९०९ मा स्थापित यस क्लबका संस्थापकहरू फ्रान्ज ब्राउन, पल ब्राउन, हेनरी क्लीभ, हान्स डिबेस्ट, पल जिन्डजिल्ली, जुलियस र विल्हेल्म ज्याकोबी, हान्स कान, गुस्तब मुलर, फ्रान्ज रिस्सी , फ्रिट्ज सुल्ते, हान्स सिबोल्ड, अगष्ट टन्समेन, हेनरिच र रोबर्ट अन्गर, फ्रिट्ज वेबर र फ्रान्ज वेन्ड्ट हुन् । बोरूसिया शब्द भने नजिकैको बोरूसिया बियर कम्पनीबाट लिइएको हो जसले बोरूसिया बियर उत्पादन गर्थ्यो ।
 
टोलीले सुरूमा निलो र सेतो धर्सा भएको जर्सी लगायो भने १९१३ मा अहिलेको जर्सी मिल्दोजुल्दो पहेँलो र कालो धर्सा भएको जर्सी बनायो । त्यसको एक दशक सम्म यस क्लबले घरेलु लिगहरूमा मात्र सफलता हात पार्यो ।१९३० मा तेस्रो रिच(Third Reich) को उदय भयो जसले राष्ट्रभरको खेल र फुटबल संस्थाको पुनसंरचना गर्यो । बोरूसियाका अध्यक्षलाई नाजी पार्टीमा नजोडिएकोले पदविहिन गरियो । क्लबले गौलिगा वेष्टफलेनमा धेरै उपलब्धी हाँसिल गर्यो । यहि समयमा डर्टमन्डको साल्के ०४ चिर प्रतिद्वन्दी बन्यो ।१९६३ मा नयाँ नमुनाको बुन्डेस लिगा सुरू हुनु अघि यस क्लबले जर्मन फुटबल च्याम्पियनसिपको अन्तिम संस्करण जित्यो भने १९९७ मा आएर अन्तरमहादेशिय कप जित्दै यो कप जित्ने बायर्न म्युनिखपछीको दोस्रो जर्मन क्लब बन्यो ।
 
==बाह्य लिङ्करू==
{{Commonscat|Borussia Dortmund}}