"द्रौपदी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २५:
द्रौपदीको स्वयंवरमा पाण्डवहरूलाई देखेर धृतराष्ट्रका छोरा कौरवहरूले पाण्डवहरू जिउँदै छन् भन्ने थाह पाए । त्यस पछि धृतराष्ट्रले पाण्डवहरूलाई बोलाएर [[इन्द्रप्रस्थ]]मा राज्य गरेर बस्न दिए । अग्नी देवताको आग्रहमा [[कृष्ण]] र अर्जुनले खाण्डव वन दहन गर्न अग्नीलाई सघाए । खाण्डव वनलाई अग्नीले दहन गर्ने बेलामा [[मय]] नामको दानव खाण्डव वनमा नै बस्ने गर्थ्यो । खाण्डवमा आगो लागेको देखेर बाहिर भाग्ने प्राणीलाई कृष्णार्जुनले रोक्ने गर्थे । मय पनि बाहिर भाग्न खोज्दा कृष्णार्जुनले रोके । यो देखेर मय डराएर कृष्णार्जुनको पाउमा परेर आफ्नो जिवन रक्षाको भिख माग्यो । कृष्णार्जुनको मनमा आयो र मयलाई छोडी दिए । खाण्डव दहन पछि मयले कृष्णार्जुनसँग जिवन बचाएको गुणमा म के सहयोग गरूँ भनेर सोध्यो । मयको कुरा सुनेर कृष्णले पाण्डवहरूको लागि एक राजशभा बनाइ दिने आज्ञा गरे । दानव मय वास्तुकलामा निकै निपुण थियो । मयले पाण्डवको लागि निकै राम्रो शभा निर्माण गरिदियो । शभाको विचमा हेर्दा जमिन जस्तै देखिने पानीका तलाउहरू बनायो । कतै जमिनलाई हेर्दा पानी झैं देखिने बनायो । निकै सोभायमान थियो पाण्डवहरूको शभा । एक दिन दुर्योधन र [[शकुनी]] दुई मामा-भान्जा पाण्डव शभा हेर्न आए । दुर्योधन पाण्डवको शभामा घुमी घुमी हेर्न थाले । दुर्योधन कतै जमिन नै देखेर पानीको तलाउमा खस्थे भने कतै पानीको तलाउ ठानेर जमिनमा पनि कपडा समालेर हिंड्थे । यो देखेर पाण्डवहरू हाँस्न थाले । द्रौपदीले त देवर भएकोले अन्धाको छोरो अन्धा नै रहेछौ भनेर ठट्ठा समेत गरिन् । यो सबा देखेर दुर्योधनलाई असह्य भयो । उनी त्यहाँ केही पनि नबोलेर शकुनीसँग [[हस्तिनापुर]] फर्किए । बाटोमा दुर्योधनले शकुनीलाई इन्द्रप्रस्थमा भएको आफ्नो अपमानको जानकारी दिए । हस्तिनापुर आए पछि धृतराष्ट्रसँग पाण्डवहरूलाई जुवा खेल्न बोलाउनु पर्यो भनेर दुर्योधन र शकुनीले बाध्य गर्न थाले । यसका साथै इन्द्रप्रस्थमा भएको आफ्नो अपमानमा अरू कुराहरू थपेर राजा धृतराष्ट्रलाई आफ्नो वसमा गरे । धृतराष्ट्रले पनि छोराको बसमा परेर पाण्डवहरूलाई बोलाए । पाण्डवहरू हस्तिनापुर आए पछी शकुनी र दुर्योधनले उनीहरूलाई जुवा खेल्न बाध्य गर्न थाले । धृतराष्ट्रले पनि जुवा खेलेको हेर्ने इछ्छा बताएकाले युधिष्ठिर शकुनीसँग जुवा खेल्न बाध्य भए । शकुनीले उल्टा पासा बनाएकाले युधिष्ठिरले आफ्नो राज्य, धन, दौलत सबै जुवामा हारे । अन्तमा युधिष्ठिरले भाई समेत आफूलाई पनि जुवामा हारे । पछी गएर द्रौपदीको वाजी लगाए, त्यो पनि शकुनीले जिते । द्रौपदीलाई युधिष्ठिरले जुवामा हारे पछि दुर्योधनले द्रौपदीलाई कौरव शभामा बोलाउन लगाए । द्रौपदी कौरव शभामा आए पछि कौरवहरूले उनको निकै बेइज्जत गरे । [[दुःशासन]]ले द्रौपदीको सारीमा समातेर सारी तान्न थाले । त्यसैबेला द्रौपदीले भगवान कृष्णको ध्यान गरिन् । भगवान श्राकृष्ण द्रौपदीको रक्षा गर्न गुप्त रुपले कौरव शभामा गए र द्रौपदीको सारीको लम्बाई बढाउन थाले । द्रौपदीको सारी जती तान्यो त्यती नै लामो हुन थाल्यो । सारी तान्दा तान्दा थाकेर दुःशासन लज्जित भएर सारी तान्न छोडे । उता द्रौपदी रुँदै कराउँदै आफ्नो इज्जत जोगाउने अनुरोध गर्न थालिन् । दुर्योधनले द्रौपदीलाई आफ्नो नाङ्गो जाँघ देखाए । यो देखेर [[भिमसेन]]ले दुर्योधनको जाँघ भाँच्ने र दुःशासनको रगत पिउने प्रतिज्ञा गरे । द्रौपदीको