"बोरुसिया डर्टमन्ड" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:फुटबल क्लब जोडियो
साकुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
{{wikify}}
'''बोरूसिया डर्टमन्डकोडर्टमन्ड'''को स्थापना डर्टमन्ड शहरका १७ खेलाडीको अगुवाइमा १९०९ मा भएको थियो । बोरूसिया डर्टमन्डले हालसम्म ८ जर्मन च्याम्पियनसिप, ३ डिएफबी-पोकल , ५ डिएफएल-सुपर कप, १ युइएफए च्याम्पियन्स लिग, १ युइएफए कप विनर्स कप र १ अन्तर महादेशिय कप जितेको छ । १९७४ यता डर्टमन्डले वेष्टफेलस्टेडियनलाई आफ्नो घरेलु मैदान बनाएको छ जुन जर्मनीकै सबभन्दा ठूलो स्टेडीयम हो । डर्टमन्डको खेलमा विश्वकै क्लब फुटबलमध्येको सबभन्दा बढी औसत दर्शक उपस्थिति हुने गर्छ । बुन्डेस लिगामा [[साल्के ०४]] र [[बायर्न म्युनिख]] बोरूसिया डर्टमन्डका चिर प्रतिद्वन्दी हुन् ।
 
==इतिहाँस==
१९ डिसेम्बर १९०९ मा स्थापित यस क्लबका संस्थापकहरू फ्रान्ज ब्राउन, पल ब्राउन, हेनरी क्लीभ, हान्स डिबेस्ट, पल जिन्डजिल्ली, जुलियस र विल्हेल्म ज्याकोबी, हान्स कान, गुस्तब मुलर, फ्रान्ज रिस्सी , फ्रिट्ज सुल्ते, हान्स सिबोल्ड, अगष्ट टन्समेन, हेनरिच र रोबर्ट अन्गर, फ्रिट्ज वेबर र फ्रान्ज वेन्ड्ट हुन् । बोरूसिया शब्द भने नजिकैको बोरूसिया बियर कम्पनीबाट लिइएको हो जसले बोरूसिया बियर उत्पादन गर्थ्यो ।