"द्रौपदी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १७:
[[File:Arjuna's_feat_of_archery.jpg|250px|thumb|द्रौपदीको सयंवरमा लक्ष भेदन गर्दै अर्जुन]]
 
कौरवहरूका जेठा भाई तथा धृतराष्टका जेठा छोरा [[दुर्योधन]] सानै उमेर देखि पाण्डवहरूलाई दुःख दिइरहन्थे । एक पटक पाण्डवहरूलाई आगो लगाएर मार्ने योजना बनाएर सोणितपुर नामको तत्कालिन शहरमा लाक्षागृह अथवा लाहाको घर बनाउन लगाए । यो योजनामा धृष्टराष्ट्र स्वयंले पनि दुर्योधनलाई साथ दिएका थिए । घृतराष्टले पाण्डवहरूलाई जलाएर मार्नको निमित्त बनाएको लाक्षागृहमा आफ्नी माता सहित गएर बस्न आज्ञा गरेकाले पाण्डवहरू त्यहाँ गए । दुर्योधनले पाण्डवहरू बसेको लाहा भवनमा राती आगो लगाउने योजना बनाएका थिए । पाण्डवहरू घृतराष्टको आज्ञा अनुसार लाहा भवनमा गएको खबर पाएर पाण्डवहरूका काका [[विदुर]]ले एक दुत पठाएर पाण्डवहरूलाई त्यो भवनबाट राती भाग्न लगाए । विदुरको समचार सुनेर पाण्डवहरू स्वयंले त्यो भवनमा आगो लगाएर राती भागे । त्यो भवनमा पाँच पुत्र सहितकी एक महिला र दुर्योधनले आगो लगाउन पठाएको मान्छे जलेर भष्म भए । त्यो देखेर दुर्योधनले पाण्डवहरू मरे भनेर खुसी मनाए । साथै घृतराष्टले अरूले आफूलाई दोष नलगाउन् भनेर पाण्डवहरूको अन्त्य क्रिया सहित गरे । उता पाण्डवहरू माता सहित जंगलमा कष्ट भोग्दै रहे । हिडम्बासुर, भष्मासुर आदी [[राक्षस]]हरूको वध गरेर पाण्डवहरू राजा द्रुपदको राज्य नजिकै एक घरमा केही दिनको लागि बस्न थाले । एक दिन पाण्डवहरूले राजा द्रुपदकी कन्याको सयंवर हुन थालेको कुरा थाह पाए । यो सुनेर पाण्डवहरू पनि सयंवर हेर्न गए । सयंवरमा पृथ्वीभरका राजकुमारहरू जम्मा भएका थिए ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/द्रौपदी" बाट अनुप्रेषित