पुकार सुनेर धृतराष्ट्रले द्रौपदीलाई वर माग्न भने । धृतराष्ट्रको कुरा सुनेर द्रौपदीले आफ्ना पतिले जुवामा हारेको सबै चिज फिर्ता पाउँ भनेर वर मागिन् । राजा धृतराष्ट्रले द्रौपदीले भने बमोजिम गरेर आफ्नो वाचा पुरा गरे । अर्को कुरा युधिष्ठिरले पहिले आफूलाई जुवामा हारीसके पछि मात्र द्रौपदीको बाजी लगाएका थिए । जुवामा हारेर अर्काको नोकर भइसकेको मान्छेले पछी पत्नीको बाजी लगाएर हारेको भएकाले पनि द्रौपदीलाई कौरवले जितेको मानिन्नथ्यो । त्यै भएर जित द्रौपदीको नै मानियो र द्रौपदीले आफ्ना पतिले जुवामा हारेको सबै चिज फिर्ता पाइन् ।<ref name= "महाभारत"/>
==द्रौपदी र पाण्डवको वनवास==
द्रौपदीले आफ्ना पति सहित सबै धन सम्पती फिर्ता ल्याएर इन्द्रप्रस्थ आएपछि दुर्योधन र सकुनीले फेरी धृतराष्ट्रलाई रिसाउन थाले । कस्तो बुद्धी लगाएर बसमा गरेका पाण्डवहरूलाई तपाईंले फिर्ता गर्नु भयो भनेर धृतराष्ट्रलाई गाली गर्न थाले । यती मात्र होइन पाण्डवहरू अब हामीसँग लड्ने तयारी गर्दै छन् भनेर राजालाई भड्काए । यो सुनेर धृतराष्ट्रले फेरी पाण्डवहरूलाई बोलाएर जुवा खेलाए । यो पल्टको जुवामा जित्नेले राजा हुने र हार्नेले १२ वर्ष वनवास र एक वर्ष गुप्तवासको बाजी लगाइएको थियो । शकुनीको कपटी पासा भएकोले यसमा पनि पाण्डवहरू हारे । जुवा हारेकाले पाण्डवहरू आफ्नो प्रतिज्ञा अनुसार वनवासमा गए । वनमा द्रौपदीले [[सूर्य|सूर्य देवता]]को तपस्या गरेकाले सूर्य भगवान द्रौपदीबाट खुसी भएर उनलाई एक पाक्यपात्र प्रदान गरे । उक्त पाक्यपात्रमा पाण्डवको आश्रममा भएका सबै मान्छेलाई खाना दिएर द्रौपदीले खाना खाइसके पछि त्यो दिन खाना नमिल्ने थियो । एक पटक कौरवहरूले [[दुर्वाशा ऋषि]]को निकै सेवा गरे । कौरवहरूको सेवाबाट खुसी भएर दुर्वाशा ऋषिले दुर्योधनलाई के सहयोग गर्नुपर्यो भनेर सोधे । यो सुनेर दुर्योधन लगायतका कौरवहरूले वनवासमा गएका पाण्डवहरूला यी ऋषिको श्राप दिलाएर दुःख दिने योजना बनाए । योजना बनाएर दुर्योधनले दुर्वाशालाई वनमा पाण्डवहरूलाई भेट्न जानुहोस् भने । पाण्डवहरूको आश्रममा भएका सबै मान्छेले खाना खाएर द्रौपदीले खाना खाइसके पछि पाण्डवहरूसँग खाना माग्नु भनेर कुरा थपे । कौरवहरूको कुरा सुनेर आफ्ना हजारौं चेलाहरू साथमा लिएर कौरवले भनेको समय मिलाइ दुर्वाशा ऋषि वनवासमा गएका पाण्डवहरूलाई भेट्न गए । पाण्डवहरूलाई हामीहरू नुहाएर आउँछौ हामीलाई खानाको व्यवस्था गर्नु भनेर स्नान गर्न गए । युधिष्ठिरले द्रौपदीलाई खाना बनाउनु भने । तर, द्रौपदीले खाना खाइसकेकी हुनाले पाक्यपात्रमा खाना उपलब्ध थिएन । द्रौपदीले श्रीकृष्णको ध्यान गरिन्, द्रौपदीको भक्ती देखेर भगवान कृष्ण द्रौपदी भएको ठाउँमा आएर खाना मागे । द्रौपदीले भगवान कृष्णलाई पाक्यपात्र देखाइन् । भगवान कृष्णले पाक्यपात्र हेर्दा एक टुक्रा साग भेटाए । त्यो सागको टुक्रा कृष्णले खाए । जब कृष्णले सागको टुक्रा खाए उता दुर्वाशा लगायत उनका चेलाहरूको पेट भरिएर डकार्न थाले । पेट भरिएकोले ऋषिहरूले पाण्डवको आश्रमा गएर खाना नखाने निर्णय गरी त्यतैबाट फर्किए ।<ref name= "महाभारत"/> द्रौपदीले वनवासमा आफ्ना पतिहरूका साथमा धेरै दुःख कष्टहरू भोग्नु परेको थियो । राजा जयद्रथले हरण गर्न खोज्नु, जटासुर नामक राक्षसले उनको इज्जत लुट्न खोज्नु जस्ता परिस्थितीको सामना गर्नु परेको थियो ।
 
==द्रौपदीको गुप्तवास==
 
"https://ne.wikipedia.org/wiki/द्रौपदी" बाट अनुप्रेषित