"दालचिनी" का संशोधनहरू बिचको अन्तर

सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
पङ्क्ति १८:
 
[[File:Cinnamomum verum - Köhler–s Medizinal-Pflanzen-182.jpg|right|thumb|250px|दालचिनीको बिरुवा]]
[[File:Canelle Cinnamomum verumburmanni Luc Viatour crop1.jpg|right|thumb|250px|दालचिनीको बोक्रा र धुलो]]
 
नेपालको महाभारत पर्वतीय श्रृंखलामा समुद्री सतहबाट १०० मि. देखि २,५०० मी. उच्च क्षेत्रमा तेजपातको जंगल विद्यमान छ। यो एक सदावहार ठूलो झ्याम्म परेको रुख हो।रुखको पातलाई तेजपात र रुखको बोक्रा लाई '''दालचिनी''' भनिन्छ|तेजपातको लम्बाई १० देखि १४ से. मि. सम्म हुन्छ। पातको आकार अण्डाकृत वा भालाकृत र रौं नभएको हुन्छ। पातको माथिल्लो सतह चिल्लो, चम्केको र तल्लो सतह फुस्रो हुन्छ। फूलहरू सेता र एकै झुप्पामा फुलेका हुन्छन्। यस रुखको बोक्रा दालचिनीको रूपमा बेचिन्छ। यो १.२ से.मी. बाक्लो र फिक्का कैलो रंगको हुन्छ। भित्री भाग बाहिरी भन्दा अलि गाढा रंगको हुन्छ। वर्षमा एक पटक ( असोजदेखि चैत्रसम्म ) रुखको हाँगाहरू भाँचेर झिकिन्छ। हरेक हाँगाबाट तेजपात संकलन गरिन्छ। बाँकी हाँगाहरूलाई १ मि.को टुक्रामा काटिन्छ। बोक्र्रा निकालिने हाँगाहरूलाई एउटा कडा काठले दली रगडिन्छ र परालमा लपेटी २४ घण्टासम्म राखिन्छ। बोक्रा बाफिएर खुकुलिन्छ र झिक्न सजिलो हुन्छ। बोक्रा सुकेपछि कोप्रिदै जान्छ। एक कोप्रो बोक्रा अर्को कोप्रो बोक्रा भित्र राखिन्छ। राम्ररी सुकेपछि सल्फर डाई अक्साईड द्धारा रंग केही फिक्का बनाई बजारमा बिक्रिको लागि तयार गरिन्छ। बीचको हाँगाबाट निकालिएको बोक्रा सबभन्दा असल, टुप्पोको कमसल र फेदको सबभन्दा कमसलको हुन्छ। प्रत्येक ३ वा ४ वर्षको विरुवाबाट २० देखि २५ के. जी. सम्म बोक्रा उत्पादन हुन सक्दछ। यो उत्पादन क्षमता १० वर्षसम्म बढ्दै जान्छ र प्रत्येक विरुवाबाट करीब ६० देखि ८० के.जी. बोक्रा उत्पादन हुन सक्दछ।
"https://ne.wikipedia.org/wiki/दालचिनी" बाट अनुप्रेषित