"बजेट" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: === परिचय === सामान्यतया बजेटलाई आय र व्ययको विवरण भनिएतापनी बजेट...
(कुनै भिन्नता छैन)

२१:१७, ११ मार्च २०१५ जस्तै गरी पुनरावलोकन

परिचय

सामान्यतया बजेटलाई आय र व्ययको विवरण भनिएतापनी बजेट गत आर्थिक वर्षको आर्थिक गतिविधिहरुको अभिलेख, चालु आर्थिक वर्षका आर्थिक गतिविधिहरुको चित्रण र आगामी वर्षका गतिविधिहरुको प्रक्षेपित अनुमानको दस्तावेज हो । तर एसियाली विकास बैंकले बजेटलाई आर्थिक गतिविधिहरुको ऐना भनेर परिभाषित गरेको छ । बजेटलाई जिम्मेवारी किटान गरि अख्तियारि दिने माध्यम पनि भनिन्छ । बजेट आवधिक योजनाहरु कार्यान्वयन गर्ने माध्यम पनि हो ।
शाब्दिक रूपमा हेर्ने हो भने Budget शब्द ल्याटिन भाषाको Bauge र फ्रेन्च भाषाको Bougette बाट आएको हो जसको अर्थ छालाको सानो थैली भन्ने हुन्छ ।
विश्वमा बजेट प्रणालीको सुरूवात सन् १७३३ मा बेलायतबाट भएको हो । जतिबेला बेलायतका तत्कालीन प्रधानमन्त्री रवर्ट वालपोलले कालो छालाको झोलामा राखी बजेट पेश गरेका थिए ।

नेपालमा सरकारी बजेटको विकासक्रम