"द्रौपदी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २३:
माताको आज्ञा सुनेर पाण्डवहरूले आपसमा सल्लाह गर्न थाले आज सम्म पाण्डवहरूले कहिले पनि मातृ आज्ञाको उलङ्घन गरेका थिएनन् । तर, यो त पत्नीको कुरा थियो त्यसलाई पाँच भाग लगाएर कसरी भोग गर्ने ? अन्तमा द्रौपदीलाई पाँचै भाईले विवाह गर्ने योजना बनाए । द्रौपदीले पूर्व जन्ममा पाँच पति पाउँ भनेर तपस्या गरेकी थिइन् । त्यसैले यिनका पति पाँच पाण्डवहरू भए । पाण्डवहरूको इछ्छा अनुसारा द्रुपदले पनि एक एक गरेर पाँच भाइसँग द्रौपदीको विवाह गरे । <ref name= "महाभारत"/>
==कौरव द्वारा द्रौपदीको चिरहरण==
द्रौपदीको स्वयंवरमा पाण्डवहरूलाई देखेर धृतराष्ट्रका छोरा कौरवहरूले पाण्डवहरू जिउँदै छन् भन्ने थाह पाए । त्यस पछि धृतराष्ट्रले पाण्डवहरूलाई बोलाएर [[इन्द्रप्रस्थ]]मा राज्य गरेर बस्न दिए । अग्नी देवताको आग्रहमा [[कृष्ण]] र अर्जुनले खाण्डव वन दहन गर्न अग्नीलाई सघाए । खाण्डव वनलाई अग्नीले दहन गर्ने बेलामा [[मय]] नामको दानव खाण्डव वनमा नै बस्ने गर्थ्यो । खाण्डवमा आगो लागेको देखेर बाहिर भाग्ने प्राणीलाई कृष्णार्जुनले रोक्ने गर्थे । मय पनि बाहिर भाग्न खोज्दा कृष्णार्जुनले रोके । यो देखेर मय डराएर कृष्णार्जुनको पाउमा परेर आफ्नो जिवन रक्षाको भिख माग्यो । कृष्णार्जुनको मनमा आयो र मयलाई छोडी दिए । खाण्डव दहन पछि मयले कृष्णार्जुनसँग जिवन बचाएको गुणमा म के सहयोग गरूँ भनेर सोध्यो । मयको कुरा सुनेर कृष्णले पाण्डवहरूको लागि एक राजशभा बनाइ दिने आज्ञा गरे । दानव मय वास्तुकलामा निकै निपुण थियो । मयले पाण्डवको लागि निकै राम्रो शभा निर्माण गरिदियो । शभाको विचमा हेर्दा जमिन जस्तै देखिने पानीका तलाउहरू बनायो । कतै जमिनलाई हेर्दा पानी झैं देखिने बनायो । निकै सोभायमान थियो पाण्डवहरूको शभा । एक दिन दुर्योधन र [[शकुनी]] दुई मामा-भान्जा पाण्डव शभा हेर्न आए । दुर्योधन पाण्डवको शभामा घुमी घुमी हेर्न थाले । दुर्योधन कतै जमिन नै देखेर पानीको तलाउमा खस्थे भने कतै पानीको तलाउ ठानेर जमिनमा पनि कपडा समालेर हिंड्थे । यो देखेर पाण्डवहरू हाँस्न थाले । द्रौपदीले त देवर भएकोले अन्धाको छोरो अन्धा नै रहेछौ भनेर ठट्ठा समेत गरिन् । यो सबा देखेर दुर्योधनलाई असह्य भयो । उनी त्यहाँ केही पनि नबोलेर शकुनीसँग [[हस्तिनापुर]] फर्किए । बाटोमा दुर्योधनले शकुनीलाई इन्द्रप्रस्थमा भएको आफ्नो अपमानको जानकारी दिए । हस्तिनापुर आए पछि धृतराष्ट्रसँग पाण्डवहरूलाई जुवा खेल्न बोलाउनु पर्यो भनेर दुर्योधन र शकुनीले बाध्य गर्न थाले । यसका साथै इन्द्रप्रस्थमा भएको आफ्नो अपमानमा अरू कुराहरू थपेर राजा धृतराष्ट्रलाई आफ्नो वसमा गरे । धृतराष्ट्रले पनि छोराको बसमा परेर पाण्डवहरूलाई बोलाए । पाण्डवहरू हस्तिनापुर आए पछी शकुनी र दुर्योधनले उनीहरूलाई जुवा खेल्न बाध्य गर्न थाले । धृतराष्ट्रले पनि जुवा खेलेको हेर्ने इछ्छा बताएकाले युधिष्ठिर शकुनीसँग जुवा खेल्न बाध्य भए । शकुनीले उल्टा पासा बनाएकाले युधिष्ठिरले आफ्नो राज्य, धन, दौलत सबै जुवामा हारे । अन्तमा युधिष्ठिरले भाई समेत आफूलाई पनि जुवामा हारे । पछी गएर द्रौपदीको वाजी लगाए, त्यो पनि शकुनीले जिते । द्रौपदीलाई युधिष्ठिरले जुवामा हारे पछि दुर्योधनले द्रौपदीलाई कौरव शभामा बोलाउन लगाए । द्रौपदी कौरव शभामा आए पछि कौरवहरूले उनको निकै बेइज्जत गरे । [[दुःशासन]]ले द्रौपदीको सारीमा समातेर सारी तान्न थाले । त्यसैबेला द्रौपदीले भगवान कृष्णको ध्यान गरिन् । भगवान श्राकृष्ण द्रौपदीको रक्षा गर्न गुप्त रुपले कौरव शभामा गए र द्रौपदीको सारीको लम्बाई बढाउन थाले । द्रौपदीको सारी जती तान्यो त्यती नै लामो हुन थाल्यो । सारी तान्दा तान्दा थाकेर दुःशासन लज्जित भएर सारी तान्न छोडे । उता द्रौपदी रुँदै कराउँदै आफ्नो इज्जत जोगाउने अनुरोध गर्न थालिन् । दुर्योधनले द्रौपदीलाई आफ्नो नाङ्गो जाँघ देखाए । यो देखेर [[भिमसेन]]ले दुर्योधनको जाँघ भाँच्ने र दुःशासनको रगत पिउने प्रतिज्ञा गरे । द्रौपदीको पुकार सुनेर धृतराष्ट्रले द्रौपदीलाई वर माग्न भने । धृतराष्ट्रको कुरा सुनेर द्रौपदीले आफ्ना पतिले जुवामा हारेको सबै चिज फिर्ता पाउँ भनेर वर मागिन्
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/द्रौपदी" बाट अनुप्रेषित